२५ जेष्ठ २०८३, सोमबार
,
Latest
‘ऋणमुक्त विकास साझेदार अन्तर्राष्ट्रिय गैर सरकारी संस्था’ सुनसरीमा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, दुई घाइते संसदको गतिरोध अन्त्यका लागि रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान, सिंहदरबारमा छलफल सुरू शिवपुरी राष्ट्रिय निकुञ्जमा अवस्थित ‘क्लासिक भ्यू रिसोर्ट’को व्यवस्थापनको जिम्मा ‘सोल्टी होटल्स एण्ड रिसोर्ट’ले लियो रविले बोलाएको सर्वदलीय बैठकलाई महेश बस्नेतले भने: सकारात्मक पहल रास्वपाले बोलाएको सर्वदलीय बैठकमा ४ दलका अध्यक्ष सहभागी भएनन् तनाव व्यवस्थापनका लागि विद्यार्थीलाई मानसिक स्वास्थ्य शिक्षा रास्वपा कञ्चनपुरमा विष्ट एसियन गेम्स छनोटको फाइनलमा आज नेपाल र हङकङ भिड्दै यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

संसद सचिवालयको पदाधिकारी नियुक्तिमा खुला बहस आवश्यक छः सभामुख घिमिरे



अ+ अ-

काठमाडौँ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले संघीय संसद सचिवालयमा राजनीतिक नियुक्ति गर्न नहुने तर्कमाथि खुला बहस गर्न आवश्यक रहेको बताउनुभएको छ ।

संसद बाहिरबाट संघीय संसदमा महासचिव, प्रतिनिधि सभाका सचिव र राष्ट्रिय सभाका सचिव नियुक्ति गर्ने व्यवस्थाले संसदनै नबुझ्ने भन्दै सशक्त तर्क आउने गरेकाले यसलाई खुला बहसको विषय बनाएर तत्काल निष्कर्षमा पुग्नुपर्ने सभामुख घिमिरेको जिकिर थियो ।

आईतवार संसद सेवा दिवसको अवसर पारेर काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले संसदलाई प्रभावकारी बनाउनका लागि आवश्यक सबै खालको छलफललाई खुला गरेर अघि बढ्न आवश्यक रहेको समेत बताउनु भयो । सभामुख घिमिरेले संसद सचिवालयका कर्मचारीहरुको सेवा र सुविधाको विषयमा पनि आवश्यक निर्णय लिन आवश्यक रहेको बताउनु भयो । उहाँले अहिले पनि नेपालको संविधान कायम रहेको र यसलाई संशोधन गरेर अघि बढ्न सकिने धारणा समेत राख्नुभयो ।

सभामुख घिमिरेले भन्नुभयो,‘हाम्रो संविधानले व्यवस्था गरे अन्तर्गत हाम्रा ३ वटा पदहरु राजनीतिक नियुक्तिबाट गर्न सकिने व्यवस्था छ । त्यो भनेको महासचिव एउटा । महासचिवलाई राजनीतिक नियुक्तीबाट नियुक्ति गर्ने निश्चित मापदण्डहरु तोकेर गर्ने गरिएको छ । त्यसैगरी प्रतिनिधि सभाका सचिव र राष्ट्रिय सभाका सचिव । अब यहाँ यो कुरा बेठिक भयो । बाहिर बसेको मान्छे राजनीतिक विश्वासको आधारमा राजनीतिक नेताहरुलाई मन परेको आधारमा बहुमतमा पुगेको शक्तिले यहाँ नियुक्ति गरेको आधारमा यहाँ आउँछ । उसले यहाँको मर्म र संसद बुझेको नै हुँदैन । यो कसरी हुनसक्दछ ? भन्ने एउटा सशक्त तर्क छ । अव यो कति सही वा बेठिक हो ? अव संविधान संशोधन गर्नका लागि बनेको सरकार त गईसकेको स्थिति छ । तर अब पनि संविधानमा यस्तो कुरा आईसकेपछि अहिले पनि संविधान छ । संविधान छ भने यस्ता कुराहरुको डिबेट, डिस्कस कहाँ गर्छौं हामी ? मलाई लाग्छ, यहाँ आजै फरमल्ली नगरेपनि यस्ता कुरामा ओपन जानुपर्छ । कस्तो गर्दा प्रभावकारी हुन सक्दछ त ? कस्ता खालका निर्णयहरु लिनुपर्दछ ? यी कुराहरुलाई ओपन किन नगर्ने ?’

सभामुख घिमिरेले संसदलाई प्रभावकारी बनाउन कर्महरुलाई उत्प्रेरित हुने खालको व्यवस्था गरेर अघि बढ्नुपर्ने समेत बताउनु भयो ।