१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar नयाँ धितोपत्र विधेयक तत्काल संसद्मा ल्याउन अर्थसमितिको निर्देशन News Polar सुन्धारामा स्नानसँगै समापन बसुन्धरा देवी व्रत News Polar चीनसँग जोड्ने तीनवटै नाका बन्द हुँदा वैदेशिक व्यापार प्रभावित News Polar युवास्थामै कोरोनरी मुटुरोग देखिन थालेको छः डा रौनियार News Polar अक्सन मार्केट र एनआरएन फण्ड भित्र्याउने काम अन्तिम चरणमाः सीडीएससी प्रमुख कार्यकारी अधिकृत सापकोटा News Polar सीपलाई रोजगारी र उत्पादनसँग जोड्न सभामुख अर्यालको आग्रह News Polar तातोपानी नाका सञ्चालन गर्न सडकमा कुनै अवरोध छैनः सडक डिभिजन प्रमुख भण्डारी News Polar तुइन र गाडीमा झुन्डिँदै रसुवाका विद्यार्थीको जोखिमपूर्ण यात्रा News Polar डुम्रे–बेँसीसहर–चामे सडक शुक्रबारसम्म पूर्ण रूपमा सञ्चालनमा ल्याउने तयारी News Polar सडक भासिँदा रेसुङ्गा विमानस्थल जाने सडक अवरुद्ध News Polar थुनिएको मर्स्याङ्दी खुलाउने प्रयास जारी News Polar ट्राफिक कारबाहीः पछिल्लो २४ घण्टामा ६३४ जना सवारीचालक कारबाही News Polar सुनचाँदीको मूल्य बढ्यो News Polar एशियाली खेलकुदमा नेपालका चार जुडो खेलाडी पहिलो चरणमै बाहिरिए News Polar नेप्सेमा उपलब्ध सबै वित्तीय उपकरणको कारोबार सञ्चालन गर्न सक्षम छौँ : सुवेदी News Polar जटिल प्रसूति समस्या भएपछि धादिङकी २४ वर्षीया महिलाको हवाई उद्धार News Polar ललितपुरको सुरस्चन्द्र महाविहार महापालमा वसुन्धरादेवीको व्रतपूजा News Polar नेप्सेमा रणनीतिक साझेदार भित्र्याएर निजीकरण गर्नुपर्ने महासंघका रेग्मीको सुझाव News Polar बीपी राजमार्गमा स्कार्पियो २० मिटर तल खस्यो, आठ जना घाइते News Polar आस्थाको केन्द्र बन्दै कपिलवस्तुकाे रक्षाबाबा

संघीय संसदमा गाँजा खेती खुलाउने विधेयक दर्ता

संघीय संसदमा गाँजा खेती खुलाउने विधेयक दर्ता
अ अ+ अ-

काठमाडौं । गाँजा खेती खुलाउने विधेयक संघीय संसद्मा दर्ता भएको छ। सत्तारुढ नेकपाका सांसद शेरबहादुर तामाङले सोमबार प्रतिनिधिसभामा ‘गाँजा खेतीलाई नियमन तथा व्यवस्थापन गर्न बनेको विधेयक’ दर्ता गरेका हुन्। यो विधेयक गैरसरकारी कोटाबाट दर्ता भएको हो। औषधि तयार पार्न, वैज्ञानिक अनुसन्धान तथा यस्तै अन्य व्यवसायिक तथा औद्योगिक प्रयोजनका लागिसमेत गुणस्तरीय गाँजा उपलब्ध गराउन, नेपालमा गाँजा खेतीलाई खुल्ला गर्न तथा यसका माध्यमबाट कृषकको आर्थिकस्तर बढाउन गाँजा खेतीलाई नियमन तथा व्यवस्थित गर्ने उद्देश्यले विधेयक ल्याइएको हो।

‘गाँजा वा भाँगको दाना अचार खानाका लागि वा तेलका लागि उपयोग गरिन्छ। औषधीय गुणयुक्त मह उत्पादन समेत हुनेछ, गाँजा खेतीबाट हरियाली वातावरण संरक्षण हुन गई जलवायु परिवर्तनलाई न्यून गर्न सहयोग पुग्ने मानिने भएकोले यसको आर्थिक, समाजिक तथा औद्योगिक महत्व छ’, विधेयकमा भनिएको छ, ‘नेपालमा गाँजा खेतीको माध्यमबाट किसानको आर्थिकस्तरमा सुधार ल्याउन पनि यसबाट सहयोग पुग्ने अवस्था रहेको र नेपालमा गाँजा खेतीलाई कसुर नहुने व्यवस्था गरी नियन्त्रित गाँजा खेती गर्ने व्यवस्था गर्न आवश्यक भएको छ।’

त्यस्तै विधेयकमा नेपालमा पाइने गाँजाको गुणस्तर अन्य मुलुकको भन्दा उच्चस्तरको रहेको र यसको उपयोग औषधि निर्माण तथा यसको बोक्राको रेसाबाट कपडालगायतका समाग्री उत्पादन गर्न सकिने र डाँठको फर्निचर, वोर्ड तथा ईट्टाका लागि उपयोगी हुन सक्नेसमेत उल्लेख छ। नेपाल राजपत्रमा सूचना प्रकाशन गरी गाँजा खेती गर्न अनुमतिपत्र दिन सक्ने व्यवस्था विधेयकले गरेको छ। त्यस्तै विधेयकमा गाँजा खेती हुने क्षेत्रमा निश्चित स्थानीय तह र जिल्लालाई तोकिने र सो बमोजिम खेतीको लागि अनुमतिपत्र जारी हुने व्यवस्था छ।

यसका लागि सरकारले बोर्डको स्थापना गर्ने, बोर्डको कार्यालय तथा जिल्लास्तरमा रहने संकलन केन्द्र वा कार्यालयको स्थापना, सञ्चालन गर्ने, जिल्लास्तरमा समिति रहने व्यवस्था विधेयकमा गरिएको छ। बोर्डको कार्यकारी निर्देशक, कर्मचारी तथा निरीक्षक रहने र बोर्ड तथा यसको कार्यालय, जिल्लास्तरका कार्यालय स्थापना गर्दा एकपटकका लागि पटके खर्च र कार्यालय सञ्चालनका लागि प्रशासनिक खर्च, बोर्डका अध्यक्ष तथा सदस्यका लागि बैठक भत्ता तथा कर्मचारीको पारि श्रमिक तथा सुविधाका खर्च नेपाल सरकारले व्यहोर्नेसमेत विधेयकमा छ।

विधेयक अनुसार कृषकले आफ्नो वा एकाघर परिवारको दर्ता श्रेस्ता कायम रहेको जग्गामा गाँजा खेती गर्न पाउने छ। कृषकले आफूले उत्पादन गरेको गाँजा बोर्ड वा बोर्डले तोकिदिएको निकाय, कार्यालय वा औषधि उत्पादन गर्ने निकाय, कम्पनी वा उद्योगमा मात्र बेच्न पाउनेसमेत व्यवस्था छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिवको अध्यक्षतामा नियमन बोर्ड गठन हुने उल्लेख छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयको प्रतिनिधि, गृह मन्त्रालयका सहसचिव, उद्योग र वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव, औषधि व्यवस्था विभागका प्रतिनिधि, आयुर्वेद विभागका प्रतिनिधि, स्वास्थ्य सेवा विभागका प्रतिनिधि, कृषि सेवा विभागका महानिर्देशकलगायत बोर्डको सदस्य रहने व्यवस्था विधेयकले गरेको छ।

सोमबार विधेयक दर्ता गर्दै गाँजा खेती नेपालका लागि फाइदाजनक रहेको बताएका छन्। गाँजा सेवन गरी मात्तिनका लागि यो खोल्ने प्रस्ताव नल्याएको उनले प्रष्ट पारे। गाँजा खेती हुने क्षेत्र विद्यालयलगायतका क्षेत्रभन्दा टाढा रहने प्रावधान विधेयकमा रहेको सांसद तामाङको भनाइ छ। गाँजा खेतीबाट वैदेशिक रोजगारी घटाउन सकिनेसमेत तामाङले दाबी गरे। ‘गाँजा खेती गरेर यसलाई विदेशमा बेच्न सकियो भने नेपालको बजेट ६० खर्बसम्म हुने अनुमान गरेका छौं’, उनले भने, ‘गाँजा खेती नेपाललाई प्राकृतिले दिएको उपहार हो त्यसैले यसलाई हामीले सदुपयोग गर्नुपर्छ।’

यसअघि सत्तारुढ नेकपाका अन्य सांसदले पनि गाँजा फुकुवा गर्नुपर्ने माग राख्दै आएका थिए। गत माघ १४ गते गाँजा र भाङमाथिको कानुनी प्रतिबन्ध हटाउन माग गर्दै प्रतिनिधिसभामा सांसदले जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरेका थिए। नेकपाका सांसद विरोध खतिवडाले गाँजामाथिको कानुनी प्रतिबन्ध फुकुवा गर्न दर्ता गरेको प्रस्तावमा ४६ जना सांसदले समर्थन जनाएका थिए।

मुलुकलाई आर्थिक रूपमा सक्षम बनाउन, प्राकृतिक उपचारका लागि औषधि उत्पादन गर्न, किसानको जीवनस्तर उकास्न र विदेशी मुद्रा आर्जन गर्न गाँजामाथिको प्रतिबन्ध फुकाउनुपर्ने सांसदहरूको माग थियो। विश्वका ६५ भन्दा बढी देशले सरकारी निगरानी र नियमनमा रहने गरी गाँजा फुकुवा गरिसकेकाले नेपालले पनि किसानको आम्दानी वृद्धिका लागि गाँजा खुला गर्नुपर्ने माग ती सांसदको छ। अन्नपुर्णपोष्ट दैनिक