१८ भाद्र २०८३, बिहीबार
,
Latest
भोटेकोशी बाढी: आचारसंहिता विपरीतका सामग्री सम्प्रेषण गर्नेलाई काउन्सिलको कारबाही जलजलामा सुकुम्वासी र अव्यवस्थित बसोबासीका लागि जग्गा नापजाँच थालियो काँकडभिट्टामा गोप्रो क्यामेरा जडान आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर हिलैहिलो, अलपत्र शव अनि डोरीबिनै उद्धार बर्दियाका १३५ जनाको उद्धार भोटेकाशी बाढीः दिवङ्गत प्रहरीको परिवारलाई १० लाख आर्थिक सहायता र ऋण मिनाहा भोटेकोशी बाढीपीडितलाई आठ लाख २५ हजार सहयोग शिक्षामन्त्री पोखरेल र शिक्षक महासङ्घबीच विद्यालय शिक्षा ऐनबारे छलफल मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा राज्य जिम्मेवार हुनुपर्छ : प्रदेश प्रमुख मियाँ
तपाईं के खोज्दै हुनुहुन्छ ?

दोलखा र जुम्लाको तापक्रम माइनसमा



फाइल फोटो
अ+ अ-

काठमाडौँ। नेपालमा क्रमशः चिसो बढ्दै गइरहेका बेला आज दुई वटा जिल्लाको न्यूनतम तापक्रम माइनसमा झरेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार केही दिनदेखि जुम्लाको न्यूनतम तापक्रम माइनसमा झरेकामा आज दोलखास्थित जिरीको तापक्रम पनि माइनसमा झरेको छ ।

विभागमा आज साँझ रेकर्ड भएको अभिलेखअनुसार जुम्लामा न्यूनतम तापक्रम माइनस ५ दशमलव २ डिग्री र दोलखाको जिरीमा न्यूनतम तापक्रम माइनस शून्य दशमलव १ मा झरेको छ । जाडो सिजन लागिसकेको र चिसो बढ्ने क्रममा रहेको विभागले जानकारी दिएको छ ।

विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् गोविन्द झाले हिजो अस्ती जुम्लाको न्यनतम तापक्रम माइनस २ देखि ३ सम्म रहेकामा आज तापक्रम घटेर माइनस ५ दशमलव २ मा पुगेको हो ।

पछिल्लो एक÷दुई दिनमा राति बादल भएकाले बढी चिसो महसुस भएको छ । दिउँसोमा भने धेरैजसो स्थानमा घाम लाग्दा न्यानो महसुस हुने गरेको छ । आज पनि काठमाडौँ उपत्यकालगायत ठाउँमा बिहानभर बादल लागेर चिसो महसुस गराएको उहाँले बताउनुभयो ।

“रातिमा बदली हुँदै र दिन बढ्दै जाँदा खुल्दै गइरहेको छ । उपत्यका र तराईमा वायुप्रदूषण पनि रहेको छ”, मौसमविद् झाले भन्नभयो, “जनावरीमा अझ तापक्रम घट्दै जानेछ, अहिले बङ्गलाको खाडीमा बनेको न्यूनचापीय प्रणालीले असर गरेको छ । अलीअली पाकिस्तान क्षेत्रमा पनि न्यूनचापीय क्षेत्रका कारण पश्चिमी वायु पनि बन्दैछ । त्यसले पनि असर गरिरहेको छ ।”

विभागको विवरणमा काठमाडौँमा न्यूनतम तापक्रम ८ दशमलव ५ रहेको छ । नेपालगञ्जमा न्यूनतम तापक्रम १२ रहेको छ । पोखरामा न्यूनतम तापक्रम ११, भैरहवामा १३, जनकपुरमा न्यूनतम तापक्रम १२ डिग्री रहेको छ । यस्तै ताप्लेजुङमा न्यूनतम तापक्रम ९ डिग्री रहेको छ भने जुम्लामा न्यूनतम तापक्रम माइनस ५ दशमलव २ डिग्री रहेको छ । रासस