१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित News Polar ‘बागमती प्रदेश सरकारको मुख्य प्राथमिकता भोटेकोशी क्षेत्र पुनःस्थापना’ News Polar चाडपर्व लक्षित विशेष अभियान सञ्चालन गर्दै ट्राफिक प्रहरी News Polar पछिल्लो २४ घण्टामा दुई सय ७२ विपद्का घटना, २१ जनाको मृत्यु News Polar एसियाड टेनिस : शिभाली–स्वस्तिका जोडी पहिलो चरणमै पराजित News Polar पूर्वप्रधानन्यायाधीश जबरालाई मध्यरातमा नियन्त्रणमा लिएको भन्दै सांसद मल्लको आपत्ति News Polar व्यक्तिगत इगोका लागि राज्यसत्ताको दुरुपयोग भइरहेको छ : ज्ञानबहादुर शाही News Polar थेबेको आरोप– ‘राज्यकै नाममा गुण्डागर्दी भयो, सरकार अराजकता निम्त्याउँदैछ’ News Polar ६ महिनाको सुत्केरी बिदालाई कर्मचारी सुविधाका रूपमा मात्र हेर्न नहुने : मन्त्री मेहता News Polar बाढीपहिरोले २७ जलविद्युत आयोजना प्रभावित, करिब १ हजार मेगावाट उत्पादन प्रणालीबाट बाहिर News Polar काठमाडौं उपत्यकाबाहिर केन्द्रिय वधशाला बनाउन माग News Polar पशु वधशाला नभएका क्षेत्रमा तोकिएको स्थान र समयमा मात्र पशु वध गर्नुपर्ने

दलित समुदायका लागि सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री कार्की

दलित समुदायका लागि सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री कार्की
अ अ+ अ-

काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले दलित समुदायका लागि संविधान र कानुनले दिएका अधिकारको प्रचलनका लागि सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।

राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माको नेतृत्वको प्रतिनिधिमण्डलसँग सिंहदरबारमा आज भएको छलफलमा प्रधानमन्त्री कार्कीले उत्पीडित समुदायले पाउनुपर्ने हक र सुविधाका लागि सरकार उदार ढङ्गले प्रस्तुत हुने बताउनुभएको हो ।

“संविधान र कानुनले दिएका अधिकारको प्रचलन कसैले रोक्न सक्दैन, राज्यले आफ्नो प्रतिबद्धताअनुसार काम गर्नुपर्छ”, उहाँले भन्नुभयो । आयोगको टोलीले प्रधानमन्त्रीसमक्ष दलितका सरोकारका सम्बन्धमा सरकारले तत्काल गर्नुपर्ने भन्दै छबुँदे अनुरोधपत्र बुझाएको थियो । छलफलमा कानुनमन्त्री अनिलकुमार सिन्हा र अन्य सरकारी अधिकारीहरूसँग पनि सहभागिता थियो ।

आयोगले बुझाएको अनुरोध पत्रमा भनिएको छ, “थर सूचीकरणसम्बन्धी सिफारिस स्वीकृत गर्नुपर्नेछ । राष्ट्रिय दलित आयोगले नेपाल सरकारलाई पटक थर सूचीकरण सिफारिसलाई मन्त्रिपरिषद्बाट निर्णय हुन आवश्यक छ र नागरिकता तथा अभिलेख अद्यावधिक गर्नुपर्छ ।

मन्त्रिपरिषद्को निर्णयका आधारमा सबै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरी दलित समुदायका नागरिकता, जन्मदर्ता र शैक्षिक प्रमाणपत्रअनुसार नयाँ नागरिकता प्रमाणपत्रमा थर लेख्न पाउने र हिनताबोधका थर सच्याउने वा परिवर्तन गर्ने प्रक्रिया सुनिश्चित गर्नुपर्छ ।”

आयोगले कार्यविधिअनुसार उच्चस्तरीय बैठक बस्नुपर्ने र जातीय भेदभाव र छुवाछूत अन्त्य तथा दलित अधिकार प्रवद्र्धन कार्यविधि, २०७३ बमोजिम प्रधानमन्त्रीको अध्यक्षतामा बैठक आह्वान गर्न एवं कानुनी कारबाही र हेल्प डेस्क सुदृढीकरण गर्न माग गरेको छ ।

त्यसैगरी जातीय तथा अन्य सामाजिक छुवाछूत र भेदभाव (कसुर र सजाय) ऐन, २०६८ बमोजिम विभेद गर्नेहरूमाथि कानुनी कारबाही गर्न र दलित हेल्प डेस्क प्रभावकारी बनाउने उद्देश्यले सबै जिल्ला प्रहरी कार्यालयमा परिपत्र गर्न पनि प्रधानमन्त्रीसमक्ष अनुरोध गरेको छ । रासस