२५ जेष्ठ २०८३, सोमबार
,
Latest
एआईको बढ्दो प्रयोगले ऊर्जा र पानी सङ्कट बढ्न सक्ने सुरेन्द्र पाण्डेको चेतावनी प्रधानमन्त्री साह तत्काल संसदमा आउनु हुन्नः सभापति लामिछाने प्रतिनिधिसभा बैठक सुरू, विपक्षी दलको अवरोध कायमै ‘ग्रिन फाइनान्स ट्याक्सोनोमी’ लाई सरकारले छिटो राष्ट्रिय मान्यता दिनुपर्छः पौडेल एमालेको प्रश्न : रवि लामिछानेको भारत भ्रमण र प्रधानमन्त्री बालेन शाहको अभिव्यक्तिबिच सम्बन्ध थियो ? ११ बजे बस्ने भनिएको प्रतिनिधिसभा बैठक अझै सुरु भएन फुल्चोकी जङ्गलमा हराउने घटना बढेपछि सावधानी अपनाउन प्रहरीको आग्रह महोत्तरीको पोखरभिण्डाबाट हराएका बालक पोखरीमा मृत फेला मधेसकै बलमा सरकार बनाउने तर अधिकार नदिने षड्यन्त्र हुँदै आएको छः चन्द्रकान्त राउत सर्वदलीय बैठक सिंहदरबारमा जारी, संसद गतिरोध अन्त्यबारे छलफल
तपाईं के खोज्दै हुनुहुन्छ ?

अपाङ्गता भएका व्यक्तिहरुमाथीको विभेद अन्त्य भएको छैनः सञ्चारमन्त्री खरेल



अ+ अ-

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले अपाङ्गता भएका व्यक्तिहरुमाथिको विभेद अन्त्य नभएको बताउनुभएको छ ।

अपाङ्गता भएका व्यत्तिहरुको ३४ औँ अन्तर्राष्ट्रिय दिवसको अवसरमा बुधवार आयोजित कार्यक्रममा उहाँले गणतन्त्रमा पनि अपाङ्गता भएका व्यत्तिहरुमाथिको विभेद अन्त्य हुन नसकेको बताउनुभएको हो । उहाँले देशमा जनसंख्याको साढे दुई प्रतिशत अपाङ्गता भएका व्यक्तिहरु रहेको बताउनु भयो । तीमध्ये गम्भिर रुपमा अपाङ्गतामा भएका व्यक्तिहरु डेढ लाख जति भएको उहाँको भनाई छ ।

गम्भिर अपाङ्गता भएका व्यक्तिहरुको अवस्था नाजुक रहेको उल्लेख गर्नुहुँदै उहाँले उनीहरुलाई राज्यले सहयोग गर्न नसकेको बताउनु भयो । देशमा संघियता आएपनि अपाङ्गता भएका व्यक्तिहरुले संघियताको महशुस गर्न नपाएको उहाँको भनाई छ । उनीहरुले प्रयोग गर्ने समाग्रीहरु अझैपनि स्थानीय तहहरुमा सहज रुपमा नपाउने गरेको मन्त्री खरेलले बताउनु भयो । यस्तै उहाँले राज्यका संयन्त्रहरु पनि अपाङ्गतामैत्री नभएको उल्लेख गर्नुभयो । मन्त्री खरेलले सञ्चार मन्त्रालयले अपाङ्गमैत्री डिजिटल प्लेटफर्म तयार गर्न लागेको जानकारी दिनुभयो । त्यसको लागि आवश्यक सुझाव दिन उहाँले आग्रह गर्नुभयो । उहाँले सरकार अपाङ्गता भएका व्यक्तिहरुको समस्याका बारेमा गम्भिर रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘गणतन्त्र नेपालको नागरिक र आज नेपाल सरकारको प्रवक्ता भईराख्दा सञ्चार तथा सूचना प्रविधि मन्त्री भईराख्दाखेरि म निर्भिक रुपमा निर्भयताका साथ एउटा कुरा चाँही स्वीकार गर्छु यहाँहरुको सामुमा, त्यो के हो भने जतिसुकै विभेदको अन्त्य ग¥यौँ भनेपनि यहाँहरुमाथीको विभेद अन्त्य भएको छैन ।’ 

मन्त्री खरेलले वर्तमान सरकारको मुख्य जिम्मेवारी सुशासन कायम गर्ने र तोकिएको समयमा निर्वाचन गराउने रहेको उल्लेख गर्नुभयो । सोहीअनुसार सरकारले आफ्नो काम अगाडी बढाईरहको उहाँले जानकारी दिनुभयो ।