१९ मंसिर २०८२, शुक्रबार
,
Latest
२३ औँ भारत–रूस वार्षिक सम्मेलन शुरु भ्रष्टाचार विरुद्ध खबरदारी गर्न सिंहदरबार पुगे जेन—जी प्रतिनिधि प्रधानमन्त्री कार्कीसँग जापानका राजदूतको शिष्टाचार भेट राजा, राजनीतिक दल र जेन–जीबीच त्रिपक्षीय सम्झौता गरियोस्ः राप्रपा प्रवक्ता शाही ईश्वरलक्षित बादलको टिप्पणीः अहिले नेतृत्वका लागि उम्मेदवारी घोषणा गर्दै हिँड्ने कुरा उपयुक्त होइन नवनियुक्त सदस्य सचिव मेहताले गरे पदभार ग्रहण अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता जनकपुर–ढल्केबर सडकखण्डका तीन स्थानमा आकासे पुल निर्माण हुँदै मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम
तपाईं के खोज्दै हुनुहुन्छ ?

अपाङ्गता भएका व्यक्तिहरुमाथीको विभेद अन्त्य भएको छैनः सञ्चारमन्त्री खरेल



अ+ अ-

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले अपाङ्गता भएका व्यक्तिहरुमाथिको विभेद अन्त्य नभएको बताउनुभएको छ ।

अपाङ्गता भएका व्यत्तिहरुको ३४ औँ अन्तर्राष्ट्रिय दिवसको अवसरमा बुधवार आयोजित कार्यक्रममा उहाँले गणतन्त्रमा पनि अपाङ्गता भएका व्यत्तिहरुमाथिको विभेद अन्त्य हुन नसकेको बताउनुभएको हो । उहाँले देशमा जनसंख्याको साढे दुई प्रतिशत अपाङ्गता भएका व्यक्तिहरु रहेको बताउनु भयो । तीमध्ये गम्भिर रुपमा अपाङ्गतामा भएका व्यक्तिहरु डेढ लाख जति भएको उहाँको भनाई छ ।

गम्भिर अपाङ्गता भएका व्यक्तिहरुको अवस्था नाजुक रहेको उल्लेख गर्नुहुँदै उहाँले उनीहरुलाई राज्यले सहयोग गर्न नसकेको बताउनु भयो । देशमा संघियता आएपनि अपाङ्गता भएका व्यक्तिहरुले संघियताको महशुस गर्न नपाएको उहाँको भनाई छ । उनीहरुले प्रयोग गर्ने समाग्रीहरु अझैपनि स्थानीय तहहरुमा सहज रुपमा नपाउने गरेको मन्त्री खरेलले बताउनु भयो । यस्तै उहाँले राज्यका संयन्त्रहरु पनि अपाङ्गतामैत्री नभएको उल्लेख गर्नुभयो । मन्त्री खरेलले सञ्चार मन्त्रालयले अपाङ्गमैत्री डिजिटल प्लेटफर्म तयार गर्न लागेको जानकारी दिनुभयो । त्यसको लागि आवश्यक सुझाव दिन उहाँले आग्रह गर्नुभयो । उहाँले सरकार अपाङ्गता भएका व्यक्तिहरुको समस्याका बारेमा गम्भिर रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘गणतन्त्र नेपालको नागरिक र आज नेपाल सरकारको प्रवक्ता भईराख्दा सञ्चार तथा सूचना प्रविधि मन्त्री भईराख्दाखेरि म निर्भिक रुपमा निर्भयताका साथ एउटा कुरा चाँही स्वीकार गर्छु यहाँहरुको सामुमा, त्यो के हो भने जतिसुकै विभेदको अन्त्य ग¥यौँ भनेपनि यहाँहरुमाथीको विभेद अन्त्य भएको छैन ।’ 

मन्त्री खरेलले वर्तमान सरकारको मुख्य जिम्मेवारी सुशासन कायम गर्ने र तोकिएको समयमा निर्वाचन गराउने रहेको उल्लेख गर्नुभयो । सोहीअनुसार सरकारले आफ्नो काम अगाडी बढाईरहको उहाँले जानकारी दिनुभयो ।