२५ जेष्ठ २०८३, सोमबार
,
Latest
इप्पानको साधारणसभा जेष्ठ २९ मा, वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष व्यवस्था हटाउने प्रस्ताव राख्ने लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीहरूले लिए शपथ प्रदेशहरूलाई पूर्ण स्वायत्तता घोषणा गर्न माग गर्दै माईतीघरमा जनमत पार्टीको प्रदर्शन प्लास्टिक प्रदूषण नियन्त्रण र दिगो फोहर व्यवस्थापनमा सहकार्य आवश्यक छः मन्त्री चौधरी पूर्वी नेपालमै पहिलो पटक विराट मेडिकल कलेजमा हेमोपर्फ्युजन र प्लाज्माफेरेसिस सेवा सुरु रास्वपा जिल्ला अधिवेशन : ५६ जिल्लामा सम्पन्न, १२ जिल्ला निर्वाचनको चरणमा गोरखाको आरुघाटमा मोतीविन्दुको निःशुल्क शल्यक्रियाबाट ८५ जनाले पाए नयाँ दृष्टि इजलासमा फर्किइन् सपना प्रधान मल्ल ट्राफिक जामका कारण संसद् बैठकमा ९ मिनेट ढिलो पुगेकाे भन्दै सांसद पुनले मागे माफी रास्वपा सभापति लामिछानेलाई लिङदेनको सुझावः वैदेशिक मामिलामा संवेदनशीलता अपनाइयोस्
तपाईं के खोज्दै हुनुहुन्छ ?

धनकुटा प्रतिनिधि छनौट विवादः पाँच दिनभित्र पुनःनिर्वाचन गर्न निर्देशन



फाइल फोटो
अ+ अ-

धनकुटा । नेकपा (एमाले)को एघारौँ राष्ट्रिय महाधिवेशनका लागि धनकुटामा गरिएको प्रतिनिधि छनौट प्रक्रिया निष्पक्ष र पारदर्शी नभएको भन्दै केन्द्रीय संगठन विभागले पुनः निर्वाचन गर्न निर्देशन दिएको छ।

मंसिर १३ गते सम्पन्न प्रतिनिधि छनौट निर्वाचनमा अनियमितता भएको गुनासो आएपछि विभाग प्रमुख काशिनाथ अधिकारीले पत्रमार्फत पाँच दिनभित्र पुनः निर्वाचनको प्रक्रिया अघि बढाउन स्थानीय नेतृत्वलाई निर्देशन दिएका हुन्।

पत्रमा प्रभावकारी माध्यमबाट सबै सदस्यलाई सूचना प्रवाह गर्न, पालिका–स्तरमा मतदान केन्द्र व्यवस्थापन गर्न तथा निर्धारित नियमअनुसार प्रक्रिया सञ्चालन गर्न भनिएको छ।

पुनः निर्वाचन प्रक्रियामा सहजीकरण गर्न एमाले कोशी प्रदेश इञ्चार्ज शेरधन राई र धनकुटा जिल्ला इञ्चार्ज राजेन्द्रलाई दायित्व तोकिएको छ।

धनकुटामा भएको प्रतिनिधि छनौटमा धाँधली गर्दै सबै १३ जना प्रतिनिधि एक पक्षीय रूपमा चयन गरिएको आरोप प्रदेश कमिटी सचिवालय सदस्य इन्द्रमणी पराजुली समूहले लगाउँदै आएको छ। पराजुली समूहले निर्वाचन नमान्ने र पुनः निर्वाचनको माग गर्दै निरन्तर विरोध जनाइरहेका छन्।




भर्खरै