१९ भाद्र २०८३, शुक्रबार
,
Latest
एसियाली खेलकुदका खेलाडीलाई पहिलोपटक विमानस्थलमै ‘भीआईपी’ सुविधा भोटेकोशी बाढीपछि पर्यटन पुनरुत्थानका लागि क्षतिको विवरण संकलनदेखि वैकल्पिक सडक र नाका सञ्चालनसम्मको पहल कृष्ण जन्माष्टमीः कृष्ण मन्दिरका चारै ढोका खुला, विशेष आरती गरिँदै ‘सुरुङभित्र फसेकाको खोजीकार्य प्रभावकारी रूपमा भइरहेको छ’ ‘पहिरोले आंशिक थुनिएको चौलानी नदीको बहाब सामान्य’ श्रीकृष्ण जन्माष्टमीमा राष्ट्रपति पौडेलद्वारा पाटनको कृष्ण मन्दिरमा पूजाअर्चना विपदमा बाल संरक्षणलाई प्राथमिकता दिन सिजपकाे आग्रह शिक्षण अस्पताल पुगेर सञ्चारमन्त्री तिमिल्सिनाले लिनुभयो भोटेकोशी बाढीपीडितको स्वास्थ्य अवस्थाबारे जानकारी बाढीले क्षति पुर्‍याएका २० झोलुङ्गे पुल मर्मतमा सरकार युद्धस्तरमा भदौ २२ र २३ गते राहदानी विभागका सेवा नियमित सञ्चालन हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

सत्तापक्षका सांसद उपस्थिति नभएपछि मधेस प्रदेशसभा बैठक स्थगित



अ+ अ-

जनकपुर । मधेस प्रदेशसभा बैठकमा सत्तापक्षका सांसद उपस्थित नभएपछि स्थगित गरिएको छ ।

बिहान साढे ८ बजेका लागि आह्वान गरिएको प्रदेशसभा बैठकमा सत्तापक्षका सांसद उपस्थित नभएपछि दिउसो २ बजेसम्मको लागि बैठक स्थगित गरिएको हो ।

बिहान १०:३० बजेसम्म सत्तापक्षका संसद् उपस्थित नभएपछि उपसभामुख बबिता राउत ईसरले दिउसो २ बजेसम्मको लागि बैठक स्थगित गरिएको जानकारी गराउनुभयो । मुख्यमन्त्री सरोज कुमार यादवले विश्वासको मत लिने बताएपछि आजका लागि प्रदेशसभा बैठक बोलाइएको थियो ।

सोमबार साँझ सर्वोच्च अदालतले मुख्यमन्त्री यादवलाई २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश जारी पछि मुख्यमन्त्री यादवले आज प्रदेशसभामा विश्वासको मत लिने कार्यसूचि तय भएको थियो ।