१७ भाद्र २०८३, बुधबार
,
Latest
बर्दियाका १३५ जनाको उद्धार भोटेकाशी बाढीः दिवङ्गत प्रहरीको परिवारलाई १० लाख आर्थिक सहायता र ऋण मिनाहा भोटेकोशी बाढीपीडितलाई आठ लाख २५ हजार सहयोग शिक्षामन्त्री पोखरेल र शिक्षक महासङ्घबीच विद्यालय शिक्षा ऐनबारे छलफल मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा राज्य जिम्मेवार हुनुपर्छ : प्रदेश प्रमुख मियाँ न्युजिल्यान्डमा ब्याजदर वृद्धि, मुद्रास्फीति ४.१ प्रतिशत वैज्ञानिक अनुसन्धानको तथ्याङ्क खुला गर्न चीनको नयाँ पहल बाढी अपडेटः १ हजार २०४ को मृत्यु पुष्टि, अझै ४ हजार २१६ बेपत्ता भोटेकोशी बाढीसँगै बगेका नौ शव भारतबाट नेपाल ल्याइयो भोटेकोशी विपद्पछि विश्व पर्यटन बजारमा नेपालको विश्वास पुनःस्थापित गर्न जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

कारको ठक्करबाट एकको मृत्यु, ट्राफिक प्रहरीसहित दुई घाइते



अ+ अ-

काठमाडौँ। काठमाडौँको केशरमहलस्थित सडकमा कारको ठक्करबाट एक जनाको मृत्यु भएको छ । दुर्घटनामा प्रहरीसहित दुई जना घाइते भएका छन् ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार आज अपराह्न ‘डिउटी’मा रहेका ट्राफिक प्रहरीसहित एक पैदलयात्रीलाई बा प्र ०१–०३० च २३४८ नम्बरको इभी कारले ठक्कर दिएको थियो ।

दुर्घटनामा पहिचान नखुलेका एक पुरुष पैदलयात्रीको मृत्यु भएको उहाँले जानकारी दिनुभयो । दुर्घटनामा घाइते उहाँको ट्रमा सेन्टरमा उपचारका क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा ट्राफिक प्रहरी प्रभाग दरबारमार्गमा कार्यरत ट्राफिक प्रहरी हवल्दार परशुराम ठाकुर र कार चालक सुरेशराज कालिका घाइते भएका छन् । कार दुई जनालाई ठक्कर दिएर नजिकैको पर्खालमा ठोक्किन पुगेको प्रहरीले जनाएको छ । रासस