२३ जेष्ठ २०८३, शनिबार
,
Latest
भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन 
तपाईं के खोज्दै हुनुहुन्छ ?

घरपालुवा जनावरले कोरोना भाइरस फैलाउन नसक्ने



अ+ अ-

काठमाडौं । घरपालुवा जनावरले कोरोना भाइरस फैलाउन नसक्ने अनुसन्धानबाट पत्ता लागेको छ । बिरालो, कुकुर जस्ता घरपालुवा जनावरले भाइरस फैलाउन नसक्ने रुसी सरुवा रोग विशेषज्ञले जनाएका हुन् ।

रुसको रिसर्च इन्स्टिच्युट अफ इपिडिमिओलोजीका सल्लाहकार भिक्टोर मालियभले समाचार संस्था तासलाई जनाए अनुसार घरपालुवा जनावरले कोरोना भाइरस फैलाउन सक्दैन । यसअघि हङकङका अधिकारीहरुले घरपालुवा जनावरले मानिसमा कोरोना भाइरस फैलाएको भनेका थिए ।

परीक्षणबाट यस्ता नदेखिएको जनाइएको छ । मेलएभले तथ्यांकहरु उल्लेख गर्दै कोरोना भाइरस लागेका मानिसलाई बिरालो, कुकुर जस्ता जनावरमा परीक्षण गर्दा सरेको भेटिएन । उनले अहिलेसम्म घरपालुवा जनावरमा कोरोना भाइरसको संक्रमण नभेटिएको समेत बताए ।