• १३ जेष्ठ २०८१, आईतवार
  •      Sun May 26 2024
  •   Unicode
Logo

घरपालुवा जनावरले कोरोना भाइरस फैलाउन नसक्ने



काठमाडौं । घरपालुवा जनावरले कोरोना भाइरस फैलाउन नसक्ने अनुसन्धानबाट पत्ता लागेको छ । बिरालो, कुकुर जस्ता घरपालुवा जनावरले भाइरस फैलाउन नसक्ने रुसी सरुवा रोग विशेषज्ञले जनाएका हुन् ।

रुसको रिसर्च इन्स्टिच्युट अफ इपिडिमिओलोजीका सल्लाहकार भिक्टोर मालियभले समाचार संस्था तासलाई जनाए अनुसार घरपालुवा जनावरले कोरोना भाइरस फैलाउन सक्दैन । यसअघि हङकङका अधिकारीहरुले घरपालुवा जनावरले मानिसमा कोरोना भाइरस फैलाएको भनेका थिए ।

परीक्षणबाट यस्ता नदेखिएको जनाइएको छ । मेलएभले तथ्यांकहरु उल्लेख गर्दै कोरोना भाइरस लागेका मानिसलाई बिरालो, कुकुर जस्ता जनावरमा परीक्षण गर्दा सरेको भेटिएन । उनले अहिलेसम्म घरपालुवा जनावरमा कोरोना भाइरसको संक्रमण नभेटिएको समेत बताए ।