१९ भाद्र २०८३, शुक्रबार
,
Latest
रसुवा बाढीबाट ७ हजार ५ सयभन्दा बढी घर पूर्ण रूपमा क्षतिग्रस्त, ३२ हजार नागरिक प्रभावित केरुङ नाका जोड्ने सडक सात दिनपछि पुनः सञ्चालनः चुनौतीपूर्ण भूगोल र प्रतिकूल मौसम कसरी मिल्यो… चौलानी नदी आंशिक थुनिएकाबारे मुख्यमन्त्री भट्टको चासो, सतर्क रहन आग्रह म्याग्देमा व्यवसाय विस्तारसँगै आत्मनिर्भरता बढ्दै भोटेकोशी बाढीः त्रिशूली–३ ‘ए’ मा खोज तथा उद्धार जारी रसुवा बाढीः मधेसका ३१ जना सम्पर्कमा, १६७ अझै बेपत्ता एसियाली खेलकुदका खेलाडीलाई पहिलोपटक विमानस्थलमै ‘भीआईपी’ सुविधा भोटेकोशी बाढीपछि पर्यटन पुनरुत्थानका लागि क्षतिको विवरण संकलनदेखि वैकल्पिक सडक र नाका सञ्चालनसम्मको पहल कृष्ण जन्माष्टमीः कृष्ण मन्दिरका चारै ढोका खुला, विशेष आरती गरिँदै ‘सुरुङभित्र फसेकाको खोजीकार्य प्रभावकारी रूपमा भइरहेको छ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

रास्वपामा समाहित हुँदै विवेकशीलकी अध्यक्ष बास्कोटाले भनिन्–‘मलाई केही चाहिन्न, विवेकशील अभियान मर्नुभएन’



अ+ अ-

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग समाहित भएको विवेकशील साझा पार्टीकी अध्यक्ष समीक्षा बास्कोटाले आफूलाई कुनै पद नचाहिने भन्दै विवेकशील साझा अभियान मर्न नदिने बताउनुभएको छ ।

आईतवार काठमाडौंमा आयोजित एकता घोषणा सभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले व्यक्तिगत स्वार्थको लागि रास्वपामा समाहित नभएको स्पष्ट पार्दै मुलुक र जनताको हितका लागि एकतामा आएको दाबी गर्नुभयो ।

उज्ज्वल थापाले सुरुवात गरेको वैकिल्पक राजनीतिले अनेक ठक्कर खाएको स्मरण गर्दै दलमा आउने जुनसुकै कठिनाई र चुनौतीको सामना गन आफूहरु तयार रहेको उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘साथिहरुले तपाई राष्ट्रिय पार्टीमा के बन्दै हुनुहुन्छ भनेर सोध्नुहुन्छ ? मलाई थाहा छैन । तपाई उम्मेदवार हो कि समानुपातिक सुरक्षित गर्नुभयो कि भन्छन् । हाम्रो पुरानो राजनीतिले गरेको त्यही नै हो । पहिले देखिनै आफू सुरक्षित हुने र आफ्नो लागि मात्र गर्ने राजनीति हुँदै आएको छ । हामीले भन्यौं–हामी हुनुपर्यो । विवेकशील साझा आन्दोलन मर्नुभएन । उज्वल थापाले रोपेको बिउ फुल्नुपर्यो, फक्रिनुपर्यो । मलाई केही चाहिदैन । जब उज्वल थापाले रोपेको बीउ संसद भवनमा गर्जिन थाल्छ तब म हरेकमा समीक्षा र उज्वल नै देख्छु । त्यो हो हामीले गरेको राजनीतिक र तपस्या । यसै भनेको होइन वैकल्पिक राजनीति सद्प्रयास हो । रविजीले निर्माण गर्नुभयो यो दल । उहाँ थुनामा हुनुहुन्छ । उहाँले शुरु गर्नुभएको सद्प्रयासमा विवेकशीलले विगत १२ वर्षदेखि गरिराखेको मुल्यमान्यताको र जगको राजनीति ल्याएर जोडेको हो । एकअर्कामा समाहित भएको हो । कतिपयले भन्नुहुन्छ तपाईहरु विलय हुनुभयो । यो विलय होइन प्रलय हो । फागुन २१ मा जुन मतक्रान्ती हुन्छ त्यसको लागि विलय हुन जरुरी छ । विलय भएपछि पो प्रलय हुन्छ । त्यसकारण विलय होइन प्रलय नै हो ।’

उहाँले आफूहरु निःशर्त रास्वपासँग एकीकृत हुन आएको भन्दै निःशर्त नै सबैभन्दा ठूलो शर्त हुने बताउनु भयो । –न्युज एजेन्सी नेपाल