३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

कोभिड-१९: उडड्यन प्राधिकरण र पर्यटन बोर्डमा एक्सन टीम बन्दै

कोभिड-१९: उडड्यन प्राधिकरण र पर्यटन बोर्डमा एक्सन टीम बन्दै
अ+ अ-

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराइले कोरोना भाइरस (कोभिड–१९) ले पर्यटन क्षेत्रमा पार्नसक्ने प्रभाव र चाल्नुपर्ने कदमबारे अध्ययन गर्न नागरिक उडड्यन प्राधिकरण र पर्यटन बोर्डमा एक्सन टीम बनाउन निर्देशन दिएका छन् । कोरोना भाइरसले पर्यटन उद्योगमा पार्नसक्ने असर र चाल्नुपर्ने कदमबारे सरोकारवाल निकायसँग आज मन्त्रालयमा गरिएको छलफल कार्यक्रममा मन्त्री भट्टराइले उक्त निर्देशन दिदैं उनले कुनै नीतिगत निर्णय गर्नुपरे मन्त्रालयमा लेखि पठाउनसमेत निर्देशन दिए । आवश्यक निर्णयका लागि मन्त्रालयमा सचिवको नेतृत्वमा एउटा टीम बनाइने मन्त्री भट्टराइले बताए ।

मन्त्री भट्टराइले पर्यटन क्षेत्रसग आवद्ध सबै संघ संस्था तथा विज्ञहरुलाई कोरोना भाइरसले पार्न सक्ने प्रभाव र सरकारका तर्फबाट चाल्नु पर्ने कदमबारे तीन दिनभित्र सुझाव दिन पनि आग्रह गरे । साथै, विमानस्थलहरुमा यसबारे सजगता बढाइएको जानकारी गराउँदै मन्त्री भट्टराइले त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थल बाहेक पर्यटकहरुको धेरै आवातजवत हुने काठमाडौं बाहिरका विमानस्थलहरुमा स्वास्थ्य मन्त्रालयसँग समन्वय गरेर हेल्थ डेस्क राख्ने प्रकृया पनि अघि बढाइएको बताए ।

अभिभावककारुपमा राज्य भएकाले अहिले धेरै नआत्तिइ आफ्ना व्यवसायहरु संचालन गर्न पनि उनले पर्यटन व्यवसायीहरुसँग आग्रह गरे । यो अवस्थामा प्रशस्त, सुचना लिने, विश्लेषण गर्ने र संयमताका साथ निर्णय लिने मन्त्री भट्टराइको भनाई थियो । कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयका सचिव केदारबाबु अधिकारीले कोरोना भाइरसको अहिलेसम्मको अवस्थाबारे जानकारी गराएका थिए ।

नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा. धनन्जय रेग्मी, नागरिक उडड्यन प्राधिकरणका महानिर्देशक राजन पोखरेल, बायुसेवा संचालक संघ, होटल संघ, टान, नाट्टा, हानलगायतका संस्थाका प्रमुख तथा प्रतिनिधीले पर्यटन उद्योगमा परेको असरबारे जानकारी गराएका थिए । राज्यले यो उद्योगलाई बचाइराख्न बैंकको व्याजदर लगायतका विभिन्न विषयमा सहुलियत दिनुपर्ने उनीहरुको माग थियो ।