२ भाद्र २०८३, मंगलवार
,
Latest
बर्डफ्लू सङ्क्रमण : काभ्रेमा ९० हजार पन्क्षी नष्ट प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूको निर्वाह भत्ता र व्यावसायिक दक्षतालगायत विषयमा छलफल खोलाले बगाएका चारमध्ये दुई बालिका अझै बेपत्ता लागुऔषधसहित दुई जना पक्राउ जापानको चिबामा कीर्तिमानी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या १३ पुग्यो कङ्गोमा तीव्रगतिमा फैलिँदै इबोला, नियन्त्रण चुनौतीपूर्णः डब्लुएचओ जर्मनीमा ३२ वर्षअघि अमेरिकी पर्यटकको हत्या गरेको ८१ वर्षीय वृद्धद्वारा स्वीकारोक्ति पाकिस्तानको सर्वोच्च अदालतद्वारा इमरान खानलाई अस्पताल लैजान आदेश केवाइसी अपडेटका लागि बैंकबाट बोलेको भन्दै स्क्यामिङ गर्ने चार जना पक्राउ आर्थिक अनुशासनमा कडाइ गर्दै मधेस प्रदेश सरकार
तपाईं के खोज्दै हुनुहुन्छ ?

रोमाञ्चक खेलमा लुम्बिनीले पोखरालाई हरायो



अ+ अ-

काठमाडौं । नेपाल प्रीमियर लिग (एनपीएल) अन्तरगत लुम्बिनी लायन्सले पोखरा एभेन्जर्सलाई पराजित गरेको छ । भर्खरै सम्पन्न खेलमा लुम्बिनीले पोखरालाई ३ विकेटले हराएको हो ।

१५१ रनको लक्ष्य पछ्याएको लुम्बिनीले १९.४ ओभरमा ७ विकेटको क्षतिमा लक्ष्य भेट्टायो ।

उसका लागि रोहित पौडेलले ४०, निरोशन डिकवेलाले ३७, गुलबदिन नइबले १७, सन्दीप जोराले अविजित २५ रनको योगदान दिए ।

वलिङतर्फ पोखराका बिपिन खत्री सागर ढकाल र म्याट टेलरले दुई दुई तथा जिम्मी निशमले एक विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङमा उत्रिएको पोखराले २० ओभरमा ५ विकेटको क्षतिमा १५० रन जोड्यो ।

उसका लागि आडम रोसिङ्टनले अर्धशतक बनाए । ६३ बल खेलेका उनले सात चौका र पाँच छक्काको मद्दतले ८१ रन जोडे । यस्तै जिम्मी निशमले पनि अर्धशतक बनाए । ३२ बल खेलेका उनी ५१ रनमा अविजित रहे । कप्तान कुशल भुर्तेल र सुमित वर्मा खाता पनि नखोली पभेलियन फर्किए ।

वलिङतर्फ लुम्बिनीका शेर मल्ल र तिलक भण्डारीले दुई दुई तथा गुलबदिन नइबले एक विकेट लिए ।

लुम्बिनीले पाँचमध्ये दुई र पोखराले चार खेलमध्ये एक खेल मात्र जितेको छ ।