३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

सेक्स गर्दा गर्भ रहिहाले कसरी त्यसको समाधान गर्ने ? जानी राखौ

सेक्स गर्दा गर्भ रहिहाले कसरी त्यसको समाधान गर्ने ? जानी राखौ
अ+ अ-

म २२ वर्षीया अविवाहित युवती हुँ। केही दिनअघि एक जना केटासाथीसँग मेरो यौनसम्पर्क भयो। जब ऊसँग सम्पर्क भयो त्यो दिनदेखि मेरो तल्लो पेट एकदम दुखिरहेको छ। यस्तो किन भएको होला ? हामीले कुनै साधन पनि प्रयोग गरेका थिएनौं। उक्त दिन मेरो महिनावारी भएको ११ दिन भएको थियो। यसबाट कतै गर्भ रहने त होइन ? कस्तो बेलाको सम्पर्कले गर्भ रहन्छ ? गर्भ रहिहाले कसरी त्यसको समाधान गर्ने ?

यौनसम्पर्कपछिको पीडा

हामीलाई थाहै छ, यौनसम्पर्क एउटा आनन्ददायक क्रियाकलाप हो। यौन सम्पर्कबाट नै सायद मानिसले प्राप्त गर्न सक्नेमध्येको चरम आनन्द प्राप्त गर्छ। असीम आनन्द, चरमसुख, स्वर्गीय आनन्दजस्ता कतिपय नाम पनि यो सम्पर्कको आनन्दसँग जोडिएका छन्। यद्यपि सबै यौनसम्पर्क सुखमय नहुन सक्छन्। यौनसम्पर्क पीडायुक्त हुनुमा योनिको संक्रमण वा योनि सुख्खा हुनु प्रमुख कारण हुन्छन्। त्यसैगरी यौनसम्पर्कसम्बन्धी नकारात्मक धारणाले ग्रसित भएको स्थितिमा वा डर भएको स्थितिमा यस्तो हुन्छ। विशेष गरेर भयातुर वा डरका कारण यौनसम्पर्क गर्न लाग्दा अकस्मात् योनिको मांसपेशी संकुचन भै कडा हुन्छ। यस्तो बेलामा राखिएको यौनसम्पर्क पीडायुक्त हुन्छ।

तपाईंको समस्या यौनसम्पर्कपछिको पीडाको हो। यसका पनि अनेक कारण हुन सक्छन्। विशेष गरेर यौनसम्पर्कका कारण मांसपेशीमा कुनै चोट पुग्न गए यस्तो हुनसक्छ। त्यसबाहेक लामो यौन उत्तेजनाका कारण कटी प्रदेशमा बढी रक्तप्रवाह हुने भएकाले केही भारीपन वा दुखेको अनुभव हुनसक्छ। त्यसैगरी मूत्रनलीको संक्रमण भएको स्थितिमा यस्तो लक्षण देखिन सक्छ। पाठेघरको भित्री तह (परत) मा खराबी आउने स्थितिले पनि यस्तो गराउन सक्छ। उदाहरणका लागि इन्डोमेट्राइटिस। इन्डोमेट्राइटिस हुँदा पाठेघरको भित्री तहमा भएको कोष पाठेघरभन्दा बाहिर कटी प्रदेशका अन्य अङ्गहरू जस्तै कि डिम्बाशय, आन्द्रा, गुदानली, मूत्रथैलीमा टाँसिन पुग्छन्। महिनावारी पीडादायी हुनुका साथै रक्तश्रावमा गडबडी पनि हुनसक्छ।

समस्या कायम रहेको स्थितिमा त्यसको निदान तथा समाधानका लागि स्त्रीरोग विशेषज्ञसँग सल्लाह गर्नु बेस हुन्छ।

किन गर्भनिरोधका साधन प्रयोग नगरिएको होला ?

अहिलेको आधुनिक समाजमा गर्भनिरोधका विभिन्न साधन सुलभ रूपमा उपलब्ध छन्। यसको प्रयोग गर्दा गर्भ रहला भन्ने पीर मान्नु पर्दैन। त्यसैले बिनाचिन्ता पर्याप्त यौनआनन्द लिन सकिन्छ। गर्भनिरोधको साधन प्रयोग गर्न नसकिने अनेक कारण हुनसक्छन्। तपाईंको पनि आफ्नै कारण होला। कतिपयले यस विषयमा अनेक गलत धारणा पालेर बसेका हुन्छन्। गर्भनिरोधको साधन प्रयोग गर्दा सामान्य असर हुन सक्छ जुन अनिच्छित गर्भ रहन गएको स्थिति र त्यसका चिकित्साजन्य अनि सामाजिक दुवै असरको तुलनामा नगन्यजस्तै छ। गर्भनिरोधको भरपर्दो साधन प्रयोग गरेको स्थितिमा गर्भ रहनेजस्तो चिन्ता एकातिर हुँदैन भने अर्कातिर त्यसको जटिलताले पार्ने असर पनि हुँदैन। यदि गर्भनिरोधको साधनका बारेमा कुनै जिज्ञासा छ भने नजिकैको परिवार नियोजन वा स्वास्थ्यचौकी वा परिवार नियोजनको सेवा केन्द्रमा सम्पर्क राख्नु बेस हुन्छ।

महिनावारीको एघारौं दिनमा गर्भ ?

पुरुषको प्रत्येक वीर्य स्खलनमा शुक्रकीट हुनसक्ने भए पनि महिलामा भने त्यस्तो हुँदैन। महिलाको शरीरमा मासिक रूपमा डिम्ब निस्कन्छ र यसैबेलातिरको यौनसम्पर्क भए वीर्यको शुक्रकीटसँग मिलन हुन्छ र गर्भको सुरुवात हुनसक्छ। एउटा महत्वपूर्ण कुरा के छ भने डिम्ब निस्किएको यस्तै १४ दिनमा महिनावारी सुरु हुन्छ। यस्तै २८ दिनको महिनावारी भएको महिलाको १४औं दिनतिर डिम्ब निस्कने भएकाले उक्त समयमा यौनसम्पर्क गर्दा गर्भ रहने सम्भावना एकदमै बढी हुन्छ। डिम्ब निस्किएको यस्तै २४ देखि ४८ घण्टासम्म बाँच्छ भने महिलाको प्रजनन् अङ्गभित्र शुक्रकीटहरू ७२ घण्टा वा त्योभन्दा बढी बाँच्न सक्छन्। त्यसैले डिम्ब निस्कने केही अघिको र केही दिनपछिको समयलाई गर्भधारणका दृष्टिले असुरक्षित काल मानिन्छ।

तपाईंको महिनावारी कतिकति दिनमा हुने गरेको छ र नियमित छ कि छैन, लेख्नुभएको छैन। यदि महिनावारी ठिक २८ दिनमा नभै ढिलो चाँडो हुन्छ भने केही सोच्नुपर्ने हुन्छ। सुरक्षित काललाई नै गर्भनिरोधका रूपमा प्रयोग गर्ने हो भने कम्तीमा पनि ६ महिनासम्मका महिनावारीका दिनहरू लिनुपर्छ। सबैभन्दा छोटो महिनावारीबाट १८ दिन घटाउँदा गर्भवती हुनसक्ने पहिलो दिन पत्ता लाग्छ भने सबैभन्दा लामो दिनबाट ११ दिन घटाउँदा गर्भवती हुनसक्ने अन्तिम दिन पत्ता लाग्छ। उदाहरणका लागि यदि कुनै महिलाको महिनावारी चाँडोमा २४ दिनको र ढिलोमा ३१ दिनको हुने रहेछ भने, २४-१८-६ हुन्छ, अर्थात छैटौं दिनदेखि सम्भोग गर्दा गर्भ रहन सक्छ।

३१-११-२० हुन्छ, अर्थात् २० औं दिनभन्दा पछि यौनसम्पर्क गर्दा हुन्छ। बुझ्नु नै भयो होला, यो महिनावारीमा भर पर्ने कुरा हो। सुरक्षितकालबाहेक अरू समयमा यौन सम्पर्क नै गर्नु हुँदैन वा कन्डमजस्ता साधन प्रयोग गर्नुपर्छ। यो विधिले गर्भवती हुनबाट सुरक्षा प्रदान गर्ने भए पनि यौन रोग तथा एचआईभीबाट बचाउँदैन। यौनरोग र एचआईभीको संक्रमणवाट बच्न कन्डमको नियमित तथा सही प्रयोग अनिवार्य छ।

शंका लागेको स्थितिमा गर्भ रहेको वा नरहेको पक्का गर्नु आवश्यक हुन्छ। पिसाब परीक्षण गरेर गर्भ रहे/नरहेको सजिलै थाहा पाउन सकिन्छ। अचेल त घरमै उक्त परिक्षण गर्न सकिने साधन पनि पाइन्छ।

गर्भ रहन गएको स्थितिको समाधान भनेर के कुरा भन्न खोज्नुभएको हो, थाहा भएन। पहिलो त त्यसलाई जन्मसम्म निरन्तरता दिई स्वस्थ शिशु जन्माउनु हो भने अर्कातिर त्यसलाई निरन्तरता नदिनु। तपाईंले के चाहनुहुन्छ यो त्यसमै भर पर्ने कुरा हो। साप्ताहिकबाट