२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘कांग्रेस नेताप्रधान नभई नीतिप्रधान पार्टी हो’



अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले नेपाली कांग्रेस नेताप्रधान नभई नीतिप्रधान पार्टी भएको बताउनुभएको छ ।

त्रिभुवन विश्वविद्यालयअन्तर्गतको स्ववियु परिषद्को राष्ट्रिय अधिवेशनको आज काठमाडौँमा उद्घाटन गर्दै सहमहामन्त्री राठौरले पछिल्लो समयमा नीति, सिद्धान्तलाई गौण बनाएर म भएमात्र कांग्रेस बच्छ, म नभए कांग्रेस सिद्धिन्छ भन्ने भाष्य सृजना गरेर केही व्यक्तिले नीतिप्रधान कांग्रेसलाई नेताप्रधान बनाउने दुष्प्रयास गरेको बताउनुभयो ।

नीतिलाई प्रधान मानेर हिँड्न सबै तयार भएमात्र कांग्रेसले एकढिक्का भएर सबैखाले समस्याको समाधान दिनसक्ने उहाँले बताउनुभयो ।

नेता राठौरले बिपी कोइराला, सुवर्णशम्शेर राणा र कृष्णप्रसाद भट्टराईहरूले स्थापना गरेको पार्टीमा उहाँहरूपछि पनि थुप्रै नेता आएको, गएको र त्यो क्रम चलिरहेको बताउँदै कांग्रेस कुनै एक नेताको पार्टी नभई विचार, सिद्धान्त, निष्ठा र आस्थाको सङ्गठन भएको बताउनुभयो ।

कांग्रेसमा नेताहरू अस्थायी र नीति तथा विचार स्थायी रूपमा रहेको र देशका तमाम मजदुर, किसान, महिलासहितका विभिन्न वर्ग र क्षेत्रका मानिसहरूको साझा घर भएको उहाँको तर्क थियो । रासस