१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar बहसमा राष्ट्रिय जलवायु परिवर्तन नीति २०८३–हानी तथा नोक्शानीको क्षति मापदण्ड र अभिलेखीकरण प्रणाली बनाउन सरोकारवालाको सुझाव News Polar धनुषामा दुर्घटनामा दुई जनाको मृत्यु News Polar निजी क्षेत्रलाई विद्युत् प्रसारण लाइन प्रयोग गर्ने बाटो खुल्यो News Polar बाढीपीडितका लागि हाम्रो सनसाइन स्कुल फाउन्डेसनको २५ लाख सहयोग News Polar दुर्गा प्रसाईंलाई थप एक दिन हिरासतमा राख्न अदालतको अनुमति News Polar पूर्ण तथा अति अशक्त अपाङ्गता भएका व्यक्तिलाई व्यक्तिगत सहयोगी सेवा दिने तयारी News Polar भोटेकोशी–कालीगण्डकी विपद् अध्ययन गर्न राष्ट्रिय सभाले गठन गर्‍यो विशेष समिति News Polar पहिरोले बेनी बजारका १२ घरमा क्षति News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक राष्ट्रिय सभामा फिर्ता News Polar हिमालमा जलवायु परिवर्तन र भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय समितिको पहिलो बैठक News Polar मोटरसाइकल दुर्घटनामा रौतहटका २८ वर्षीय दासको मृत्यु News Polar करदाता प्रोत्साहन उपहारका लागि असोज १५ गतेभित्र खरिद बिल प्रविष्ट गर्न आग्रह News Polar जडीबुटीको दिगो संकलन र वैद्यखानाको उत्पादन बढाउन कार्यदल गठन हुने News Polar राष्ट्रियसभामा विपद् अध्ययन गर्न विशेष समिति गठन News Polar अपाङ्गता भएका व्यक्तिका लागि व्यक्तिगत सहयोगी सेवा कार्यविधि बनाइने News Polar निर्वाचन आयोगद्वारा राष्ट्रपति पौडेलसमक्ष वार्षिक प्रतिवेदन पेश News Polar राष्ट्रियसभाका रिक्त दुवै सदस्य यथाशीघ्र पदपूर्ति गरिनेः मन्त्री गौतम News Polar पूर्वसांसद घनेन्द्र बस्नेतको निधनप्रति प्रतिनिधि सभामा शोक प्रस्ताव पारित News Polar यूटीएलबाट ८ अर्ब ५ करोड बक्यौता असुल गर्ने दूरसञ्चार प्राधिकरणको निर्णय News Polar तीन आर्थिक विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो

‘कांग्रेस नेताप्रधान नभई नीतिप्रधान पार्टी हो’

‘कांग्रेस नेताप्रधान नभई नीतिप्रधान पार्टी हो’
अ अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले नेपाली कांग्रेस नेताप्रधान नभई नीतिप्रधान पार्टी भएको बताउनुभएको छ ।

त्रिभुवन विश्वविद्यालयअन्तर्गतको स्ववियु परिषद्को राष्ट्रिय अधिवेशनको आज काठमाडौँमा उद्घाटन गर्दै सहमहामन्त्री राठौरले पछिल्लो समयमा नीति, सिद्धान्तलाई गौण बनाएर म भएमात्र कांग्रेस बच्छ, म नभए कांग्रेस सिद्धिन्छ भन्ने भाष्य सृजना गरेर केही व्यक्तिले नीतिप्रधान कांग्रेसलाई नेताप्रधान बनाउने दुष्प्रयास गरेको बताउनुभयो ।

नीतिलाई प्रधान मानेर हिँड्न सबै तयार भएमात्र कांग्रेसले एकढिक्का भएर सबैखाले समस्याको समाधान दिनसक्ने उहाँले बताउनुभयो ।

नेता राठौरले बिपी कोइराला, सुवर्णशम्शेर राणा र कृष्णप्रसाद भट्टराईहरूले स्थापना गरेको पार्टीमा उहाँहरूपछि पनि थुप्रै नेता आएको, गएको र त्यो क्रम चलिरहेको बताउँदै कांग्रेस कुनै एक नेताको पार्टी नभई विचार, सिद्धान्त, निष्ठा र आस्थाको सङ्गठन भएको बताउनुभयो ।

कांग्रेसमा नेताहरू अस्थायी र नीति तथा विचार स्थायी रूपमा रहेको र देशका तमाम मजदुर, किसान, महिलासहितका विभिन्न वर्ग र क्षेत्रका मानिसहरूको साझा घर भएको उहाँको तर्क थियो । रासस