१९ माघ २०८१, शनिबार
,
Latest
चार महिनादेखि त्रिपालमुनि खानीखोलाका घरपरिवार तराईसँग जोडियो ढोरपाटन, बागलुङवासीका लागि अवसर विवाहको उमेरहद २० वर्ष नै कायम गर्न आग्रह काम गर्न सरकारमा जानैपर्छ भन्ने छैन: सुमना श्रेष्ठ चन्द्रागिरि नगरपालिकाद्वारा सार्वजानिक स्थलमा सूर्तिजन्य पदार्थको बिक्री वितरणमा निषेध चितवन राष्ट्रिय निकुञ्जमा आजदेखि आन्तरिक गैँडा स्थानान्तरण रंगीन नेपाल, थरिथरीका संस्कृति र प्रकृति (फोटो फिचर) धरानको खानेपानी समस्या समाधान गर्न तमोरबाट पानी ल्याउनुपर्छ : पूर्वराष्ट्रपति भण्डारी सरावलमा २७ लाख लगानीमा बनेको हाटबजार प्रयोगविहीन जिल्लास्तरीय भलिबल प्रतियोगिताको उपाधि मेलम्ची–७ दुवाचौरलाई
तपाईं के खोज्दै हुनुहुन्छ ?

मन्त्रिपरिषद् बैठक: अन्त:शुल्क अधिकृतको अधिकार क्षेत्र तोकियो



अ+ अ-

काठमाडौं । सरकारले आन्तरिक राजश्व विभागअन्तर्गतका कार्यालयको कार्यक्षेत्र तथा अन्तःशुल्क अधिकृतको अधिकार क्षेत्र तोकेको छ । मन्त्रिपरिषद्को यही फागुन १८ गते बसेको बैठकले उक्त निर्णय गरेको अर्थ एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवडाले जानकारी दिए । अन्तःशुल्कका सम्बन्धमा थप स्पष्ट पार्ने र सो क्षेत्रमा काम गर्ने सरकारी अधिकारीको अधिकार थप स्पष्ट पार्ने लक्ष्यका साथ उक्त निर्णय गरिएको हो । यस्तै खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र बंगलादेशको त्यस्तै निकायको रुपमा रहेको बंगलादेश स्ट्यान्डर्ड एन्ड टेस्टिङ इस्टिच्युटबीच हुने समझदारीपत्रमा नेपालको तर्फबाट हस्ताक्षर गर्न विभागका महानिर्देशकलाई अख्तियारी दिइएको छ ।

ट्रेडिङ कर्पोरेसन बंगलादेश र नेपालको साल्ट टे«डिङ कर्पोरेशनबीच हुने समझदारीपत्रमा नेपालको तर्फबाट हस्ताक्षर गर्न साल्ट टे«डिङ कर्पोरेसनका प्रमुख कार्यकारी अधिकृतलाई अख्तियारी दिइएको मन्त्री डा. खतिवडाले जानकारी दिए । त्यस्तै नेपाल र बंगलादेशका बीचमा सुविधा प्राप्त व्यापारिक सूचीको सम्झौताको भागको रूपमा रहने वस्तुको सूची तयार गर्न र सो सूची बंगलादेशलाई उपलब्ध गराउन उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव डा. बैकुण्ठ अर्याललाई अख्तियारी दिने निर्णय गरेको छ । यस्तै नेपाल गुणस्तरस्तर साधारण पोर्टल्यान्ड सिमेन्ट ४३ ग्रेड र ५३ ग्रेड विशिष्टीकरण अनिवार्य गर्ने सूचना नेपाल राजपत्रमा प्रकाशन गर्ने निर्णयसमेत बैठकले गरेको छ ।

सरकारले कोलकत्तास्थित नेपाली महावाणिज्यदूतमा ईश्वरराज पौडेललाई नियुक्त गरेको छ । चीनका लागि नेपाली राजदूत लीलामणि पौड्याललाई फिर्ता बोलाई महेन्द्रबहादुर पाण्डेलाई नियुक्त गरेको छ । त्यस्तै न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्षमा पत्रकार राजेन्द्र अर्याललाई आगामी दुई वर्षका लागि नियुक्त गरेको छ । सरकारी सार्वजनिक र गुठी जग्गा संरक्षणसम्बन्धी जाँचबुझ आयोगका कानुनी सल्लाहकार युवराज कोइरालाले दिएको राजीनामासमेत बैठकले स्वीकृत गरेको छ ।

चिनियाँ सहयोगमा निर्माण हुने चत्रपथ विस्तार दोस्रो चरणको परियोजनाका लागि सडक विभाग, काठमाडौं चक्रपथ सुधार आयोजनाका प्रमुखलाई प्रारम्भिक कारवाही चलाउने अधिकारी तोक्न स्वीकृति प्रदान गरिएको छ । यसैगरी सरकारले सुपरमादी जलविद्युत् आयोजनाको विद्युत्गृह, बाँधस्थल र पेनस्टक पहुँचमार्ग रहने संरचना निर्माणका लागि अन्नपूर्ण संरक्षण क्षेत्रअन्तर्गत पर्ने कास्कीको मादी गाउँपालिका–२ मा रहेको कुल ६ दशमलव ९५ हेक्टर सरकारी वन प्रयोग गर्न र रुख बिरुवा हटाउनसमेत स्वीकृत दिइएको छ ।

मन्त्रिपरिषद्ले नेपालका निजी क्षेत्रलाई अन्तर्राष्ट्रिय हवाई सेवा सञ्चालनका लागि इजाजत प्रदान गर्नेसम्बन्धी कार्यविधि पहिलो संशोधन २०७६ स्वीकृत गरेको छ । त्यस्तै सहरी विकास मन्त्रालयअन्तर्गत आव ०७६/७७ मा सञ्चालनमा रहेका आयोजनाको लागि राजपत्राकिंत पदका पाँच अस्थायी दरबन्दी स्वीकृत गरेको छ । सौर्य दैनिक