६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar भोटेकोशी बाढीपीडितको पुनःस्थापनाका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान News Polar बी.पी. कोइराला मेमोरियल क्यान्सर अस्पतालका ६ सदस्य नियुक्त News Polar समाज कल्याण परिषद्को स्थापना दिवसमा मन्त्री बादीको शुभकामना News Polar भोटेकोशी बाढीपछि नुवाकोट : भग्नावशेषबीच फर्किंदै गरेको दैनिकी-फोटो फिचर News Polar मलेसियामा नेपाली श्रमिकमाथिको सिन्डिकेट हटाउन प्रधानमन्त्री शाहको पहल News Polar प्रारम्भिक मतदाता नामावली प्रकाशित, विवरण सच्याउन र दाबी–विरोधका लागि असोज १२ सम्मको म्याद News Polar प्रभु बैंकले ल्यायो ‘प्रभु प्रवासी समृद्धि योजना २०८३/८४’ News Polar नयाँ टियागो ईभीमा ‘जोयफुल विक’ अफर, ४.३ लाख डाउनपेमेन्टमै गाडी News Polar सिप्रदीको आधिकारिक सर्भिस सेन्टर जाल्पादेवी अटोवर्क्समा अब राति ९ बजेसम्म सेवा News Polar असोज ९ गतेदेखि भारी वर्षाको सम्भावना, राति अनावश्यक यात्रा नगर्न प्राधिकरणको आग्रह News Polar एसियाली शारीरिक सुगठन च्याम्पियनसिपमा भाग लिन नेपाली टोली आज थाइल्याण्ड जाँदै News Polar नेकपा एमाले केन्द्रिय कमिटीको दोस्रो दिनको बैठक शुरु News Polar हिमालको आवाज सुनाउने समयः ‘कोप–३१ मा हिमाल बोल्नुपर्छ’ News Polar फिर्केखोलाका अनधिकृत संरचना हटाउन पोखरा महानगरको ताकेता News Polar मिथ्या सूचना नियन्त्रण गर्न समाचार समितिको भूमिका महत्वपूर्णः महाप्रबन्धक राई News Polar डाटा सेन्टरको प्राविधिक समस्या समाधान, नेप्सेमा आजदेखि पूर्ववत कारोबार हुने News Polar संघीय निजामती ऐन : प्रशासन सुधारको प्रयास कि कर्मचारीतन्त्रमा नयाँ अन्योल ? News Polar अब भरतपुर आँखा अस्पतालको सेवा सर्लाही हरिपुर्वामा News Polar पाकिस्तानको हवाई कारबाहीः अफगान सीमा क्षेत्रमा २८ लडाकु मारिए News Polar दक्षिण कोरियाका राष्ट्रपतिको सचिवालय प्रमुखद्वारा राजीनामा घोषणा

अमेरिकाको कोलोराडोस्थित बोल्डर शहरमा ८ औँ एटिए एभरेस्ट ग्लोबल नेपाली फिल्म अवार्ड सम्पन्न

अमेरिकाको कोलोराडोस्थित बोल्डर शहरमा ८ औँ एटिए एभरेस्ट ग्लोबल नेपाली फिल्म अवार्ड सम्पन्न
अ+ अ-

काठमाडौं । ८औं एटिए एभरेष्ट ग्लोबल नेपाली फिल्म अवार्ड २०२५ अमेरिकाको कोलोराडोस्थित बोल्डर शहरमा सम्पन्न भएको छ ।

नेपाल फिल्म सोसाइटी नेपाल, ग्लोबल नेपाली फिल्म अवार्ड यूएसए , हेल्पिङ ह्याण्ड्स हेल्थ एजुकेशन र PHILIP HARMONY ORCHESTRA BOULDER को संयुक्त आयोजनामा ८औं एटिए एभरेस्ट ग्लोबल नेपाली फिल्म अवार्ड कार्यक्रम भएको हो ।

कार्यक्रममा सहभागी वरिष्ठ अभिनेता निर शाह, वरिष्ठ संगीतकार शम्भूजीत बासकोटा, हास्य साम्राज्ञी बसुन्धरा भुषाल, हास्य कलाकार केदार घिमिरे, नेपाल फिल्म सोसाइटी नेपालका अध्यक्ष वरिष्ठ कलाकार कृष्ण मल्ल, चर्चित नायकहरू प्रदिप खड्का, दिलिप रायमाझी, चर्चित नायिकाहरू शर्मिला मल्ल, केकी अधिकारी, गरिमा शर्मा, दिब्या रायमाझी, चरित्र अभिनेता रामचन्द्र अधिकारी, चलचित्र बिकास बोर्डका अध्यक्ष दिनेश डिसी, अभिनेता तथा चलचित्र निर्माता मधुकुमार श्रेष्ठ लगायत २ दर्जनभन्दा बढी चर्चित कलाकर्मिहरू कोलोराडो पुगेका थिए ।

कार्यक्रममा बोल्डर शहरका मेयर MR. AARON BROCKETT र उहाकि धर्मपत्नी MRS. CHERRY BROCKETT को समेत सहभागी रहेको थियो ।

कार्यक्रममा वरिष्ठ संगीतकार शम्भूजीत बासकोटाले ‘अच्छा लेकिन लण्डनको चिसोले समाउला’ भन्ने गीत गाँउदा वरिष्ठ अभिनेता निर शाहले नाचेर साथ दिनु भएको थियो भने नायक प्रदीप खड्का ,नायिकाहरू केकी अधिकारी , गरिमा शर्माले नाचेर साथ दिएका थिए । नेपाली बरिष्ठ कलाकारहरुको प्रस्तुतिलाई बोल्डरका मेयरले पनि नाचेर साथ दिनु भएको थियो । जसका कारण कार्यक्रममा झनै रौनकता थपिएको थियो ।

कार्यक्रममा यो वर्षको दीर्घसाधना सम्मान करिब पाँच दशकदेखि नेपाली कलाक्षेत्रमा समर्पित विशिष्ठ कलाकार तथा चरित्र अभिनेता रामचन्द्र अधिकारीलाई प्रदान गरिएको छ। साथै अभियान श्री अवार्ड, स्मृति सम्मान, उत्कृष्ट चलचित्रदेखि उत्कृष्ट अभिनेता–अभिनेत्रीसम्मका विभिन्न विधामा अवार्ड वितरण गरियो।

चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी र पदम विश्वकर्मा अभियान श्री अवार्डबाट सम्मानित भए। चलचित्र विकास बोर्ड तथा नायिका स्वस्तिमा कार्की क्रमशः गिहिन्द्र धिमाल र रामकेशर बोगटी स्मृति सम्मानबाट सम्मानित भए। चलचित्र पुर्णबहादुरको सारंगी का नायक विजय बराललाई जूरी अवार्ड प्रदान गरिने घोषणा गरिएको छ।

NFS Felicitation Award Diaspora भने विदेशी भूमिमा बसोबास गर्ने नेपालीहरूको लगानीमा बनेका चलचित्र डोरी र कर्मालाई प्रदान गरियो। त्यस्तै तेलभिसा र त्यसका निर्देशक शंकर घिमीरे पनि सम्मानित भए।

फिल्म अफ दी इयरमा पुजार सार्की, डाइरेक्टर अफ दी इयरमा निर्देशक दिनेश रावत, एक्टर अफ दी इयरमा अभिनेता प्रदिप खड्का, अभिनेत्री पुरस्कारमा बोक्सीको घरकी केकी अधिकारी, वेष्ट सपोर्टिङ रोलमा छक्का पञ्जा ५ का केदार घिमिरे, स्टार अफ डिकेडमा दिलीप रायमाझी, डेब्यू एक्टरमा समिर भट्ट बारगाउँ, लण्डन टु पेरिसबाट गरिमा शर्मा, र कमिङ अप स्टारमा दिव्या रायमाझी सम्मानित भए।

समारोहका विशेष अतिथीहरू वरिष्ठ अभिनेता निर शाह, वरिष्ठ संगीतकार शम्भूजीत बासकोटा, हास्य सम्राज्ञी बसुन्धरा भुषाल, चलचित्र विकास बोर्ड अध्यक्ष दिनेश डिसी, तथा आङ तेम्वा शेर्पालाई विशेष अतिथि सम्मान प्रदान गरियो। साथै सुनिल पाठक, गजेन्द्र कार्की, कृष्ण सुनार, गौतमबुद्ध महर्जन तथा IBC Independent Buyer Company लाई विशेष प्रशंसा सम्मान प्रदान गरिएको थियो।

हेल्पिङ हेन्डसका अन्तर्राष्ट्रिय संस्थापक अध्यक्ष एबं समाजसेवी नारायण श्रेष्ठले मुध्यन्य श्रष्टाहरुलाई एकै ठाउमा भेला पारी नेपाली कला र कलाकारकाको बारेमा परदेशमा रहेका नेपालीलार्य जानकारी दिन कार्यक्रमको आयोजना गरिएको बताउनु भयो ।

ग्लोबल नेपाली फिल्म अवार्ड यूएसएका अध्यक्ष नवराज श्रेष्ठ नेपाली मौलिक कला संस्कृतीको पहिचान विश्वमाझ पुर्याउन तथा नेपाली फिल्मीकर्मिहरूलाइ प्रोत्साहन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको जानकारी दिनुभयो ।

नेपाली फिल्म भिलेज टु ग्लोब भन्ने नारासहित सन् २०१६ देखी कार्यक्रम आयोजना हुदै आएको छ ।