१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar लोककल्याणकारी विज्ञापनको दर वैज्ञानिक र विधिसम्मत आधारमा निर्धारण गरिएको छ : सञ्चारमन्त्री तिमिल्सिना News Polar बजेट कार्यान्वयनमा गति दिन ऊर्जा मन्त्रालयलाई मन्त्री श्रेष्ठको निर्देशन News Polar सीडीसी, एफडीए र एनएचएए बनाउँदा विद्यमान जनशक्ति र विशेषज्ञता संरक्षण गर्नुपर्छ : मन्त्री मेहता News Polar सामाजिक सञ्जाल नियमनका लागि छुट्टै कानुनी व्यवस्था ल्याइने News Polar तातोपानी नाका सञ्चालनबारे महासंघ अध्यक्ष श्रेष्ठ र चिनियाँ राजदूतबीच छलफल News Polar गाजामा मानवीय सङ्कट जारी, वेस्ट ब्याङ्कको अवस्था चिन्ताजनक: राष्ट्रसङ्घ News Polar मनाङमा तत्काल अत्यावश्यक काम गर्नेः मुख्यमन्त्री पाण्डे News Polar प्रतिनिधिसभाः चार विधेयक दफावार छलफलका लागि सम्बन्धित समितिमा News Polar सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यकः मुख्यमन्त्री कार्की News Polar अझै निकाल्न नसकिएको राइनो क्रुज News Polar विधि र विधानभन्दा बाहिर जाने छुट कसैलाई छैनः भण्डारी News Polar बाढी प्रभावित बालबालिका लक्षित दीर्घकालीन स्याहार योजना सञ्चानलमा News Polar मोरङ–६ कांग्रेस अधिवेशनमा विवाद चर्किँदा तोडफोड र कुटपिट News Polar यसै वर्ष २ सय नयाँ टावर र १ हजार ५ सय ९७ स्थानमा फोरजी विस्तार गरिने News Polar भोटेकोशी बाढीः ऊर्जा संरचना पुनर्निर्माणमा तीन खर्ब ९० अर्ब लाग्ने प्रारम्भिक अनुमान News Polar नेप्से परिसूचक ४ दशमलव ८२ अङ्कले घट्यो News Polar प्राविधिक सांसदलाई प्रधानमन्त्री शाहको आग्रह : ‘ज्ञान, सीप प्रयोग गर्नुहोस्’ News Polar अध्यक्ष ओलीको आग्रह– सानातिना मतभेद बिर्सेर पार्टी एकताका साथ अघि बढौँ News Polar दोधारा–चाँदनी झोलुङ्गे पुलः प्राविधिक टोलीद्वारा अध्ययन सुरु News Polar कोप–३१ मा नेपालको हितका लागि सावधानीपूर्वक वार्ता गर्नेगरी तयारी थाल्न निर्देशन

जव साइन्स पढाउने शिक्षिकाले कम नम्बर ल्याउने ३४ विद्यार्थीको हात चिर्न लगाए

जव साइन्स पढाउने शिक्षिकाले कम नम्बर ल्याउने ३४ विद्यार्थीको हात चिर्न लगाए
अ अ+ अ-

काठमाडौं । परीक्षामा राम्रो अंक ल्याउन नसकेको भन्दै काठमाडौंको जडीबुटीस्थित जागृति एकेडेमीकी शिक्षिकाले ३४ विद्यार्थीको हात ब्लेडले चिर्न लगाएकी छिन् । हात चिरिएकामध्ये २५ विद्यार्थी कक्षा ६ र नौजना कक्षा ७ का छन् ।

१२ वर्षदेखि सोसल साइन्स पढाउँदै आएकी शिक्षिका सीतालक्ष्मी कर्माचार्यले गत साता ६ र ७ कक्षाका विद्यार्थीको कक्षा परीक्षा लिएकी थिइन् । राम्रो नम्बर नल्याउनेको हात चिरिदिने भन्दै उनले परीक्षाकै वेला धम्की दिएकी थिइन् । धम्कीअनुसार नै उनले राम्रो नम्बर ल्याउन नसकेका विद्यार्थीलाई बिहीबार बेन्चमा उभ्याएर सिसाकलम तिखार्ने ब्लेडले हात चिर्न लगाएको पीडित विद्यार्थीले बताए । निर्देशन नमाने आफैँ चिरिदिने धम्की दिएपछि आ–आफ्नो हात काटेको विद्यार्थीले बताए ।

पीडित विद्यार्थीका अनुसार परीक्षाको फुलमाक्स २० निर्धारण गरिएको थियो । पासमाक्स भने ८ तोकिएको थियो । शिक्षिकाले १५ भन्दा कम ल्याउने सबैको हात काट्न लगाएकी हुन् । सबैभन्दा कम नम्बर ल्याउने विद्यार्थीको हात सबैभन्दा बढी काटिएको छ । १५ नम्बर आसपास ल्याउनेको भने कम काटिएको छ ।

जडीबुटी बस्ने कक्षा ६ का विद्यार्थी सविन तामाङले ५ नम्बर मात्रै ल्याएका थिए । उनको देब्रे नाडी २० ठाउँमा चिरिएको छ । आलो घाउ देखाउँदै सविनले भने, ‘कम नम्बर ल्याउनेले धेरै काट्न भनेर मिसले भन्नुभएको थियो । नभए आफैँले काटिदिने चेतावनी दिनुभएको थियो । परीक्षामा मेरो कम नम्बर आयो, त्यसैले डराइडराई धेरै काटेँ ।’

सविनकै सहपाठी अरुण तामाङले पनि ५ नम्बर नै ल्याएका थिए । अरुणको १६ ठाउँमा काटिएको छ । ९.५ अंक ल्याएका कक्षा ६ कै अमृत गौतमको उनीहरूको भन्दा केही कम चिरिएको छ । सबैभन्दा कम सोही कक्षाका सार्थक श्रेष्ठको एक ठाउँमा मात्रै चिरिएको छ । उनले १४.५ नम्बर ल्याएका थिए ।

एकेडेमीका प्रधानाध्यापक राजनकुमार श्रेष्ठका छोरा आर्यको हातमा पनि एकपटक चिरिएको छ । ६ कक्षामा अध्ययनरत उनको १३.५ नम्बर आएको थियो । ‘मेरो माक्स अरूको भन्दा अलि धेरै आयो । त्यसैले एक ठाउँमा मात्रै काटियो,’ उनले भने ।

प्रअ श्रेष्ठले कक्षा ६ मा अध्ययनरत २५ र सातमा अध्ययनरत नौ विद्यार्थीको नाडी चिरिएको स्वीकार गरे । ‘केही दिनअघि क्लास टेस्ट थियो । यसक्रममा नम्बर कम ल्याउने विद्यार्थीको हात काटिएको देखियो । सोसल साइन्स पढाउने शिक्षिकाबाट यस्तो काम भएको देखिएको छ । यो गम्भीर गल्ती हो । अब के गर्ने भन्ने विषयमा हामी अध्ययन गर्दै छौँ,’ श्रेष्ठले भने ।

शिक्षिका कर्माचार्यले बालबालिकालाई हात चिर्न लगाएपछि घाउमा नुनखुर्सानीसमेत दल्न भन्दै फोन गरेको अभिभावकको आरोप छ । कक्षा ६ मा अध्ययनरत आकृति रेग्मीकी आमा उमा रेग्मीले नयाँ पत्रिकासँग भनिन्, ‘म्यामले फोन गर्नुभएको थियो । नम्बर कम ल्याएकाले मैले छोरीको हात काट्न लगाएको छु । उनलाई नुनखुर्सानी लगाउने हो । छोरीलाई त्यही भन्नुहोला ।’

पीडक शिक्षिका सीतालक्ष्मी कर्माचार्य भन्छिन् मैले थोरै काट्न भनेँ, विद्यार्थीले धेरै काटेछन्

विद्यार्थीलाई अलिअलि डर त देखाउनै पर्यो । मैले कम नम्बर ल्याए काट्न लगाउँछु भनेकै हो । तर, काटिहाल्ने भनेको थिइनँ, विद्यार्थी एक स्टेप अघि बढेर धमाधम काटेछन् । जे भयो, मबाट ठूलो गल्ती भयो । मैले भन्नै नहुने थियो । एकपटकलाई माफी चाहन्छु ।

जसको हात काटियो

कक्षा ६ : रेसिका लामा, आकृति रेग्मी, आर्म तामाङ, कृस्टिन श्रेष्ठ, नीतेशकुमार मण्डल, रोहन बुढाथोकी, सुनीता कार्की, वर्षा बुढाथोकी, सार्थक श्रेष्ठ, आदर्श चौधरी, बिपसा गौतम, अस्मी थापामागर, विवेश चौधरी, अजय विके, भीष्म बढू, सविन तामाङ, रेश्मा गिरी, अर्पन घिमिरे, अमृत गौतम, रोहन गुरुङ, राजु श्रेष्ठ, प्रज्वल थापा, रितेश ढुंगेल, रेश्मा थापामगर र काजोल यादव

कक्षा ७ : सामना दाहाल, दृष्टि, प्रदीप्ति, सन्देश, असिम, भुवन, सन्दीप, सुप्रिया र वर्षा

प्रअ राजनकुमार श्रेष्ठ भन्छन्–अमानवीय घटना भयो

हामीकहाँ २८ फागुनबाट बोर्ड परीक्षा तोकिएको छ । त्यसअघि क्लास टेस्ट लिइएको हो । सोसल साइन्सको पनि टेस्ट भयो । २० फुलमाक्र्समा पासमाक्र्स ८ तोकिएको थियो । कक्षा ६ र ७ मा पढाउने मिसले कम नम्बर ल्याएका विद्यार्थीको हात ब्लेडले काट्न लगाउनुभएछ । हिजोको घटना भए पनि मैले आज मात्रै थाहा पाएँ । यो घटना गम्भीर मात्रै होइन, अमानवीय हो । अब के गर्ने, सञ्चालक समितिले निर्णय गर्छ ।, समाचार नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।