१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar लोककल्याणकारी विज्ञापनको दर वैज्ञानिक र विधिसम्मत आधारमा निर्धारण गरिएको छ : सञ्चारमन्त्री तिमिल्सिना News Polar बजेट कार्यान्वयनमा गति दिन ऊर्जा मन्त्रालयलाई मन्त्री श्रेष्ठको निर्देशन News Polar सीडीसी, एफडीए र एनएचएए बनाउँदा विद्यमान जनशक्ति र विशेषज्ञता संरक्षण गर्नुपर्छ : मन्त्री मेहता News Polar सामाजिक सञ्जाल नियमनका लागि छुट्टै कानुनी व्यवस्था ल्याइने News Polar तातोपानी नाका सञ्चालनबारे महासंघ अध्यक्ष श्रेष्ठ र चिनियाँ राजदूतबीच छलफल News Polar गाजामा मानवीय सङ्कट जारी, वेस्ट ब्याङ्कको अवस्था चिन्ताजनक: राष्ट्रसङ्घ News Polar मनाङमा तत्काल अत्यावश्यक काम गर्नेः मुख्यमन्त्री पाण्डे News Polar प्रतिनिधिसभाः चार विधेयक दफावार छलफलका लागि सम्बन्धित समितिमा News Polar सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यकः मुख्यमन्त्री कार्की News Polar अझै निकाल्न नसकिएको राइनो क्रुज News Polar विधि र विधानभन्दा बाहिर जाने छुट कसैलाई छैनः भण्डारी News Polar बाढी प्रभावित बालबालिका लक्षित दीर्घकालीन स्याहार योजना सञ्चानलमा News Polar मोरङ–६ कांग्रेस अधिवेशनमा विवाद चर्किँदा तोडफोड र कुटपिट News Polar यसै वर्ष २ सय नयाँ टावर र १ हजार ५ सय ९७ स्थानमा फोरजी विस्तार गरिने News Polar भोटेकोशी बाढीः ऊर्जा संरचना पुनर्निर्माणमा तीन खर्ब ९० अर्ब लाग्ने प्रारम्भिक अनुमान News Polar नेप्से परिसूचक ४ दशमलव ८२ अङ्कले घट्यो News Polar प्राविधिक सांसदलाई प्रधानमन्त्री शाहको आग्रह : ‘ज्ञान, सीप प्रयोग गर्नुहोस्’ News Polar अध्यक्ष ओलीको आग्रह– सानातिना मतभेद बिर्सेर पार्टी एकताका साथ अघि बढौँ News Polar दोधारा–चाँदनी झोलुङ्गे पुलः प्राविधिक टोलीद्वारा अध्ययन सुरु News Polar कोप–३१ मा नेपालको हितका लागि सावधानीपूर्वक वार्ता गर्नेगरी तयारी थाल्न निर्देशन

शान्ति सैनिक पठाउने चौथो स्थानमा नेपाल, भारत र चीन पछाडि परे

शान्ति सैनिक पठाउने चौथो स्थानमा नेपाल, भारत र चीन पछाडि परे
अ अ+ अ-

काठमाडौं । संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमा सुरक्षा फौज (सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी) पठाउने मुलुकमध्ये नेपाल चौथो स्थानमा उक्लिएको छ । इथियोपिया, बंगलादेश र रुवान्डापछि नेपालको ठूलो फौज युएन मिसनमा सहभागी छ । भारत, पाकिस्तान, इजिप्ट, घाना, इन्डोनेसिया, चीनलगायतका देश नेपालभन्दा पछि छन् भने छिमेकी देश चीन दसौँ स्थानमा छ । शान्ति स्थापक फौजमा गएका नेपाली महिला सैनिकहरू विश्वका धेरै महिला सैनिकहरूमध्ये पाँचौँ स्थानमा छन् ।

सैनिक प्रवक्ता सहायकरथी विज्ञानदेव पाण्डेका अनुसार संयुक्त राष्ट्रसंघको आह्वानमा विश्‍व शान्ति स्थापना कार्यका लागि फौज पठाउने विश्‍वका एक सय २२ देशमध्ये यो वर्षबाट नेपाल चौथो स्थानमा उक्लिन सफल भएको छ । नेपालले भारतलाई उछिनेर चौथो स्थानमा पुगेको हो । हाल विश्वका १२ वटा द्वन्द्वग्रस्त मुलुकहरूमा तैनाथ भएका नेपाली कन्टिन्जेन्ट, सैनिक पर्यवेक्षक र स्टाफ अधिकृतहरू गरी जम्मा पाँच हजार ६ सय ५८ जना सुरक्षाकर्मी कार्यरत छन् । यीमध्ये नेपाली सेनाका पाँच हजार ९६ शान्ति सैनिक छन् भने नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलका पाँच सय ६२ जना फौज तैनाथ छन् ।

शान्ति स्थापक मिसनमा नेपालभन्दा बढी इथियोपियाबाट ६ हजार ६ सय ३९ जना, बंगलादेशबाट ६ हजार चार सय १३ जना, रुवान्डाबाट ६ हजार दुई सय ९२ जना कार्यरत छन् । पाँचौँ स्थानमा भारतका पाँच हजार चार सय चारजना सैनिक कार्यरत छन् । भारतपछि पाकिस्तानका चार हजार तीन सय ११, इजिप्टका तीन हजार एक सय १३, घानाका दुई हजार सात सय ७४, इन्डोनेसियाका दुई हजार सात सय पाँच, चीनका दुई हजार पाँच सय ४४, तान्जानियाका दुई हजार तीन सय पाँच, सेनेगलका दुई हजार दुई सय ४९ जना कार्यरत छन् ।

नेपालबाट ६ जना फोर्स कमान्डर
नेपाली सेना राष्ट्रसंघीय शान्ति मिसनमा सहभागी भएको ६१ वर्षमा नेपालले युएन मिसनको नेतृत्वमा कम अवसर पाएको छ । हालसम्म पाँचजना उच्च सैन्य अधिकारीले मात्रै मिसन प्रमुख ९फोर्स कमान्डर० हुने अवसर पाएका छन् । छैटौँ फोर्स कमान्डरका रूपमा सेनाका उपरथी ईश्वर हमाल सिरियाको गोलानहाइट्सस्थित मिसनको नेतृत्व गर्न जाने तयारीमा छन् ।

फोर्स कमान्डर नियुक्त भएका नेपाली सैन्य अधिकारीमध्ये हमाल नेपाली सेनाका छैटौँ हुन् । हमालभन्दा अघि फोर्स कमान्डर हुनेमा पूर्वरथी कृष्णनारायणसिंह थापा (जेरुसेलम मिसन), भिक्ट्रीशमशेर जबरा (साइप्रस मिसन), बालानन्द शर्मा (गोलानहाइट्स), पवनजंग थापा (सुडान) तथा प्रधानसेनापति पूर्णचन्द्र थापा (गोलानहाइट्स) छन् ।

सेनाका तत्कालीन रथी चित्रबहादुर गुरुङले भने राष्ट्रसंघीय महासचिवका सहायक सैन्य सल्लाहकारका रूपमा काम गर्ने अवसर पाएका थिए । शान्ति सैनिक पठाउने मुलुकका सेनाका उच्च तहबाट प्रतिस्पर्धामा छानिएका उत्कृष्टमध्ये एकजनालाई संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्सम्बद्ध मुलुकले स्वीकृति दिएपछि मिसन प्रमुखमा नियुक्त हुने नियम छ । नेपालले शान्ति मिसनमा निरन्तर सैनिक पठाए पनि नेतृत्व तहमा सम्मानजनक अवसरका लागि लबिङ गर्दै आएको छ ।

नेपालले युएन मिसनको सहायक कमान्डरमा पनि अवसर पाएको छ । हालसम्म सेनाका तत्कालीन सहायकरथीहरू नगेन्द्रबहादुर बस्नेत, शिवराम खत्री, कुमारबहादुर फुदोङ, देवबहादुर घले, लोकबहादुर थापामगर, हरिबहादुर बस्नेत र नैनराज दाहालले सहायक कमान्डर हुने अवसर पाएका छन् ।

संसारभरिका करिब ८३ हजार सैनिक शान्ति मिसनमा
राष्ट्रसंघका अनुसार हाल विश्वका शान्ति स्थापक मिसनमा विभिन्न देशका ८२ हजार आठ सय ६३ जना सैनिक कार्यरत छन् । यीमध्ये ७७ हजार पाँच सय ७९ जना पुरुष र पाँच हजार दुई सय ८४ जना महिला छन् । सबैभन्दा धेरै महिला सैनिक पठाउने देशमध्ये नेपाल पाँचौँ स्थानमा छ । नेपालबाट दुई सय ४७ जना महिला सैनिक शान्ति मिसनमा खटिएका छन् ।

नेपालभन्दा धेरै इथियोपियाका पाँच सय ९३, घानाका चार सय १८, रुवान्डाका चार सय ९ र बंगलादेशका दुई सय ५८ जना मिसनमा खटिएका छन् । नेपालबाहेक धेरै महिला पठाउने दश देशमध्ये बाँकीमा तान्जानियाका दुई सय ३, दक्षिण अफ्रिकाका एक सय ८३, इन्डोनेसियाका एक सय ६४, नामिबियाका एक सय ५४ र सेनेगलका एक सय ३६ जना छन् ।

नेपालले पहिलोपटक सन् १९५८ मा युनाइटेड नेसन्स अब्जर्भेसन गु्रुप इन लेबनान नामको मिसनबाट पर्यवेक्षक पठाउन सुरु गरेको थियो । त्यसवेला नेपाली सेनाका पाँचजना पर्यवेक्षक सहभागी थिए । सैनिक प्रवक्ता पाण्डेका अनुसार मिसनमा हालसम्म सेनाका एक लाख २९ हजार आठ सय ९९ सैनिक सहभागी भइसकेका छन् । यीमध्ये एक हजार चार सय एकजना महिला शान्ति सैनिक सहभागी भइसकेका छन् । हाल नेपाली सैनिक सिरिया, वेस्टर्न सहारा, माली, कंगो, सेन्टर अफ्रिकन रिपब्लिक, लेबनान, इराक, लिबिया, इजरायल, सुडान, दक्षिण सुडानका १२ मिसनमा कार्यरत छन् ।, समाचार नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।