१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar लोककल्याणकारी विज्ञापनको दर वैज्ञानिक र विधिसम्मत आधारमा निर्धारण गरिएको छ : सञ्चारमन्त्री तिमिल्सिना News Polar बजेट कार्यान्वयनमा गति दिन ऊर्जा मन्त्रालयलाई मन्त्री श्रेष्ठको निर्देशन News Polar सीडीसी, एफडीए र एनएचएए बनाउँदा विद्यमान जनशक्ति र विशेषज्ञता संरक्षण गर्नुपर्छ : मन्त्री मेहता News Polar सामाजिक सञ्जाल नियमनका लागि छुट्टै कानुनी व्यवस्था ल्याइने News Polar तातोपानी नाका सञ्चालनबारे महासंघ अध्यक्ष श्रेष्ठ र चिनियाँ राजदूतबीच छलफल News Polar गाजामा मानवीय सङ्कट जारी, वेस्ट ब्याङ्कको अवस्था चिन्ताजनक: राष्ट्रसङ्घ News Polar मनाङमा तत्काल अत्यावश्यक काम गर्नेः मुख्यमन्त्री पाण्डे News Polar प्रतिनिधिसभाः चार विधेयक दफावार छलफलका लागि सम्बन्धित समितिमा News Polar सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यकः मुख्यमन्त्री कार्की News Polar अझै निकाल्न नसकिएको राइनो क्रुज News Polar विधि र विधानभन्दा बाहिर जाने छुट कसैलाई छैनः भण्डारी News Polar बाढी प्रभावित बालबालिका लक्षित दीर्घकालीन स्याहार योजना सञ्चानलमा News Polar मोरङ–६ कांग्रेस अधिवेशनमा विवाद चर्किँदा तोडफोड र कुटपिट News Polar यसै वर्ष २ सय नयाँ टावर र १ हजार ५ सय ९७ स्थानमा फोरजी विस्तार गरिने News Polar भोटेकोशी बाढीः ऊर्जा संरचना पुनर्निर्माणमा तीन खर्ब ९० अर्ब लाग्ने प्रारम्भिक अनुमान News Polar नेप्से परिसूचक ४ दशमलव ८२ अङ्कले घट्यो News Polar प्राविधिक सांसदलाई प्रधानमन्त्री शाहको आग्रह : ‘ज्ञान, सीप प्रयोग गर्नुहोस्’ News Polar अध्यक्ष ओलीको आग्रह– सानातिना मतभेद बिर्सेर पार्टी एकताका साथ अघि बढौँ News Polar दोधारा–चाँदनी झोलुङ्गे पुलः प्राविधिक टोलीद्वारा अध्ययन सुरु News Polar कोप–३१ मा नेपालको हितका लागि सावधानीपूर्वक वार्ता गर्नेगरी तयारी थाल्न निर्देशन

पाँच दिनमा पाँच किलोमिटर कालोपत्रे, कर्मचारीलाई न निन्द्रा, न त सार्वजनिक बिदा

पाँच दिनमा पाँच किलोमिटर कालोपत्रे, कर्मचारीलाई न निन्द्रा, न त सार्वजनिक बिदा
अ अ+ अ-

काठमाडौं । अहिले उपत्यकाका धेरै सडक खण्डमा बेलुका खाल्टाखुल्टी भएको ठाउँमा बिहानसम्म कालोपत्रे थपिने क्रम बढिरहेको छ । काठमाडौंमा मात्र पाँच दिनमा डबल लेनमा झन्डै पाँच किलोमिटर कालोपत्रे थपिएको छ । अहिलेसम्म उपत्यकामा आवधिक मर्मतसहित झन्डै ३२ किलोमिटर सडकमा कालोपत्रे भएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्त नेम्वाङ, प्रधानमन्त्रीका पूर्वाधार विज्ञ गजेन्द्र थपलिया र सडक विभागका पदाधिकारीको सक्रियताले उपत्यकाको सडकको स्तरोन्नति, मर्मत तथा कालोपत्रे थप्ने तथा खाल्टाखुल्टी पुर्ने काममा परिवर्तन आएको हो । त्यहीँ परिवर्तनको नतिजा दिलाउन खटिने कर्मचारीको कथा भने मार्मिक छ । उनीहरूले न निन्द्रा भन्न पाएका छन्, न सार्वजनिक बिदा । त्यति मात्र हैन, दिउँसो कार्यालय र रातभरि फिल्डमा खटिने कर्मचारीले थप सुविधा बिना नै काम गरिरहेका छन् ।

सडक विभाग डिभिजन कार्यालय काठमाडौंका प्रमुख कुवेर नेपालीले बिहीबार रातभरि काममा खटिएको बताए । ‘हामीले बिहीबार बेलुकादेखि शुक्रबार बिहान करिब ६ बजेसम्म कालोपत्रे थप्ने काम गर्यौ ।’ उनले राजधानीसँग भने । बिहीबार राति डिभिजन कार्यालय काठमाडौंले सोह«खुट्टे–बालाजु र कालिमाटी–विष्णुमती सडकखण्डमा कालोपत्रे थप्ने काम गरेको थियो । शुक्रबार राति पनि त्यस सडक खण्डमा काम भइरहेको प्रमुख नेपालीले बताए । ‘हिजो रातभरि काम गरे पनि आज चाँहि ११÷१२ बजेसम्म मात्र गर्ने योजना छ, पानी पर्ला कि जस्तो देखिएको छ, त्यसैले रातभरि नगरौं भन्ने भयो ।’ शुक्रबार साँझ टेलिफोनमा उनले भने ।

सडक विभागले हालै मात्र काठमाडौं भित्रने र बाहिरिने मुख्य नाका नागढुंगामा कालोपत्रे थप्ने काम सम्पन्न गरेको छ । त्रिभुवन विश्वविद्यालयको गेट अगाडि, सिंहदरबार अगाडि, टेकु, प्रदर्शनीमार्ग, बानेश्वरलगायतका सडकखण्डमा कालोपत्रे थप्ने काम सम्पन्न भएको छ ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री नेम्वाङले आफ्नो कार्यकाल सय दिन पुगेको अवसरमा १७ फागुनमा मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा २४ हजार तीन सय वर्गमिटर अर्थात् नौ हजार पाँच सय खाल्टाखुल्टी पुर्ने काम सम्पन्न भएको जानकारी गराएका थिए । त्यस क्रममा काठमाडौं उपत्यकामा २७ किमी सडकमा आवधिक मर्मतसहित कालोपत्रे कार्य सम्पन्न भएको जानकारी गराएका थिए ।

रातभरि काम छैन सुविधा
सडक विभागका कर्मचारीले रातभरि काममा खटिए पनि त्यसबापतको सुविधा भने पाएका छैनन् । डिभिजन प्रमुख नेपालीले आफूलाई सुविधा नदिए पनि अन्य कर्मचारीलाई प्रोत्साहनका लागि सुविधा दिन मन्त्रालयसँग आग्रह गरेको बताए । उनका अनुसार पाँच जना इन्जिनियर, १२ जना सब–इन्जिनियर काठमाडौं डिभिजनमार्फत खट्दै आएका छन् । ‘जेब्रा क्रसिङ’ जोगाउनै मुस्किल सरकारले जेब्रा क्रसिङ तथा लेन बनाउने कामलाई पनि तीव्रता दिएको छ । तर, सर्वसाधरणको असहयोगले काम नै प्रभावहीन बनेको छ । जेब्रा क्रसिङ निर्माणपछि सुक्नका लागि कम्तीमा १५ मिनेट आवश्यक पर्ने हुन्छ । तर, सर्वसाधरणले जथाभाबी सवारी चलाइदिनाले जेब्रा क्रसिङ बनाई नसक्दै उक्किँदै आएको छ ।

सरकारले आफ्नै घर आँगन अगाडि विकास निर्माणको काम गरिरहँदा पनि सर्वसाधरणले भने बेवास्ता गर्ने गरेका छन् । सडक विभागका अनुसार सडक मर्मत तथा स्तररीकरणमा सहयोग गर्ने काममा स्थानीयको भूमिका शून्य जस्तै रहेको छ । कतिपयले विकास निर्माणको विषय उठाए पनि साझा मुद्दाभन्दा पनि स्वार्थका आधारमा मुद्दा उठाउने गरेको एक अधिकारी बताउँछन् ।

सहरी मन्त्रालयको सक्रियता बढ्यो
काठमाडौं उपत्यकाको विभिन्न स्थानका सडकमा कालोपत्रेको कामले तीव्रता पाइरहेको अवस्थामा सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले पनि थप पहल अगाडि बढाएका छन् । मन्त्रीको सचिवालयका अनुसार शनिबार सोह्रखुट्टे लिंकरोडदेखि ढल्को लिंकरोडसम्मका विभिन्न स्थानमा कालोपत्रे हुन लागेको छ । बालाजु बाइपासदेखि मुड्खु भञ्ज्याङसम्म पुग्ने सडक पनि शनिबारदेखि नै कालोपत्रे सुरु हुने भएको छ । सडक कालोपत्रे भएपछि नुवाकोट र रसुवाको यात्रा गर्ने सर्वसाधारणलाई पनि सहज हुनेछ ।

सचिवालयका अनुसार मन्त्री मानन्धरको पहलमा यसअघि बालाजुको माछापोखरीदेखि बाइपाससम्मको सडक कालोपत्रे भइसकेको छ भने सोह्रखुट्टेदेखि बालाजु चोकसम्मको सडक पनि कालोपत्रे गरिएको छ । काठमाडौं उपत्यकासहित देशभर सडक कालोपत्रे गर्ने कामले तीव्रता पाएको बताउँदै मन्त्री मानन्धरले केही दिनभित्र उपत्यकाका भित्री सडक सफा हुने बताएका छन् ।

ट्राफिक व्यवस्थापनका लागि पनि मन्त्री मानन्धरले शुक्रबार ट्राफिक प्रहरी प्रमुख भिमप्रसाद ढकाल र महानगरीय प्रहरीका प्रमुख धनपति सापकोटासँग छलफल गरेका छन् । छलफलका क्रममा तत्काल लिंकरोडका विभिन्न स्थानमा अस्थायी पार्किङको व्यवस्थापन मिलाउने बारे पहल भएको छ । बालाजु माछापोखरीलगायतका स्थानमा देखिएको अव्यवस्थित पार्किङ व्यवस्थापन थालिनेछ ।, समाचार राजधानी दैनिकमा प्रकाशित छ ।