१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित News Polar संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिबीच एकता आवश्यकता छ : संयोजक दाहाल News Polar बाढी प्रभावित बेनीमा खानेपानी अभाव News Polar भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य सेवा News Polar दोधारा–चाँदनी झोलुङ्गे पुल सुदूरपश्चिम प्रदेशको धरोहर होः मुख्यमन्त्री भट्ट News Polar पाँच देशका राजदूतद्वारा राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत News Polar लोककल्याणकारी विज्ञापनको दर वैज्ञानिक र विधिसम्मत आधारमा निर्धारण गरिएको छ : सञ्चारमन्त्री तिमिल्सिना News Polar बजेट कार्यान्वयनमा गति दिन ऊर्जा मन्त्रालयलाई मन्त्री श्रेष्ठको निर्देशन News Polar सीडीसी, एफडीए र एनएचएए बनाउँदा विद्यमान जनशक्ति र विशेषज्ञता संरक्षण गर्नुपर्छ : मन्त्री मेहता News Polar सामाजिक सञ्जाल नियमनका लागि छुट्टै कानुनी व्यवस्था ल्याइने News Polar तातोपानी नाका सञ्चालनबारे महासंघ अध्यक्ष श्रेष्ठ र चिनियाँ राजदूतबीच छलफल News Polar गाजामा मानवीय सङ्कट जारी, वेस्ट ब्याङ्कको अवस्था चिन्ताजनक: राष्ट्रसङ्घ News Polar मनाङमा तत्काल अत्यावश्यक काम गर्नेः मुख्यमन्त्री पाण्डे News Polar प्रतिनिधिसभाः चार विधेयक दफावार छलफलका लागि सम्बन्धित समितिमा News Polar सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यकः मुख्यमन्त्री कार्की News Polar अझै निकाल्न नसकिएको राइनो क्रुज News Polar विधि र विधानभन्दा बाहिर जाने छुट कसैलाई छैनः भण्डारी News Polar बाढी प्रभावित बालबालिका लक्षित दीर्घकालीन स्याहार योजना सञ्चानलमा News Polar मोरङ–६ कांग्रेस अधिवेशनमा विवाद चर्किँदा तोडफोड र कुटपिट News Polar यसै वर्ष २ सय नयाँ टावर र १ हजार ५ सय ९७ स्थानमा फोरजी विस्तार गरिने

यसकारण जोखिमपूर्ण बन्दै पोखरा…

यसकारण जोखिमपूर्ण बन्दै पोखरा…
अ अ+ अ-

पोखरा । पोखरा महानगरपालिका–१५ र १७ को बीचमा पर्ने रातोपैर्हो क्षेत्रमा गत भदौमा सेती नदी किनारमा गएको सुक्खा पहिरो र त्यसले बनाएको बाँधले यतिखेर उक्त आसपासका सर्वसाधारणलाई बेला बेलामा झस्काउने गरेको छ । बाहिरीरूपमा खासै चर्चा नभए पनि पहिरासँगै नदीमाथि नै थुप्रिएका ठूलाठूला चट्टान र त्यहाँबाट छिद्र बनाएर बगेको सेती नदीले कुनै दिन जोखिम निम्त्याउने त हैन भन्ने विषयले स्थानीयबीच आशंका उब्जाएको हो । रामघाटबाट खुल्ला भई पृथ्वीचोकको लगभग तीन किलोमिटरको दुरी भूमिगत हुँदै गएको सेती नदी रातोपैर्होमा खुल्ला भएको छ भने सोही स्थानमा खसेको पहिराका कारण अहिले बाँध निर्माण भएको छ ।

खुल्ला भएको स्थानको मुखमा नै नदीको पूर्वीभाग हरियोखर्क अस्पतालतर्फ भदौको २० गते खसेको सुक्खा पहिरासँगै आसपासको भू–भाग उच्च जोखिमयुक्त बनेको हो । स्थानीयवासीका अनुसार सुक्खा पहिरोसँगै खसेको चट्टानका कारण अहिले सेती नदीमाथिको उक्त स्थानमा बाँध बनेको छ । बाँध भएको ठाउँमा छिद्रबाट पानी बगेर बाहिर निस्केको भए पनि त्यहाँ ठूलो ताल बनेको हुन सक्ने स्थानीय विष्णु श्रेष्ठले जानकारी दिए । लगभग वर्षात् सकिएपछि पहिरो गएर थुनिएका कारण पानी थोरै भएकाले अन्य कुनै नोक्सानी नभएको उनले बताए ।

‘भदौको २० गते राति करिब १ः३० बजेको समयमा सुतिरहेको अवस्थामा घरै थर्कने गरी ठूलो आवाज आयो’, उनले भने, ‘बाहिर निस्केर हेर्दा त पारिपट्टिको सेतीको डिल खसेको रहेछ, पहिराका कारण थुिप्रएको चट्टानले नदीको बहाव त्यही बेला नै थुनेको थियो ।’ अर्को वर्षात् नजिकिँदै गर्दा त्यसतर्फ ध्यान नदिने हो भने त्यसले वरपरका बस्ती नै जोखिममा पार्न सक्ने उनको भनाइ छ ।रातको समयमा ठूलो आवाजसहित पहिरो गएपछि कतिपय स्थानीय भूकम्प आएको भन्दै घर बाहिर निस्केका स्थानीय जानकी क्षेत्रीले जानकारी दिइन् ।

उनले भनिन्, ‘पहिरो गएकै स्थानमा जोडिएको जमिन अहिले पनि फाटिरहेको छ, निकट भविष्यमा नै खसेर अर्को जोखिम निम्त्याउन सक्छ ।’ सेती किनारका अन्य ठाउँमा पनि जमिन फाट्ने क्रम जारी रहेकाले बेलैमा सजग नभए त्यसले समग्र पोखरालाई नै असर पार्न सक्ने स्थानीय बताउँछन् । उक्त स्थानमा वि।सं २०७२ वैशाख १२ गते भूकम्प गएको १५ महिनापछि पनि सुक्खा पहिरो गएको अर्का स्थानीय गणेश श्रेष्ठले बताए । उनका अनुसार सोही ठाउँमा अघिल्लो वर्ष पनि त्यस्तै सुख्खा पहिरो गएको थियो । बारम्बार गएको पहिराले बाँध जस्तै गरी चट्टानको थुप्रो लागेपछि सेतीले बहाव परिवर्तन गर्न सक्ने स्थानीय भीमबहादुर रानाले सुनाए ।

सेती नदी र यसले पारेका गल्छी एवम् प्रभावका सम्बन्धमा विभिन्न अध्ययन भने नभएका होइनन् । विभिन्न समयमा विदेशी संस्थाले गरेका अध्ययनका अनुसार गहिरिँदै गएको सेती नदीले पार्न सक्ने प्रभावलाई दृष्टिगत गर्दै ठाउँठाउँमा चेक ड्याम लगाउन सुझाव दिएका थिए । भूगर्भविद् ई.डा. रञ्जन दाहालका अनुसार सेतीको दायाँबायाँको जमिनको भाग खस्नु दीर्घकालीन समस्या भए पनि पछिल्लो समय सुक्खा पहिरो जोखिमयुक्त देखिएको छ । पोखराको मध्यभाग हुँदै बगेको यही नदीले यहाँको सुन्दरता कायम राख्न ठूलो योगदान पुर्याएको छ । पोखरालाई सेती नदीको विचित्रताले पर्यटकीय महिमा र गरिमा बढाएको छ ।

सदाबहार सेतै देखिने भएकोले प्राचीनकालदेखि यसको नाम सेती नदी रहन गएको बुढापाका बताउँछन् । पोखराका फाँटको सिँचाइ गरी उब्जाउ हुने अन्न यहाँका स्थानीयवासीको जीवीकोपार्जनको महत्वपूर्ण आधार हो । पोखरेलीका लागि वरदानजस्तै बनेको सेती नदीमा पछिल्ला वर्षमा प्रदूषण बढ्दै गएको विषय पनि यतिखेर चर्चामा छ । विभिन्न संघसंस्था एवम् ठाउँठाउँका स्थानीयबाट यसको संरक्षणको प्रयास थालिएको पाइन्छ । मानवीय अतिक्रमण त छँदैछ पछिल्ला वर्षमा नदी किनारामा ठाउँठाउँमा जाने गरेका पहिराका कारण सेतीको नियमित बहाव थुनेको छ नै यसले किनारा आसपासका बस्तीसमेतलाई जोखिमपूर्ण बनाएको छ ।

रातोपै¥हाका साथै पछिल्ला वर्षमा तुल्सीघाट, रामघाट, पृथ्वीचोक, रंगशाला, चिर्गादीघाट, गगनगौँडालगायतका स्थानमा सेती किनारामा चट्टान खस्ने क्रमले वरपरका बस्ती जोखिमपूर्ण बन्दै गएका छन् । सेतीका विभिन्न घाटबाट जथाभावी नदीजन्य वस्तुको दोहोनसँगै नदी गहिरिँदै गएपछि भित्रीभागमा पानी जम्ने र कतिपय झुण्डिएका जमिन नदीमा खस्दै जाँदा बस्ती उच्च जोखिममा पर्दै गएका छन् ।

खानेपानीका लागि गरिने अत्यधिक मात्रामा खनिएका बोरिङलाई आधार बनाउने हो भने अधिकांश स्थानको भूवनोट सुरुमा कडा चट्टानसँगै तल्लो भागमा रातो र बालुवा माटो भेटिने गरेको छ । पोखराभित्र दुई सयभन्दा बढी बोरिङमार्पmत निकालिएको पानी बजारमा बिक्री वितरण गरिँदै आएको छ । जमिनको एक सय मिटरको गहिराइमा शुद्ध पानी आउने गरेको हुँदा सेती नदीले सो दुरी फेला पार्ने हो भने पोखरा बजारलाई नै जोखिमपूर्ण हुने बताइएको छ । सौर्य दैनिक