३ भाद्र २०८३, बुधबार
,
Latest
कांग्रेसले कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लियो बागमती सरकार गठनमा राप्रपाले दियो समर्थन गुल्मीका किसानको आयआर्जन बढाउन सत्यवतीमा पशुपालन प्रोत्साहन कार्यक्रम बिजुलीको महसुल घटाउने ऊर्जा मन्त्रालयको तयारी रास्वपा संसदीय दलको छलफल सुरू देउवा पक्ष अदालत जाने तयारीमा, महाधिवेशन कार्यतालिकालाई लिएर विवाद चर्कियो नेपाली वैज्ञानिक अधिकारी अमेरिकामा पुरस्कृत टाटा मोटर्सको ‘टाटा कार्निभल’ बिहीबारदेखि, पुराना गाडीसँग नयाँ पन्च ईभी र टियागो ईभी साट्न सकिने सूचनाको हक कार्यान्वयनको सम्झनामा राष्ट्रिय सूचना दिवस मनाइँदै वर्षाजन्य विपद्ः विभिन्न सडकमा यातायात अवरुद्ध
तपाईं के खोज्दै हुनुहुन्छ ?

मेसीको गोलमा बार्सिलोनाको जित



अ+ अ-

भारको मद्दतले प्राप्त विवादास्पद पेनाल्टीलाई लियोनल मेसीले गोलमा परिणत गरेपछि बार्सिलोनाले स्पेनिस लिगमा शनिबार राति रियल सोसिडाडलाई १–० ले हराएको छ । यो जितले कम्तीमा बार्सिलोनाको उपाधि होड यात्रा ठीक स्थानमा रह्यो । यस सिजन मेसीले गरेको यो २४ औं व्यक्तिगत गोल रह्यो । यस्तै पछिल्ला पाँच खेलमा चौथो गोल पनि रह्यो ।

गत साता एल क्लासिकोको रियल म्याड्रिडविरुद्धको खेल गुमाएपछि बार्सिलोनामा निराशा छाएको थियो । शनिबारको अर्को महत्त्वपूर्ण खेलमा एटलेटिको म्याड्रिड र सेभियाले २–२ को बराबरी खेले ।

लिग तालिकामा बार्सिलोना ५८ अंकसहित शीर्ष स्थानमा छ र एक खेल कम खेलेको रियलको ५६ अंक छ । यस्तै सेभिया ४७ अंकमा तेस्रो स्थानमा रहेको छ ।