१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित News Polar संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिबीच एकता आवश्यकता छ : संयोजक दाहाल News Polar बाढी प्रभावित बेनीमा खानेपानी अभाव News Polar भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य सेवा News Polar दोधारा–चाँदनी झोलुङ्गे पुल सुदूरपश्चिम प्रदेशको धरोहर होः मुख्यमन्त्री भट्ट News Polar पाँच देशका राजदूतद्वारा राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत News Polar लोककल्याणकारी विज्ञापनको दर वैज्ञानिक र विधिसम्मत आधारमा निर्धारण गरिएको छ : सञ्चारमन्त्री तिमिल्सिना News Polar बजेट कार्यान्वयनमा गति दिन ऊर्जा मन्त्रालयलाई मन्त्री श्रेष्ठको निर्देशन News Polar सीडीसी, एफडीए र एनएचएए बनाउँदा विद्यमान जनशक्ति र विशेषज्ञता संरक्षण गर्नुपर्छ : मन्त्री मेहता News Polar सामाजिक सञ्जाल नियमनका लागि छुट्टै कानुनी व्यवस्था ल्याइने News Polar तातोपानी नाका सञ्चालनबारे महासंघ अध्यक्ष श्रेष्ठ र चिनियाँ राजदूतबीच छलफल News Polar गाजामा मानवीय सङ्कट जारी, वेस्ट ब्याङ्कको अवस्था चिन्ताजनक: राष्ट्रसङ्घ News Polar मनाङमा तत्काल अत्यावश्यक काम गर्नेः मुख्यमन्त्री पाण्डे News Polar प्रतिनिधिसभाः चार विधेयक दफावार छलफलका लागि सम्बन्धित समितिमा News Polar सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यकः मुख्यमन्त्री कार्की News Polar अझै निकाल्न नसकिएको राइनो क्रुज News Polar विधि र विधानभन्दा बाहिर जाने छुट कसैलाई छैनः भण्डारी News Polar बाढी प्रभावित बालबालिका लक्षित दीर्घकालीन स्याहार योजना सञ्चानलमा News Polar मोरङ–६ कांग्रेस अधिवेशनमा विवाद चर्किँदा तोडफोड र कुटपिट News Polar यसै वर्ष २ सय नयाँ टावर र १ हजार ५ सय ९७ स्थानमा फोरजी विस्तार गरिने

राहदानी विभागमा देखियो गम्भीर लापर्बाही, सरकारले गुमायो डेढ करोड

राहदानी विभागमा देखियो गम्भीर लापर्बाही, सरकारले गुमायो डेढ करोड
अ अ+ अ-

काठमाडौं । सेक्युरिटी प्रेस खरिद प्रक्रिया अन्योल भएपछि राहदानी विभागले दोस्रोपटक विद्युतीय राहदानी छपाइको लागि बोलपत्र आह्वान गरेको छ । तर, यसअघि सोही राहदानी छपाइमा गम्भीर लापर्बाही हुँदा सरकारले डेढ करोड रुपैयाँ गुमाउनुपरेको छ । नेपाललाई मेसिन रिडएबल पासपोर्ट (एमआरपी) उपलब्ध गराउने फ्रान्सेली कम्पनी ओबर्थर टेक्नोलोजीको हित हुनेगरी सम्झौताविपरीत निर्णय गर्दा सरकारले नोक्सानी बेहोर्नुपरेको हो ।

२७ अगस्ट २०१० मा फ्रान्सेली कम्पनी ओबर्थरसँग ४५ लाख थान खाली एमआरपी आपूर्ति र पर्सनलाइजेसन गर्ने सम्झौता भएको थियो । सम्झौताअनुसार आपूर्तिकर्ताको तर्फबाट त्रुटि भए बिग्रिएका पासपोर्ट आपूर्तिकताले शोधभर्ना गर्नुपर्ने व्यवस्था छ । तर, विभागले सो कम्पनीको लापर्बाहीका कारण बिग्रेको राहदानीको शोधभर्ना नगरी उनीहरूलाई दिनुपर्ने रकम कट्टी गरेको पाइएको छ ।

६२ हजार पासपोर्ट बिगार्ने कम्पनीलाई दोस्रोपटक पुनः सम्झौता गर्दा राज्यलाई करोडौं घाटा:फ्रान्सेली कम्पनी ओबर्थरसँग भएको सम्झौतामा पहिलोपटक सो कम्पनीको लापर्बाहीले ६२ हजार पासपोर्ट बिग्रिए । बिग्रिएको पासपोर्टको विभागले शोधभर्ना नगरी रकम कट्टा गर्दा नेपालले घाटा व्यहोर्नुपर्यो । ४५ लाख पासपोर्ट आपूर्ति गर्दा ६२ हजार पासपोर्ट बिग्रेका थिए । सम्झौतामा प्रतिपासपोर्ट ३.४१ अमेरिकी डलर (करसमेत) ओर्बथरलाई बुझाउनुपर्ने उल्लेख छ । तर, विभागले बिग्रिएका पासपोर्ट आपूर्तिकर्तालाई शोधभर्ना नगराई प्रतिपासपोर्ट ३.४१ अमेरिकी डलरले हुने २ लाख १२ हजार ७ सय ८४ अमेरिकी डलर कटाई भुक्तानी गरेको छ ।

सरकारले ओबर्थरसँग दोस्रोपटक १८ असार २०७२ मा नेपाललाई थप आर्थिक व्ययभार नपर्नेगरी दोस्रो सम्झौता गर्ने निर्णय गरेको थियो । विभागले पहिलोपटक प्रतिएमआरपी ३.४१ अमेरिकी डलरमा सम्झौता गरेको थियो । तर, दोस्रोपटक सम्झौता हुँदा प्रतिएमआरपी ४.८९ अमेरिकी डलर (करबाहेक) ठेक्का लिने कम्पनीलाई बुझाउनुपर्ने उल्लेख छ । जुन प्रतिएमआरपी १.४८ अमेरिकी डलरले बढी हो ।

दोस्रो सम्झौताका कारण सरकारले ३६ लाख ९८ हजार अमेरिकी डलर व्ययभार पर्ने गरी सम्झौता भयो । पहिलोपटक गरेको सम्झौताअनुसार बिग्रेका पासपोर्ट शोधभर्ना नगरी रकम कट्टा गर्दा र पुनः दोस्रोपटक सोही कम्पनीसँग प्रतिएमआरपी १.४८ अमेरिकी डलर वृद्धि गरी सम्झौता गर्दा ९२ हजार ३ सय ५२ अमेरिकी डलर (करिब १ करोड ४ हजार रुपैयाँ) सरकारलाई थप व्ययभार परेको हो ।

२० लाख विद्युतीय राहदानी छपाइका लागि पुनः प्रक्रिया सुरु:सेक्युरिटी प्रेस खरिद गरेर एउटै प्रेसबाट विद्युतीय राहदानी छपाउने भन्दै बोलपत्र रद्द गरेको परराष्ट्र मन्त्रालयअन्तर्गतको राहदानी विभागले पुनः बोलपत्र आह्वान गरेको छ । सन् २०२५ सम्म विद्युतीय पासपोर्ट (राहदानी) ल्याउनका लागि अन्तर्राष्ट्रिय नागरिक उड्डयन निकाय (आईकोआओ)ले जारी गरेको निर्देशनअनुसार विभागले बोलपत्र पुन आह्वान गरेको हो । विभागले २० लाख विद्युतीय राहदानी छपाइका लागि अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको छ ।

यसअघि १० भदौमा पासपोर्ट ९राहदानी० छपाइका लागि बोलपत्र आह्वान गरेकोमा सेक्युरिटी प्रेस खरिद गर्ने भन्दै २१ कात्तिकमा सरकारले बोलपत्र रद्द गरेको थियो । विभागमा रहेको राहदानीको स्टक घट्दै जाँदा संकट उत्पन्न हुने अवस्था आएपछि विभागले गत १९ फागुनमा दोस्रोपटक टेन्डर आह्वान गरेको हो । न्यूनतम १० करोड नेपाली रुपैयाँमा गरिएअनुसार ३२ वटा पोलिकार्बोनेट डाटा पेज भएको १६ लाख विद्युतीय पासपोर्टका साथै ६४ वटा पोलिकार्बोनेट पेज भएको ४ लाख थान छपाइ गर्नुपर्ने हुन्छ । राजधानी दैनिक