१९ मंसिर २०८२, शुक्रबार
,
Latest
२३ औँ भारत–रूस वार्षिक सम्मेलन शुरु भ्रष्टाचार विरुद्ध खबरदारी गर्न सिंहदरबार पुगे जेन—जी प्रतिनिधि प्रधानमन्त्री कार्कीसँग जापानका राजदूतको शिष्टाचार भेट राजा, राजनीतिक दल र जेन–जीबीच त्रिपक्षीय सम्झौता गरियोस्ः राप्रपा प्रवक्ता शाही ईश्वरलक्षित बादलको टिप्पणीः अहिले नेतृत्वका लागि उम्मेदवारी घोषणा गर्दै हिँड्ने कुरा उपयुक्त होइन नवनियुक्त सदस्य सचिव मेहताले गरे पदभार ग्रहण अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता जनकपुर–ढल्केबर सडकखण्डका तीन स्थानमा आकासे पुल निर्माण हुँदै मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम
तपाईं के खोज्दै हुनुहुन्छ ?

मोडल रेशम नेप्किङले पाए बि स्टार फिल्मिस २०८२ अवार्ड



अ+ अ-

काठमाडौं । बि. स्टार फिल्मस प्रालि र दिनपरी क्रिएसन प्रालिको सहकार्यमा दोश्रोे बि। स्टार फिल्मस् म्युजिक अवार्ड २०८२ सम्पन्न भएको छ ।

नेपाल पुलिस क्लबको सभाहलमा सम्पन्न भएको उक्त अवार्ड ४४ विधामा प्रदान गरिएको थियो । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रस्तिस्थानका उपकुलपति शम्भु राईको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा दीर्घ साधना स्रष्टा सम्मान गीतकार टेक तामाङ लाई प्रदान गरिएको थियो ।

यसैगरी दीर्घ साधना म्युजिक भिडियो निर्देशन सम्मान बाबुराजा केसी ‘उज्ज्वल’, प्रदान गरिएको थियो यसै गरी अवार्ड पाउनेहरुमा सुगम संगीततर्फ गायक शिव परियार , गायिका एलिना चौहान लोकदोहोरी गायक खेम सेन्चुरी लोकदोहोरी गायिका दिपिका बयाम्बु लोक दोहोरी नायक पल शाह सुगम संगीत नायक सागर लम्साल ‘बले’लाई प्रदान गरिएको थियो ।

कार्यक्रममा मोडल रेशम नेप्किङले नब मोडल बिधा बाट अबार्ड प्राप्त गर्नुभयो । नेप्किङ ले चौका माल पर्यौ बोल को म्यूजिक भिडियो बाट अवार्ड प्राप्त गरेका हुन् ।

सुप्रिम राज बिस्वकर्माको सृजना रहेको गिामा चक्र बिश्वकर्मा र एलिना चौहान स्वर रहेको छ । भिडियोमा नेप्किङ संगै सन्चिता बुलाखे अभिनय गरेका छन् । भिडियो निर्देशक बिक्रम चौहान ले गरेका थिए भने क्यामरामा प्रकाश खड्का रहेका छन् ।