२३ जेष्ठ २०८३, शनिबार
,
Latest
भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन 
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोनाको संक्रमित भएको भन्दै आफ्नै श्रीमतीलाई बाथरुममा थुनेपछि…



अ+ अ-

काठमाडौं । एक व्यक्तिले कोरोना भाइरसबाट संक्रमित हुने डरले श्रीमतीलाई बाथरुममा थुनेका छन् । एक चिनियाँ महिलालाई भेटेपछि श्रीमतीलाई कोरोना भाइरस लाग्यो कि भन्ने डरले ती व्यक्तिले यस्तो गरेको बताइन्छ ।

बाथरुममा थुनिएपछि श्रीमतीले पुलिसलाई फोन गरेकी थिइन् । त्यसपछि पुलिसले उनीहरु बसिरहेको अपार्टमेन्टमा आएर महिलालाई छुटाए । श्रीमान्ले डाक्टरसँगको कुराकानीपश्चात् बाथरुममा बन्द गर्ने निर्णय लिएको दाबी गरे ।

डेली मेलको रिपोर्ट अनुसार श्रीमतीलाई कोरोना भाइरसको डरले बाथरुममा बन्द गरेको यो घटना युरोपको लिथुआनियाको लिवनिअसको हो । स्वास्थ्य परीक्षणमा महिलालाई कोरोना भाइरसको कुनै पनि संक्रमण नदेखिएको स्रोतले बताएको छ ।

श्रीमतीले श्रीमानमाथि आपराधिक कारवाही नगर्ने निर्णय गरिन् त्यसकारण श्रीमान् गिरफ्तारीबाट बचेका छन् ।

खासमा के भएको रहेछ भने श्रीमती एक चिनियाँ महिलालाई भेटेर आएको भन्ने थाहा पाएपछि श्रीमान् डराएका रहेछन् । स्मरण रहोस्, लिथुआनियामा अहिलेसम्म कोरोना भाइरसको एकजना पनि संक्रमित भेटिएका छैनन् ।

संसारका करिब ७० देशमा कोरोना भाइरसको संक्रमण पुगेको छ । यसमा चीन, इरान र दक्षिण कोरियामा सबैभन्दा धेरै मामला सार्वजनिक भएका छन् ।

संसारभरी कोरोनाभाइरसका ९० हजार ९ सय ३२ संक्रमित छन् भने यसबाट मृत्यु हुनेको संख्या ३ हजार १ सय १९ छ । साथै ४८ हजार १ सय ७४ निको भएर घर फर्केका छन् ।