३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

यिनै हुन् कोरोना भाइरसबारे १२ वर्ष अघि भविष्यवाणी गर्ने महिला

यिनै हुन् कोरोना भाइरसबारे १२ वर्ष अघि भविष्यवाणी गर्ने महिला
अ+ अ-

काठमाडौं । कोरोना भाइरसबारे १२ वर्ष अघि गरिएको भविष्यवाणी सत्य सावित भएको छ । सन् २०१२ मा प्रकाशित ‘इन्ड अफ डेज’ पुस्तकमा निमोनिया जस्तै खतरनाक रोग सन् २०२० मा फैलन भनिएको थियो । पुस्तकमा फोक्सोमा असर गर्ने र निमोनिया जस्तै रोगको संक्रमण फैलन भनिएको थियो । यस्तो भविष्यवाणी गरिएको पुस्तक लेख्ने लेखिका हुन् सिल्भिया ब्राउनी ।

भविष्यवाणी गरिएको पुस्तक प्रकाशित भएको अर्को वर्ष नै ब्राउनीको ७७ वर्षको उमेरमा निधन भएको थियो । उनी आफूलाई अलौकिक शक्ति भएको नारी मान्थिन् । भविष्यवाणी गरिएका पुस्तक लेख्थिन् । आध्यात्मिक पुस्तक लेखेर करोडौं कमाइन् ।

कतिपय आपरधिक घटनामा प्रहरीलाई सहयोग गरेको दाबी गर्थिन् । हराएका मानिस ज्युँदो छन् कि मरेका छन् समेत भन्थ्नि । कतिपय घटनामा उनले हराएको मानिस कहाँ छन् भनेर सत्य पत्ता लगाइदिएकी थिइन् । यसकारण पनि उनी आफूमा अलौकिक शक्ति भएको दाबी गर्थिन् । ब्राउनीसँग भविष्य जान्न चाहनेले कुरा गर्थे । उनीसँग आधा घन्टा कुराकानी गरेको सात सय डलर तिर्थे ।

भविष्यवाणी गर्ने ब्राउनीले ४० पुस्तकहरु प्रकाशित गरिन् । जसमध्ये भविष्यको बारेमा बढी उल्लेख थियो र बढी विक्री भएकामध्ये पर्दथे । उनका पुस्तकमध्ये सिक्रेट्स एन्ड मिस्ट्रिज अफ दी वल्र्ड, इफ यु कुड सी ह्वाट आई सी, इन्साइट र इन्ड अफ डेज बढी विक्री भएकामा पर्छन् । इन्ज अफ डेजमा नै उनले सन् २०२० मा निमोनिया जस्तै रोग फैलन लेखेकी थिइन् ।

१९ अक्टोबर सन् १९३६ मा सिल्भिया सुमेकरका रुपमा अमेरिकाको क्यालिफोर्निमा जन्मिएकी सिल्भिया ब्राउनी तीन वर्षकै उमेरमा अलौकिक शक्तिकी थिइन् ।

सिल्भिया ब्राउनीको पुस्तकले कोरोना भाइरस कसरी फैलन्छ र परिणाम के हुन्छ भन्ने समेतको भविष्यवाणी गरेको छ । पुस्तकले यो रोग जति छिटो आयो उति छिटो नै हराउने भविष्णवाणी गरेको छ । रोगले केहीवर्षपछि आक्रमण फैरि गर्न सक्ने तर, पूर्ण रुपमा हराउने भनेको छ । यसको अर्थ रोग चाँडै रहनेछैन ।

केही वर्ष यो रोगले दुःख दिनसक्छ तर धेरै वर्ष रहँदैन । छिट्टै आउने र छिट्ट हराउने भविष्यवाणी गरिएको यो रोग कोरोना भाइरसको संक्रमण हो कि भन्ने अनुमान लगाउन सकिन्छ । रोग छिट्टै आएको छ । यो छिट्टै फैलिएको पनि छ । रोग भविष्णवाणी गरेजस्तै छिट्ट हराउने र पूर्ण रुपमा निर्मुल हुने हो होइन प्रतिक्षाको विषय छ । ब्राउनीले दाबी गरेजस्तै उनी अलौकिक क्षमताकी हुन् भन्ने कोरोना भाइरस फैलिने भविष्यवाणी मिल्नुले बुझ्न सकिन्छ । जसका कारण उनी मृत्युपछि झन् चासोमा परेकी छिन् ।