७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar नाडा र भन्सार विभागबीच रसुवा बाढीबाट अटोमोबाइल क्षेत्रमा परेको क्षतिबारे छलफल News Polar प्रधानमन्त्रीको संयुक्त राष्ट्रसंघ भ्रमणः दलहरूसँग परामर्श र प्रोटोकल पालनामा प्रतिपक्षको असन्तुष्टि News Polar नेतृत्वको वास्तविक महानता पदमा अनन्तसम्म टिकिरहनुमा होइन News Polar पत्रकार महासंघलाई सञ्चारमन्त्रीको कटाक्ष–‘ठेक्का लिएको संस्थाले पत्रकारिता क्षेत्र जोगाइदिएको भए निकै माथि उठिसक्थ्यो’ News Polar भारी वर्षाको जोखिममा सरकारको तयारी : बाढीको अवस्था घण्टा–घण्टामा अपडेट गरिने News Polar असोज ९ देखि तीन दिन भारी वर्षाको सम्भावना, सतर्क रहन प्रधानमन्त्री शाहको आग्रह News Polar भारी वर्षाको पूर्वानुमानपछि प्रधानमन्त्री शाहद्वारा सतर्कता अपनाउन अनुरोध News Polar भन्सार राजस्व संकलन एक खर्ब नाघ्यो, बाँकी लक्ष्यमा विभागको ध्यान News Polar बाढीबाट बच्न पूर्वसतर्कता अपनाउन अपिल News Polar सुदूरपश्चिममा सेनाको हेलिकप्टरसहित विपद् प्रतिकार्य तयारी अवस्थामा News Polar पचास लाखभन्दा बढीका मोबाइलका सामान गौरमा बरामद News Polar नेप्से परिसूचक ३६ दशमलव २५ अङ्कले घट्यो News Polar शव पहिचानमा चीनको प्राविधिक सहयोग, नास्टमा डीएनए परीक्षण जारी News Polar फागुन २१ को निर्वाचन अघिल्ला राजनीतिक घटनाक्रमको ‘रंगमञ्च’ : मञ्जु भण्डारी News Polar संक्रामक पशु रोग नियन्त्रणमा वैज्ञानिक प्रणाली र समयमै क्षतिपूर्ति दिन सांसदको माग News Polar विष्णु रिजालको माग : नेपाली सेनासँग पार्टीको सम्बन्ध के हो स्पष्ट पारियोस News Polar कोरलानाकाबाट २० दिनमै दुई अर्ब ५४ करोड राजस्व सङ्कलन News Polar रोजगारदाताले कामदार र कामदारले रोजगार नपाउने समस्याको अन्त्य गर्नेगरी काम गर्दैछौँः मन्त्री यादव News Polar भोटेकोशी बाढी प्रभावितमा बढ्दो मानसिक त्रास, आरआरएनद्वारा मनोसामाजिक सहयोग विस्तार News Polar फिनटेकको विकास र अन्तर्राष्ट्रिय अभ्यास सम्बोधन गर्न भुक्तानीसम्बन्धी विधेयक अपरिहार्य : अर्थमन्त्री वाग्ले

विदेशी माथि अब कडा निगरानी गर्नुपर्छः महानिर्देशक तिवारी

विदेशी माथि अब कडा निगरानी गर्नुपर्छः महानिर्देशक तिवारी
अ+ अ-

काठमाडौं । अध्यागमन विभागका महानिर्देशक रामचन्द्र तिवारी नेपाल आउने विदेशी माथि अब कडा रुपमा निगरानी गर्नुपर्ने बताउनुभएको छ ।

मुलुकभित्र अनेकौं स्वार्थमा विदेशीहरु आउने र चलखेल गर्नसक्ने भएकाले अब हरेक विदेशीमाथि निगरानी गर्न जरुरी रहेको उहाँले बताउनुभएको हो ।

आज अध्यागमन ऐन, २०४९ र सो अन्तर्गत बनेका प्रत्यायोजित विधायनहरुको सम्बन्धमा सरोकारवाला निकाय एवं विज्ञहरुसँगको छलफलमा तिवारीले त्यस्ता नागरिकहरुमाथि निगरानी नगरिए राष्ट्र कमजोर हुने खतरा रहेको बताउनु भयो । उहाँकाअनुसार विदेशीहरु नेपालमा कुन स्वार्थले आउछ त्यसका समग्र पक्षका बारेमा हेर्ने एउटा विज्ञ समूह बनाउनुपर्छ । नेपालीहरुलाई सबैले खुइल्याउने तर विदेशीहरु सिंहदरबारमा आएर डुल्दा समेत निगरानी नभएको भन्दै उहाँले असन्तुष्टि व्यक्त गर्नुभयो ।

महानिर्देशक तिवारीले भन्नुभयो,‘माननीय प्रदिप पौडेललाई पनि विदेशमा फर्काएको घटना मैले हेरेको थिएँ, त्यति बेला राजदुतले त्यतिबेला एक्सक्युज गर्नुभयो । प्रदीप पौडेल हामीले पो जानेका छौं तर उहाँ के भयो भने उहाँलाई बोलाउनु आयोजक विश्वासिलो संस्था होइन भनेर फर्काइदियो । उससँग पैसा हेर्ने भनेको होइन तर विदेशीहरु हाम्रोमा कस्तो इन्टे«ष्टले आउछ त, त्यो मान्छे आएर हामी कहाँ के गर्छ ? त्यसका समग्र पक्षमा हेर्न इन्टिलिजेन्स  बनाउनुप¥यो । नेपालीलाई जम्मैले खुइल्याउन सक्ने, तर विदेशी आएर घरघर गएको छ, सिंहदरबार डुलेको छ । सबै मख्ख पर्ने । मन्त्रालय मन्त्रालय पुगे मन्त्री, नेता, कर्मचारी भेटेको छ । राजनीति, धर्म खेलाइसक्यो । जातजातिको रुपमा फुट आइसक्यो । हामीले हामीले गरेको छ, भनेर बुझिरहेका छौं ।’

अध्यागमन रिफर्ममा नतिजा दिनेगरी काम अघि बढाइएको बताउँदै उहाँले हरेक दिनजसो निकायहरुसँग समन्वय गरेर अघि बढिएको बताउनु भयो । तिवारीकाअनुसार अध्यागम रिफर्मको काम विभागले अन्दोलन नै जसरी गरेको छ ।  सिस्टमको इडिगेसन गर्न राष्ट्रिय परिपत्रसँग सिस्टममा जोडिँदैछ । यसबारे मन्त्रिपरिषद्ले समेत निर्णय गरेकाले छिट्टै यो काम पूरा हुने उहाँले बताउनु भयो । तिवारीकाअनुसार अरु ५–७ वटा एजेन्सीसँग अध्यागनको सिस्टममा जोड्न काम भइरहेको छ । पर्याप्त जनशक्ति नहुँदा अन्य निकायमा रहेका अलि काम कम भएका कर्मचारी राखेर एउटा ल्याव बनाएर आइटीमा सुधारको काम हरेक दिन भइरहेको छ । हरेक दिन निकायहरुलाई जोडेर केही नतिजाहरु दिन सकिन्छ की भनेर काम भइरहेको र छिट्टै परिणाम देखिने उहाँको भनाइ रहेको छ ।

नेपाल सरकारका पूर्वमुख्यसचिव शंकरदास बैरागीले २०४९ सालमा ऐन आएको र पछि केही नेपाल ऐन संशोधनमार्फत गरिएपनि अब नयाँ कानूनको आवश्यकता रहेको बताउनु भयो । उहाँकाअनुसार विद्यमान कानूनमा राष्ट्रिय सुरक्षाका धेरै विषयहरु त्यहाँ परेको छैन् । प्रविधिको प्रयोग गर्ने कुराहरु पनि परेको छैन । भिषाका प्रकारहरुको सन्दर्भमा पनि व्यवहारिक व्यवस्था अहिलेको कानूनमा नभएकाले यी सबै समेटेर अब नयाँ कानून बनाइनुपर्ने उहाँको भनाइ छ ।

पूर्वमुख्यसचिव बैरागीले भन्नुभयो–‘२०४९ मा ऐन आयो । पछि केही नेपाल कानूनमार्फत संशोधन पनि भयो । अहिले पछिल्लो घटनाक्रमलाई समेट्नेगरी त्यो ऐन छैन । राष्ट्रिय सुरक्षाका विषय त्यहाँ परेका छैनन् । अध्यागमनको आगामन प्रणालीलाई व्यवस्थीत गर्नेकुरा परेको छैन । प्रविधिको प्रयोग गर्ने कुराहरु त्यहाँ छैनन् । भिषाका प्रकारमा सामान्य तोकिएको छ, अहिले नयाँनयाँ आइरहेका छन् त्यो परेको छैन । विभागीय प्रमुखको रुपमा महानिर्देशकले गर्ने काम कतव्र्य अधिकारको सन्दर्भमा पनि खुम्चिएका थिए । अब खुला पर्नुपर्छ । धेरै कुराहरु संशोधन गर्नुपर्छ ।’

वैरागीले विभिन्न किसिमको कार्यविधि बनाएर काम गरिदाँ काम गर्न केही सहजीकरण बनाउन सक्छ तर व्यवहारीक हुँदैन । उहाँले देशभित्र बेरोजगारीको समस्यालाई अध्यागमनको हिसाबले समाधान गर्न खोजिनु गलत भएको बताउनु भयो । रोजगारीको समस्यालाई अध्यगमनबाट कन्ट्रोल गर्न नहुने उहाँको भनाइ रहेको छ ।

श्रमसम्बन्धि कानून, स्वदेश भित्र रोजगारी सिर्जनाका विषयहरुमा छलफलै नहुने गरेको बताउँदै उहाँले यसबारे पनि समितिदेखि सरकारले समेत सोच्न जरुरी रहेको बताउनु भयो । नेपालमा रोजगारी सिर्जना नगर्ने र मान्छेलाई बाहिर समेत जान अबरोध सिर्जना गर्दा मुलुकभित्र ठूलो समस्या खडा हुने उहाँको भनाइ रहेको छ ।
समितिमा भएको छलफलमा संविधान सभाका पूर्वसदस्य खिमलाल देवकोटाले राज्य ठिक ढंगले चलाउने सन्दर्भमा नगरिनहुने कामहरुलाई कसरी कानूनी वैधता दिनेबारे सोच्न जरुरी रहेको बताउनु भयो । उहाँले त्यस्ता कामहरु अध्यागमनको क्षेत्रमा पनि गर्न सकिने बताउनु भयो ।

देवकोटाले भन्नुभयो–‘राज्य ठिक ढंगले चलाउने संन्दर्भमा अध्यागनको सेक्टरमा हामी के गर्न सकिन्छ । हामीले नगरि नहुने कामहरुका बारेमा यो चिजलाई कसैलाई लिगलाइज गर्ने भन्ने सन्दर्भमा समिति स्पष्ट हुनुप¥यो ।’

विद्यमान कानून र विधेयकका सन्दर्भमा रहेका फरक र अझ के भइदिए राम्रो हुन्छ, के व्यवस्था भइदिए अध्यागमन सञ्चालन गर्न सहज हुन्छ भन्नेबारे गहन रुपमा छलफल हुनुपर्ने उहाँको भनाइ छ ।