१४ भाद्र २०८३, आईतवार
,
Latest
विपदमा सेलिब्रेटीहरुको उद्धारको नाटक, त्रिशुलीपारि पुगेन सरकार बाढीले क्रसर, खानी र बालुवा प्रशोधन उद्योगमा क्षति, पुनःस्थापनामा सरकारसँग सहकार्य गर्ने महासंघको प्रतिबद्धता सरकारले स्रोतको कुनै कमी हुन दिँदैनः अर्थमन्त्री वाग्ले भोटेकोशी बाढीः पन्ध्र देशका १८७ पर्यटकको उद्धार कृषि तथा वन विज्ञान विश्वविद्यालयले विपद् उद्धार कोषमा रकम जम्मा गर्ने भोटेकोशी बाढी : पीडितका लागि तिलगङ्गा आँखा प्रतिष्ठानद्वारा एक करोड एक लाख सहयोग तनहुँमा ड्रोनको सहयोगमा शव खोजिँदै, आज चार शव फेला परराष्ट्रमन्त्री खनाल र भेनेजुएलाका विदेशमन्त्री प्लासेन्सियाबीच टेलिफोन वार्ता स्वास्थ्यकर्मीसहित १० जना सम्पर्कविहीन नारायणी नदी किनारमा भेटिएका पहिचान नभएका शवहरूको अन्तर्राष्ट्रिय मापदण्डअनुसार जमिनमा व्यवस्थापन गर्न शुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

आयोगका पदाधिकारीको राजीनामा माग गर्दै द्वन्द्व पीडित समुदायको धर्ना (तस्बिरहरु)



अ+ अ-

काठमाडौँ । पदाधिकारीको राजीनामा माग गर्दै द्वन्द्व पीडित समुदायले धर्ना दिएका छन् ।

शुक्रवार सत्य निरुपण तथा मेलमिलाप आयोगको कार्यालयमा धर्ना दिएका हुन् ।समुदायले विस्तृत शान्ति सम्झौता भएको २० वर्षगाँठको सन्दर्भमा द्वन्द्वकालमा भएका मानव अधिकार उल्लंघनका घटनाका पीडित समुदायले धर्ना दिएका हुन् ।

उनीहरुले विधि र प्रक्रिया मिचेर तेस्रो पटक पनि दलीय भागबण्डा र नेताको खल्तीबाट गठित र राजनीतिक नेतृत्वबाट नियन्त्रित सत्य निरुपण तथा मेलमिला आयोग र बेपत्ता पारिएका व्यक्तिको छानविन आयोग तत्काल खारेज गर्न माग गरेका छन् ।

आम द्वन्द्व पीडित समुदायले आफ्नो पीडा, आँशु र अन्यायको सम्बोधन गर्ने कुनै विश्वास र भरोसा नभएका आयोगको निरन्तरता पीडितको आशाप्रतिको कुठाराघात र समयको बर्बादी भएको जिकिर गरेका छन् । पीडित समुदायले बहिष्कार गरेका आयोग पदाधिकारीले पदलोलुपता छोडेर तत्काल राजीनामा गर्न माग गरेका छन् । साथै उनीहरुले विश्वसनीय र पारदर्शी प्रक्रिया आरम्भ गर्न मार्ग प्रशस्त गर्न माग पनि गरेका छन् ।