२ भाद्र २०८३, मंगलवार
,
Latest
बर्डफ्लू सङ्क्रमण : काभ्रेमा ९० हजार पन्क्षी नष्ट प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूको निर्वाह भत्ता र व्यावसायिक दक्षतालगायत विषयमा छलफल खोलाले बगाएका चारमध्ये दुई बालिका अझै बेपत्ता लागुऔषधसहित दुई जना पक्राउ जापानको चिबामा कीर्तिमानी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या १३ पुग्यो कङ्गोमा तीव्रगतिमा फैलिँदै इबोला, नियन्त्रण चुनौतीपूर्णः डब्लुएचओ जर्मनीमा ३२ वर्षअघि अमेरिकी पर्यटकको हत्या गरेको ८१ वर्षीय वृद्धद्वारा स्वीकारोक्ति पाकिस्तानको सर्वोच्च अदालतद्वारा इमरान खानलाई अस्पताल लैजान आदेश केवाइसी अपडेटका लागि बैंकबाट बोलेको भन्दै स्क्यामिङ गर्ने चार जना पक्राउ आर्थिक अनुशासनमा कडाइ गर्दै मधेस प्रदेश सरकार
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्पेन विश्वकपमा छनोट



अ+ अ-

काठमाडौँ । स्पेन फिफा विश्वकप २०२६ का लागि छनोट भएको छ ।

साथै स्पेनसँगै बेल्जियम, स्विटजरल्यान्ड, स्कटल्यान्ड र अस्ट्रियाले पनि विश्वकप २०२६ का लागि स्थान बनाए । स्पेनले टर्कीलाई २–२ को बराबरीमा रोकेपछि समूह ‘ई’मा शीर्ष स्थानमा रह्यो ।

यस्तै, डेनमाार्कमाथि समूह ‘सी’ मा भएको खेलमा नाटकीय ४–२ को जित निकालेपछि स्टकल्यान्ड सन् १९९८ यता पहिलो पटक विश्वकपमा छनोट भयो ।

बेल्जियमले भने लेचेस्टाइनलाई सजिलै ७–० ले पराजित गर्‍यो र यससँगै समूह ‘जे’ मा शीर्ष स्थान हात पार्‍यो ।

समूह ‘बी’ मा स्विट्जरल्यान्डले कोसोभोसँग १–१ को बराबरी खेल्यो र त्यसले उसलाई समूह विजेता बनायो ।

यस्तै अस्ट्रिया बोस्निया एन्ड हर्जगोभिनासँग १–१ को बराबरीमा रोकिएपनि समूह ‘एच’मा शीर्षस्थानमा रहँदै छनोट भयो । अब युरोपमा प्ले अफका खेल हुनेछन् ।