१९ मंसिर २०८२, शुक्रबार
,
Latest
प्लेअफमा पुग्न लुम्बिनीले पायो १३३ रनको लक्ष्य मधेश प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा बालुवाटारमा सर्वपक्षीय बैठक सुरु भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन मधेशको मुख्यमन्त्रीमा कांग्रेस सांसद कृष्णप्रसाद यादवको दाबी पेश भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की जेनजी आन्दोलनका सहिद: एउटा सपनाको अन्त्यसँगै देशले भोगेको गहिरो क्षति कृषिमन्त्री डा परियार र राजदूत चेन सङबीच भेटवार्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओलीको जन्मघरबाट ‘राष्ट्रिय पुनर्निर्माण अभियान’ सुरू



अ+ अ-

तेह्रथुम। जेन्जी आन्दोलनका क्रममा आगजनी भएको पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको आठराईस्थित ईवा गाउँको जन्म घरबाट आज ‘राष्ट्रिय पुनर्निर्माण अभियान’ औपचारिक रूपमा सुरू गरिएको छ।

ईवामा आयोजित विशेष समारोहमा राष्ट्रिय युवा संघका केन्द्रीय अध्यक्ष क्षितिज थेबेले अभियान शुभारम्भ गरिएको घोषणा गरेका हुन् । कार्यक्रममा उनले ओलीको घरबाट सुरू भएको पुनर्निर्माण अभियान अब देशभर विस्तार गरी राष्ट्रिय अभियानका रूपमा अघि बढाइने घोषणा गरे।
यस अभियानमार्फत आन्दोलनका क्रममा क्षति पुगेका भौतिक संरचनाहरू क्रमिक रूपमा पुनःनिर्माण गर्ने, जनस्तरमा राष्ट्रिय एकता र सहअस्तित्वको सन्देश फैलाउने तथा युवालाई विकास–निर्माणमा सक्रिय बनाउने उद्देश्य रहेको थेवेले बताए ।

राष्ट्रिय युवा संघका तेह्रथुम जिल्ला अध्यक्ष अनिल नेपालका अनुसार पूर्वप्रधानमन्त्री ओलीको जलेको घर नेकपा (एमाले) तेह्रथुम, पालिका कमिटी तथा युवा संघ तेह्रथुमको संयोजनमा पुनर्निर्माण गरिने छ।