काठमाडौँ। विराटनगर किङ्गसले दोस्रो संस्करणको नेपाल प्रिमियर लिग एनिपएलमा पाोखरा एभेन्जर्सलाई २२१ रनको लक्ष्य दिएको छ।
त्रिवि क्रिकेट रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरका लागि लोकश बम र मार्टीन गप्टीले १३२ रनको शानदार साँझेदारी गर्दै विशाल योगफल तर्फ अघि लगे।
लोकेशले ४८ बलमा ७ चौका र एक छक्काको सहयोगमा ७२ रन बनाएर आउट भए। यस्तै, मार्टीनले ३५ बलमा ६ छक्का र ३ चौकाको सहयोगमा ६१ रन प्रहार गरे।
यस्तै, जर्ज मुन्से १०, बसिर अहमदले २३, नारायन जोशी र सुभवा रन्जनिले अविजित रन बनाए। यता, पोखराको लागि म्याथ्यू टेलरले दुई विकेट लिँदा कप्तान कुशल भुर्तेलले एक विकेट हात पारे।










