१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar नेपथ्यले गरायो कोरियामा बृहद् नेपाली जमघट News Polar मनाङमा बाढी–पहिरोले ठूलो क्षति, १४ जना सम्पर्कविहीन News Polar नारायणीको बाढीले नवलपुरमा ११ सयभन्दा बढी विस्थापित, तत्काल राहत दिन सांसद खनालको माग News Polar सांसद गिरीको आरोप– सरकार गलत बाटोतर्फ अघि बढिरहेको छ News Polar विद्युत महसुलमा लगाइएको भ्याट फिर्ता लिन महासंघको आग्रह News Polar पूर्वप्रधानन्यायाधीश राणाको पक्राउलाई लिएर संसदमा एमालेको आक्रोशः ‘सरकारले राज्य आतङ्क मच्चायो’ News Polar बागलुङमा पहिरोमा परी १० जनाको मृत्यु, एक बेपत्ता News Polar बिपी राजमार्ग खुलाउने प्रयास जारी News Polar दुलालको प्रश्न– ‘के खाएपछि मध्यरातमा जोश आउँछ र असंवैधानिक काम हुन्छ?’ News Polar एमाले उपनेता अर्यालको मागः ‘विपद्को दीर्घकालीन व्यवस्थापनका लागि राष्ट्रिय गुरुयोजना बनाऊ’ News Polar सरकारको कामकारबाही ‘लुकिछिपी’ शैलीको भयोः सांसद राई News Polar मेलबर्नमा नेवा: गुठीको आयोजनामा इन्द्र जात्रा–येँया पुन्ही सम्पन्न News Polar पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले मागे थप सुरक्षा News Polar थुनिएको मस्र्याङ्दी नदीमा पानी बग्न थाल्यो News Polar सुनचाँदीको मूल्य ओरालो News Polar अर्बको एकमहिने निक्षेप सङ्कलनको बोलकबोल आह्वान News Polar चाडपर्वमा यात्रु नठगिउन्, सडक सुरक्षा र पूर्वाधार सुधारमा गम्भीर बनौँः सांसदहरू News Polar प्रदेश सरकार बोझिलो र खर्चिलो भएको धारणा तथ्यगत होइन : मुख्यमन्त्री थापा मगर News Polar मनसुनजन्य विपदबाट देशका विभिन्न राजमार्ग अवरुद्ध News Polar यातायात क्षेत्रको बेथिति र भ्रष्टाचारबारे सांसद पाण्डेको आक्रोशः ‘कार्यान्वयन नभए अनुगमनमा निस्किन्छौँ’

जीवित देवी श्रीकुमारीको तोरण पुनःस्थापना गरिने

जीवित देवी श्रीकुमारीको तोरण पुनःस्थापना गरिने
अ अ+ अ-

काठमाडौँ।  वसन्तपुरस्थित जीवित देवी श्रीकुमारीको वासस्थानबाट चोरिएको तोरण आगामी शुक्रबार पुनःस्थापना गरिने भएको छ ।

विसं २०५६ तिर चोरिएको तोरण संयुक्त राज्य बेलायतको बाराकाट सङ्ग्रहालयमा भेट्टाइएपछि फिर्ता गरेर राष्ट्रिय सङ्ग्रहालय छाउनीमा राखिएको थियो ।

सो तोरण पुनःस्थापनाका लागि आज काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डङ्गोलको अध्यक्षतामा बसेको साझेदार कार्यालयका अधिकारीहरुको बैठकले, थिंलाथ्व पारुअर्थात् नेपाल संवत्को दोस्रो महिनाको पहिलो दिन वडा नम्बर २३ कार्यालयको संयोजन र सरोकारवाला तथा समुदायसँगको समन्वयमा पुनःस्थापना गर्ने निर्णय गरेको हो ।

बैठकमा उपप्रमुख डङ्गोलले, पुर्खाका सिर्जना समुदायमा असुरक्षित भए भनेर सङ्ग्रहालयमा राख्नु नहुने बरु, समुदायको जिम्मामा कलाकृतिलाई आफ्नै ठाउँमा राख्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।

“ती कलाकृतिहरुलाई सम्बन्धित वडाको अगुवाइमा पुनःस्थापित गराउने अभियान नै चलाउँछौँ”, उहाँले भन्नुभयो, “कुमारी घरको तोरणको सुरक्षाका लागि सबै चनाखो हुनुपर्छ । अहिले समुदाय सचेत र सक्रिय छ । वसन्तपुर क्षेत्र सुरक्षा निकायको आँखाभन्दा टाढा छैन । यसकारण तोरणलाई आफ्नै ठाउँमा राख्न अब डराउनु पर्दैन ।”

बैठकमा वडा नम्बर २३ का अध्यक्ष एवं कामपाको विधायन समितिका संयोजक मचाराजा महर्जनले, कुमारी घरको गरिमा बचाउन वडा कार्यालयले सक्रिय भूमिका निर्वाह गर्ने, आवश्यक स्रोत, साधन, उपकरण र जनशक्तिको परिचालन गर्ने धारणा राख्नुभयो ।

कुमारी घरका संरक्षक गौतम शाक्यका अनुसार यी २०५६÷०५७ सालमा बेलुकाको समय पारेर ट्याक्सीमा राखेर तोरण चोरिएका हुन् । “तोरण निकाल्दा निकाल्दै देखेर प्रश्न गर्नेलाई चोरले, मर्मत गर्न लगेको भनेर जवाफ दिएछन्”, शाक्यले भन्नुभयो, “तीन महिनाभित्र तीनवटै तोरण हराएका हुन् । यसरी चोरी भएको विषय पुरातत्व विभागमा जानकारी दिएको र नेपाल प्रहरीमा खोजी गर्न निवेदन दिइएको थियो ।

कुमारी वहालको तोरण र मञ्जुश्री नकःमहाविहारका दाताको मूर्ति २०७८ चैत ४ गते (सन् २०२२ मार्च १८ तारिख)का दिन बेलायतका लागि नेपालवासमा हस्तान्तरण गरिएको थियो । त्यसपछि नेपाल ल्याएर छाउनी सङ्ग्रहालयमा बुझाइएको थियो ।

यसरी हराएका चोरिएका कलाकृति तथा मूर्तिहरु फिर्ता गराउन सन् १९७० को युनेस्को महासन्धिको व्यवस्था प्रयोग गर्ने गरिएको छ । प्राचीन स्मारक ऐन २०१३ अनुसार १०० वर्ष अवधि पूरा गरेका सांस्कृतिक संरचनालाई सम्पदाका रुपमा ग्रहण गरिन्छ ।