१५ श्रावण २०८३, शुक्रबार
,
Latest
सामाजिक सद्भाव कायम राख्न रवि लामिछानेद्वारा धार्मिक अगुवासँग छलफल ब्रड पिक हिमपहिरोमा भेटिएका चार शवमध्ये दुईको पहिचान स्मार्ट टेलिकम प्रकरणमा दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ धनुषामा आज सर्वदलीय सर्वपक्षीय बैठक बस्दै मिथ्या सूचनाको पछि नलाग्न र जिम्मेवार बन्न काँग्रेस सभापति थापाको आग्रह सामाजिक सद्भाव कायम गर्न उद्योग वाणिज्य महासंघको आह्वान, शान्तिका लागि सक्रिय हुन आग्रह समयसीमाभित्र तार व्यवस्थापन गर्न नसकेपछि आइस्पानद्वारा थप १५ दिनको समय माग, सञ्चार मन्त्रालयले भन्यो– ‘यो… राष्ट्रपति पौडेलद्वारा पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठप्रति श्रद्धाञ्जली धार्मिक अगुवासँग रवि लामिछानेको छलफल, सामाजिक सद्भाव कायम गर्न अपिल भाडा नतिरेपछि सार्वजनिक पुस्तकालयसहितका ‘स्टल’ बन्द
तपाईं के खोज्दै हुनुहुन्छ ?

छ हजारलाई आधारभूत योग शिक्षा प्रदान



अ+ अ-

बागलुङ। बागलुङमा छ हजार नागरिकलाई योग शिक्षा प्रदान गरिएको छ । मानवसेवा आश्रम बागलुङ शाखाले आयोजना गरेको योग शिविरबाट छ हजार बढीलाई योगासनको विषयमा जानकारी गराइएको हो ।

आश्रमको निर्माणाधीन भवन सम्पन्न गर्ने उद्देश्यले आयोजना गरिएको श्रीमद् भागवत सप्ताह ज्ञान विज्ञान महायज्ञको अवसरमा छ हजारलाई योग शिक्षा दिइएको आयोजकले जनाएको छ ।

गत कात्तिक २२ गतेदेखि एक हप्ता योग शिविर सञ्चालन गरिएको थियो । पतञ्जली योग समिति नेपालका योग प्रशिक्षक ललित शङ्कर योगीले योग, ध्यान र प्राणायम गराउनुभएको थियो ।

पतञ्जली योग समिति बागलुङका सङ्गठन, मन्त्री तथा महायज्ञ व्यवस्थापन योग उपसमितिका संयोजक अमृत कँडेलको संयोजकत्वमा शिविरको सञ्चालन तथा व्यवस्थापन गरिएको थियो । रासस