१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar नेपथ्यले गरायो कोरियामा बृहद् नेपाली जमघट News Polar मनाङमा बाढी–पहिरोले ठूलो क्षति, १४ जना सम्पर्कविहीन News Polar नारायणीको बाढीले नवलपुरमा ११ सयभन्दा बढी विस्थापित, तत्काल राहत दिन सांसद खनालको माग News Polar सांसद गिरीको आरोप– सरकार गलत बाटोतर्फ अघि बढिरहेको छ News Polar विद्युत महसुलमा लगाइएको भ्याट फिर्ता लिन महासंघको आग्रह News Polar पूर्वप्रधानन्यायाधीश राणाको पक्राउलाई लिएर संसदमा एमालेको आक्रोशः ‘सरकारले राज्य आतङ्क मच्चायो’ News Polar बागलुङमा पहिरोमा परी १० जनाको मृत्यु, एक बेपत्ता News Polar बिपी राजमार्ग खुलाउने प्रयास जारी News Polar दुलालको प्रश्न– ‘के खाएपछि मध्यरातमा जोश आउँछ र असंवैधानिक काम हुन्छ?’ News Polar एमाले उपनेता अर्यालको मागः ‘विपद्को दीर्घकालीन व्यवस्थापनका लागि राष्ट्रिय गुरुयोजना बनाऊ’ News Polar सरकारको कामकारबाही ‘लुकिछिपी’ शैलीको भयोः सांसद राई News Polar मेलबर्नमा नेवा: गुठीको आयोजनामा इन्द्र जात्रा–येँया पुन्ही सम्पन्न News Polar पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले मागे थप सुरक्षा News Polar थुनिएको मस्र्याङ्दी नदीमा पानी बग्न थाल्यो News Polar सुनचाँदीको मूल्य ओरालो News Polar अर्बको एकमहिने निक्षेप सङ्कलनको बोलकबोल आह्वान News Polar चाडपर्वमा यात्रु नठगिउन्, सडक सुरक्षा र पूर्वाधार सुधारमा गम्भीर बनौँः सांसदहरू News Polar प्रदेश सरकार बोझिलो र खर्चिलो भएको धारणा तथ्यगत होइन : मुख्यमन्त्री थापा मगर News Polar मनसुनजन्य विपदबाट देशका विभिन्न राजमार्ग अवरुद्ध News Polar यातायात क्षेत्रको बेथिति र भ्रष्टाचारबारे सांसद पाण्डेको आक्रोशः ‘कार्यान्वयन नभए अनुगमनमा निस्किन्छौँ’

सञ्चार संस्थाको सबलीकरण नीतिअनुसार राससको विकासमा पनि सहयोग गर्छौँः मुख्यमन्त्री शाह

सञ्चार संस्थाको सबलीकरण नीतिअनुसार राससको विकासमा पनि सहयोग गर्छौँः मुख्यमन्त्री शाह
फाइल फोटो
अ अ+ अ-

सुदूरपश्चिम। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले राष्ट्रिय समाचार समिति (रासस)को संस्थागत एवम् पूर्वाधार विकासका लागि प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।

मुख्यमन्त्री शाह र राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाबीच आज धनगढीमा भएको छलफलका क्रममा उहाँले सञ्चार संस्थाको सबलीकरणको नीतिअनुसार राससको विकासमा पनि सहयोग रहने बताउनुभएको हो ।

मुख्यमन्त्री शाहले धनगढीमा राससको प्रादेशिक कार्यालय भवन निर्माणका लागि विनियोजित गरिएको बजेट कार्यान्वयनका लागि छिट्टै बोलपत्रको प्रक्रिया अघि बढाउने प्रतिबद्धता जनाउनुभयो ।

प्रदेश सरकार, आन्तरिक मामिला तथा कानुन मन्त्रालयले चालु आर्थिक वर्षको बजेटमा धनगढीस्थित राससको जग्गामा नयाँ भवन निर्माण योजनाका लागि रु ७० लाख बजेट विनियोजन गरेको छ ।

उक्त भवन निर्माणका लागि आन्तरिक मामिला तथा कानुन मन्त्रालयले विस्तृत परियोजना प्रतिवेदन ‘डिपिआर’ तयार पारी स्वीकृतसमेत गरिसकेको छ ।

मुख्यमन्त्री र अध्यक्ष झाबीच सुदूरपश्चिम प्रदेशको समग्र पत्रकारिताको विकासबारे छलफल भएको थियो । त्यस क्रममा अध्यक्ष झाले सङ्घीयताको मर्मअनुसार प्रदेश सरकारसँग सहकार्य गरेर सरकारका गतिविधिमा सहयोग गर्न रासस तत्पर रहेको बताउनुभयो ।

उहाँले जनचाहनाअनुरुप सेवा प्रवाह गर्नु सरकारको प्राथमिक विषय भएजस्तै समाचार र सूचनाको प्रवाह गरी त्यस कार्यमा सहयोग गर्नु आफूहरूको समेत दायित्व भएको धारणा राख्नुभयो ।

कार्यकारी अध्यक्ष झाले प्रदेश सरकारकै सहयोगमा राससको नयाँ भवन निर्माणका लागि ‘डिपिआर’ बनिसकेकाले मुख्यमन्त्रीको प्रतिबद्धताअनुसार चाँडै काम अगाडि बढ्ने विश्वास गर्दै यस कार्यले प्रदेश सरकारसँगको सहकार्य थप बलियो हुने बताउनुभयो । रासस