१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar नेपथ्यले गरायो कोरियामा बृहद् नेपाली जमघट News Polar मनाङमा बाढी–पहिरोले ठूलो क्षति, १४ जना सम्पर्कविहीन News Polar नारायणीको बाढीले नवलपुरमा ११ सयभन्दा बढी विस्थापित, तत्काल राहत दिन सांसद खनालको माग News Polar सांसद गिरीको आरोप– सरकार गलत बाटोतर्फ अघि बढिरहेको छ News Polar विद्युत महसुलमा लगाइएको भ्याट फिर्ता लिन महासंघको आग्रह News Polar पूर्वप्रधानन्यायाधीश राणाको पक्राउलाई लिएर संसदमा एमालेको आक्रोशः ‘सरकारले राज्य आतङ्क मच्चायो’ News Polar बागलुङमा पहिरोमा परी १० जनाको मृत्यु, एक बेपत्ता News Polar बिपी राजमार्ग खुलाउने प्रयास जारी News Polar दुलालको प्रश्न– ‘के खाएपछि मध्यरातमा जोश आउँछ र असंवैधानिक काम हुन्छ?’ News Polar एमाले उपनेता अर्यालको मागः ‘विपद्को दीर्घकालीन व्यवस्थापनका लागि राष्ट्रिय गुरुयोजना बनाऊ’ News Polar सरकारको कामकारबाही ‘लुकिछिपी’ शैलीको भयोः सांसद राई News Polar मेलबर्नमा नेवा: गुठीको आयोजनामा इन्द्र जात्रा–येँया पुन्ही सम्पन्न News Polar पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले मागे थप सुरक्षा News Polar थुनिएको मस्र्याङ्दी नदीमा पानी बग्न थाल्यो News Polar सुनचाँदीको मूल्य ओरालो News Polar अर्बको एकमहिने निक्षेप सङ्कलनको बोलकबोल आह्वान News Polar चाडपर्वमा यात्रु नठगिउन्, सडक सुरक्षा र पूर्वाधार सुधारमा गम्भीर बनौँः सांसदहरू News Polar प्रदेश सरकार बोझिलो र खर्चिलो भएको धारणा तथ्यगत होइन : मुख्यमन्त्री थापा मगर News Polar मनसुनजन्य विपदबाट देशका विभिन्न राजमार्ग अवरुद्ध News Polar यातायात क्षेत्रको बेथिति र भ्रष्टाचारबारे सांसद पाण्डेको आक्रोशः ‘कार्यान्वयन नभए अनुगमनमा निस्किन्छौँ’

मौलाकाली केबलकारको परीक्षण सफल, एक दुई दिनमा सञ्चालनमा आउने

मौलाकाली केबलकारको परीक्षण सफल, एक दुई दिनमा सञ्चालनमा आउने
अ अ+ अ-

काठमाडौं। गत भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा भएको घुसपैठबाट आक्रमणमा परेको मौलाकाली केबलकारको पुनर्निर्माण सम्पन्न भएसँगै सञ्चालनमा आउने अन्तिम तयारी भएको छ ।

निर्माण कार्य सम्पन्न भई हिजोबाट परीक्षण सञ्चालन भएको र परीक्षण सफल भएपछि अबको एक दुई दिनमा सर्वसाधारण सबैका लागि खुला हुने सो केबलकारका संस्थापक एवं नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले जानकारी दिनुभएको छ ।

उहाँले आज फेसबुकमा भन्नुभएको छ– बटम स्टेशनका संरचनाहरूको आवश्यक मर्मत–सम्भार सम्पन्न भइसकेको छ । अब केबलकार सेवा तथा माथिल्लो स्टेशनमा अवस्थित इला होटल एण्ड रिसोर्ट दुवै पूर्ण रूपमा सञ्चालनमा आएका छन् । हिजो आइतबार बेलुकादेखि प्राविधिक परीक्षण सफल भइ केबलकार पनि सञ्चालनमा आएको छ । अब एक दुई दिनको परीक्षण पश्चात सर्वसाधारण एवं सबैका लागि खुल्ला हुनेछ ।

सो आन्दोलनका कारण काठमाडौँको चन्द्रागिरि र चितवनस्थि मौलाकाली केबलकारमा आगजनी भएको थियो । आगजनी तथा तोडफोडका क्रममा चन्द्रागिरि भन्दा पनि बढी मौलाकालीमा क्षति पुगेको थियो ।

मौलाकाली केबलकारको बटम स्टेसन र त्यहाँ पार्किङ गरी राखिएका गोण्डुलाहरुमा नै आगो लगाइएको थियो । त्यसपछि यी दुवै केबलकार निर्माण गरेको विदेशी कम्पनीबाट नै जनशक्ति र सामान मगाएर निर्माण कार्य सुरु भएको थियो । सो प्राविधिक समूहले चन्द्रागिरि निर्माण सम्पन्न गरेपछि मौलाकालीमा काम गर्न गएका थिए । चन्द्रागिरि भने गत हप्तादेखि नै सञ्चालनमा आएको छ ।

यता मौलाकालीको निर्माण सम्पन्न भएर परीक्षण सफल भएसँगै अध्यक्ष ढकालले आज फेसबुकमा लेख्नुभएको छ– हामी अझ सबल र सक्षम रूपमा तपाईंहरूको सेवामा फर्किएका छौँ ।

आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनमार्फत स्थानीय समुदायको आर्थिक र सामाजिक रूपान्तरणमा योगदान पु¥याउँदै, मुलुकको समग्र विकास तथा नेपाल सरकारको लक्ष्य हासिल गर्न सहयोग गर्नु हाम्रो दायित्व हो भन्ने हामी दृढतापूर्वक विश्वास गर्छौँ । हामी नयाँ ऊर्जा, नयाँ उत्साह र अझ स्तरीय सेवामा पूर्ण रूपमा समर्पित रहनेछौँ ।

उहाँले अप्ठ्यारो परिस्थितिमा साथ, सहयोग, हौसला र विश्वास प्रकट गर्ने नेपाल सरकारका विभिन्न निकाय, राजनीतिक दल, संघ–संस्था, स्थानीय समुदाय, उद्यमी व्यवसायी तथा शेयरहोल्डर, सञ्चारकर्मी लगायत सबैमा आभार पनि व्यक्त गर्नुभएको छ ।