१९ मंसिर २०८२, शुक्रबार
,
Latest
प्लेअफमा पुग्न लुम्बिनीले पायो १३३ रनको लक्ष्य मधेश प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा बालुवाटारमा सर्वपक्षीय बैठक सुरु भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन मधेशको मुख्यमन्त्रीमा कांग्रेस सांसद कृष्णप्रसाद यादवको दाबी पेश भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की जेनजी आन्दोलनका सहिद: एउटा सपनाको अन्त्यसँगै देशले भोगेको गहिरो क्षति कृषिमन्त्री डा परियार र राजदूत चेन सङबीच भेटवार्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

मौलाकाली केबलकारको परीक्षण सफल, एक दुई दिनमा सञ्चालनमा आउने



अ+ अ-

काठमाडौं। गत भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा भएको घुसपैठबाट आक्रमणमा परेको मौलाकाली केबलकारको पुनर्निर्माण सम्पन्न भएसँगै सञ्चालनमा आउने अन्तिम तयारी भएको छ ।

निर्माण कार्य सम्पन्न भई हिजोबाट परीक्षण सञ्चालन भएको र परीक्षण सफल भएपछि अबको एक दुई दिनमा सर्वसाधारण सबैका लागि खुला हुने सो केबलकारका संस्थापक एवं नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले जानकारी दिनुभएको छ ।

उहाँले आज फेसबुकमा भन्नुभएको छ– बटम स्टेशनका संरचनाहरूको आवश्यक मर्मत–सम्भार सम्पन्न भइसकेको छ । अब केबलकार सेवा तथा माथिल्लो स्टेशनमा अवस्थित इला होटल एण्ड रिसोर्ट दुवै पूर्ण रूपमा सञ्चालनमा आएका छन् । हिजो आइतबार बेलुकादेखि प्राविधिक परीक्षण सफल भइ केबलकार पनि सञ्चालनमा आएको छ । अब एक दुई दिनको परीक्षण पश्चात सर्वसाधारण एवं सबैका लागि खुल्ला हुनेछ ।

सो आन्दोलनका कारण काठमाडौँको चन्द्रागिरि र चितवनस्थि मौलाकाली केबलकारमा आगजनी भएको थियो । आगजनी तथा तोडफोडका क्रममा चन्द्रागिरि भन्दा पनि बढी मौलाकालीमा क्षति पुगेको थियो ।

मौलाकाली केबलकारको बटम स्टेसन र त्यहाँ पार्किङ गरी राखिएका गोण्डुलाहरुमा नै आगो लगाइएको थियो । त्यसपछि यी दुवै केबलकार निर्माण गरेको विदेशी कम्पनीबाट नै जनशक्ति र सामान मगाएर निर्माण कार्य सुरु भएको थियो । सो प्राविधिक समूहले चन्द्रागिरि निर्माण सम्पन्न गरेपछि मौलाकालीमा काम गर्न गएका थिए । चन्द्रागिरि भने गत हप्तादेखि नै सञ्चालनमा आएको छ ।

यता मौलाकालीको निर्माण सम्पन्न भएर परीक्षण सफल भएसँगै अध्यक्ष ढकालले आज फेसबुकमा लेख्नुभएको छ– हामी अझ सबल र सक्षम रूपमा तपाईंहरूको सेवामा फर्किएका छौँ ।

आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनमार्फत स्थानीय समुदायको आर्थिक र सामाजिक रूपान्तरणमा योगदान पु¥याउँदै, मुलुकको समग्र विकास तथा नेपाल सरकारको लक्ष्य हासिल गर्न सहयोग गर्नु हाम्रो दायित्व हो भन्ने हामी दृढतापूर्वक विश्वास गर्छौँ । हामी नयाँ ऊर्जा, नयाँ उत्साह र अझ स्तरीय सेवामा पूर्ण रूपमा समर्पित रहनेछौँ ।

उहाँले अप्ठ्यारो परिस्थितिमा साथ, सहयोग, हौसला र विश्वास प्रकट गर्ने नेपाल सरकारका विभिन्न निकाय, राजनीतिक दल, संघ–संस्था, स्थानीय समुदाय, उद्यमी व्यवसायी तथा शेयरहोल्डर, सञ्चारकर्मी लगायत सबैमा आभार पनि व्यक्त गर्नुभएको छ ।