३ भाद्र २०८३, बुधबार
,
Latest
मानवीय सेवामा जिम्मेवार र कर्तव्यनिष्ठ भएर लाग्न गृहसचिव श्रेष्ठको आग्रह किरण थापालाई समर्थनबारे बुझाइएको पत्र आधिकारिक नभएको राप्रपाको स्पष्टोक्ति ‘केटीएम पब्लिक ट्रान्सपोर्ट’ एप सार्वजनिक, १ हजार २ सय सवारी जीपीएसमा जोडिए ओभरलोड र पानी चुहाउने ट्रकका कारण कलंकी–नागढुङ्गा सडक जोखिममा सरकारी कार्यालयमा अनुशासन कडाइ, ११ हजार कर्मचारी कारबाहीको दायरामा राहदानी ऐन संशोधन विधेयक : के–के बदलिँदैछन् ? भद्रकाली मन्दिर परिसरको पुनर्निर्माण तीव्रगतिमा ‘इतिहास नपढी ३५ वर्षलाई गाली गरेर मात्र देश चल्दैन’: नेकपा सांसद विष्ट गोर्खाली सैनिकको साहस र योगदानको भारतीय सेनाध्यक्षद्वारा प्रशंसा रेडक्रसलाई तदर्थवादबाट मुक्त गरी अतिक्रमित सरकारी जग्गा फिर्ता ल्याउन सांसद शाहीको माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

डर्टमण्डलाई हराउँदै पीएसजी क्वाटरफाइनलमा



अ+ अ-

फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । बुधबार राति घरेलु मैदानमा भएको अन्तिम १६ को दोस्रो लेगमा पीएसजीले बोरुसिया डर्टमण्डलाई २–० गोल अन्तरले पराजित गर्दै समग्रमा ३–२ को जितसहित अन्तिम आठमा पुगेको हो । पीएसजीलाई जित दिलाउन नेयमार र जुवान बर्नाटले एक एक गोल गरे ।

१० खेलाडीमा सिमित बनेको डर्टमण्डविरुद्ध खेलमा नेयमारले २८ औं मिनेटमा गरेको गोलबाट पीएसजीले अग्रता बनाएको थियो । त्यसपछि खेलको ४५ औं मिनेटमा बर्नाटले गोल गर्दै पीएसजीलाई २–० को जित दिलाए ।

यस्तै खेलको ८९ औं मिनेटमा इम्री क्यानले रातो कार्ड पाउँदा डर्टमण्ड अन्तिम केहि समय १० खेलाडीमा समेटिएको थियो । उनले नेयमारलाई खराब ट्याकल गरेका थिए ।