१ पुष २०८२, मंगलवार
,
Latest
नेपाल आउने भारतीय र भारत जाने नेपालीले प्रतिव्यक्ति भा.रु. २५ हजारसम्म बोक्न पाउने रेडपाण्डा म्याराथनः पुरुषतर्फ गजेन्द्र र महिलातर्फ निर्मलाले उपाधि जिते दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक सभापति देउवा र नेता कोइरालाबीच भेट जेनजी सुशासन योद्धा: भट्ट परिवारको सहारा, कान्छो ढल्यो… भृकुटीमण्डपमा एमालेको ११ औं राष्ट्रिय महाधिवेशन (तस्बिरहरु) वैदेशिक रोजगारमा हुने ठगी रोक्न श्रम मन्त्रालयले ‘हेल्प टु हेल्प १० सेल’ सञ्चालनमा ल्याउने सडक पीडित श्रेष्ठ भन्छन् – हामी सुकुम्वासी हुने भयौँ ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा बिलबिजक नभएको सामानसहित पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

डर्टमण्डलाई हराउँदै पीएसजी क्वाटरफाइनलमा



अ+ अ-

फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । बुधबार राति घरेलु मैदानमा भएको अन्तिम १६ को दोस्रो लेगमा पीएसजीले बोरुसिया डर्टमण्डलाई २–० गोल अन्तरले पराजित गर्दै समग्रमा ३–२ को जितसहित अन्तिम आठमा पुगेको हो । पीएसजीलाई जित दिलाउन नेयमार र जुवान बर्नाटले एक एक गोल गरे ।

१० खेलाडीमा सिमित बनेको डर्टमण्डविरुद्ध खेलमा नेयमारले २८ औं मिनेटमा गरेको गोलबाट पीएसजीले अग्रता बनाएको थियो । त्यसपछि खेलको ४५ औं मिनेटमा बर्नाटले गोल गर्दै पीएसजीलाई २–० को जित दिलाए ।

यस्तै खेलको ८९ औं मिनेटमा इम्री क्यानले रातो कार्ड पाउँदा डर्टमण्ड अन्तिम केहि समय १० खेलाडीमा समेटिएको थियो । उनले नेयमारलाई खराब ट्याकल गरेका थिए ।