१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar नेपथ्यले गरायो कोरियामा बृहद् नेपाली जमघट News Polar मनाङमा बाढी–पहिरोले ठूलो क्षति, १४ जना सम्पर्कविहीन News Polar नारायणीको बाढीले नवलपुरमा ११ सयभन्दा बढी विस्थापित, तत्काल राहत दिन सांसद खनालको माग News Polar सांसद गिरीको आरोप– सरकार गलत बाटोतर्फ अघि बढिरहेको छ News Polar विद्युत महसुलमा लगाइएको भ्याट फिर्ता लिन महासंघको आग्रह News Polar पूर्वप्रधानन्यायाधीश राणाको पक्राउलाई लिएर संसदमा एमालेको आक्रोशः ‘सरकारले राज्य आतङ्क मच्चायो’ News Polar बागलुङमा पहिरोमा परी १० जनाको मृत्यु, एक बेपत्ता News Polar बिपी राजमार्ग खुलाउने प्रयास जारी News Polar दुलालको प्रश्न– ‘के खाएपछि मध्यरातमा जोश आउँछ र असंवैधानिक काम हुन्छ?’ News Polar एमाले उपनेता अर्यालको मागः ‘विपद्को दीर्घकालीन व्यवस्थापनका लागि राष्ट्रिय गुरुयोजना बनाऊ’ News Polar सरकारको कामकारबाही ‘लुकिछिपी’ शैलीको भयोः सांसद राई News Polar मेलबर्नमा नेवा: गुठीको आयोजनामा इन्द्र जात्रा–येँया पुन्ही सम्पन्न News Polar पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले मागे थप सुरक्षा News Polar थुनिएको मस्र्याङ्दी नदीमा पानी बग्न थाल्यो News Polar सुनचाँदीको मूल्य ओरालो News Polar अर्बको एकमहिने निक्षेप सङ्कलनको बोलकबोल आह्वान News Polar चाडपर्वमा यात्रु नठगिउन्, सडक सुरक्षा र पूर्वाधार सुधारमा गम्भीर बनौँः सांसदहरू News Polar प्रदेश सरकार बोझिलो र खर्चिलो भएको धारणा तथ्यगत होइन : मुख्यमन्त्री थापा मगर News Polar मनसुनजन्य विपदबाट देशका विभिन्न राजमार्ग अवरुद्ध News Polar यातायात क्षेत्रको बेथिति र भ्रष्टाचारबारे सांसद पाण्डेको आक्रोशः ‘कार्यान्वयन नभए अनुगमनमा निस्किन्छौँ’

असुरक्षा बढेको भन्दै सिरहाका उद्योगी–व्यवसायी चिन्तित

असुरक्षा बढेको भन्दै सिरहाका उद्योगी–व्यवसायी चिन्तित
अ अ+ अ-

सिरहा। बारम्बार हुने आन्दोलन, कमजोर बजार अवस्था र प्रशासनिक झन्झटका कारण सिरहाका उद्योगी–व्यवसायी चिन्तित बनेका छन् ।

जिल्ला उद्योग वाणिज्य सङ्घ सिरहा, लहानले आज यहाँ आयोजना गरेको स्वागत, सम्मान तथा अन्तरक्रिया कार्यक्रममा उद्योगी–व्यवसायीहरूले समस्या समाधानका लागि सरोकार भएकाहरूको ध्यानाकर्षण गराएका हुन् ।

प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलसहित चारै सुरक्षा निकायका प्रमुखहरूको उपस्थितिमा भएको कार्यक्रममा सङ्घका अध्यक्ष विकास सारडाले निजी क्षेत्रको मनोबल उठाउने वातावरण निर्माण गर्न राज्य गम्भीर हुनुपर्नेमा जोड दिनुभयो । “कोभिड–१९ महामारी, आर्थिक मन्दी, ‘जेनजी’ प्रदर्शन र वर्षालगायत विपत्तिले पु¥याएको क्षतिका घटनाले निजी क्षेत्र समस्यामा छ । ऋण गरेर लगानी गर्ने, तर रोजगारी सिर्जना गर्ने निजी क्षेत्रमाथि आक्रमण गर्ने कामले देशको आर्थिक भविष्य नै जोखिममा पारेको छ”, उहाँले भन्नुभयो ।

अध्यक्ष सारडाले बैङ्कको कडा कर्जा नीति, बजार चलायमान नहुनु र सीमापारि नेपाली ग्राहकको आकर्षण बढ्नु आन्तरिक बजारका लागि चुनौतीका रूपमा रहेको बताउनुभयो ।

सङ्घका निवर्तमान अध्यक्ष अशोकलाल अमात्य, सुखीपुर उद्योग व्यापार समितिका अध्यक्ष सुरज, होटल तथा पर्यटन व्यवसायी सङ्घ सिरहाका अध्यक्ष रामकुमार गुप्ताले आफ्ना गुनासा राख्नुभयो ।

लहान नगरपालिका प्रमुख महेशप्रसाद चौधरीले व्यापारीमाथि परेको समस्या समाधान गर्न आफूहरूले गर्नुपर्ने सहजीकरणका लागि तयार रहेको बताउनुभयो । सबै पक्ष मिलेर सामूहिक भावनासहित अघि बढे मात्र समस्याको दीर्घकालीन समाधान सम्भव हुने उहाँको भनाइ थियो ।

प्रमुख जिल्ला अधिकारी पौडेलले अर्थतन्त्र सुदृढीकरणमा निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण भएको बताउँदै सुरक्षित र स्थिर वातावरण निर्माण गर्न प्रशासन प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले शान्तिसुरक्षा राज्य मात्र नभई नागरिक समाज र समुदायको समेत जिम्मेवारी भएकाले सहकार्यको माध्यमबाट समस्या समाधान गर्न लाग्नुपर्ने धारणा राख्नुभयो।

प्रजिअ पौडेलले राजमार्ग क्षेत्रमा रात्रिकालीन होटल व्यवसाय २४ घण्टा सञ्चालन गर्न अनुमति दिइने, अन्य व्यवसाय राति ९ः०० बजेसम्म सञ्चालन गर्न सकिने तथा ब्लकको जग्गा फुकुवासम्बन्धी प्रक्रिया द्रूत गतिमा अघि बढाइएको जानकारी दिनुभयो । खुला सीमाबाट लुकीछिपी सामान भित्र्याई व्यवसाय नगर्न पनि उहाँले व्यवसायीलाई आग्रह गर्नुभयो ।