१५ श्रावण २०८३, शुक्रबार
,
Latest
स्मार्ट टेलिकम प्रकरणमा दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ धनुषामा आज सर्वदलीय सर्वपक्षीय बैठक बस्दै मिथ्या सूचनाको पछि नलाग्न र जिम्मेवार बन्न काँग्रेस सभापति थापाको आग्रह सामाजिक सद्भाव कायम गर्न उद्योग वाणिज्य महासंघको आह्वान, शान्तिका लागि सक्रिय हुन आग्रह समयसीमाभित्र तार व्यवस्थापन गर्न नसकेपछि आइस्पानद्वारा थप १५ दिनको समय माग, सञ्चार मन्त्रालयले भन्यो– ‘यो… राष्ट्रपति पौडेलद्वारा पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठप्रति श्रद्धाञ्जली धार्मिक अगुवासँग रवि लामिछानेको छलफल, सामाजिक सद्भाव कायम गर्न अपिल भाडा नतिरेपछि सार्वजनिक पुस्तकालयसहितका ‘स्टल’ बन्द माइतीघर डुबानप्रति कार्यवाहक प्रमुख डङ्गोलको चासो सुनचाँदीको मूल्य वृद्धि
तपाईं के खोज्दै हुनुहुन्छ ?

चालुखाता र शोधनान्तर बचतमा, १६ महिनाको आयात धान्ने मुद्रा सञ्चिति



अ+ अ-

काठमाडौँ। चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा चालु खाता र शोधनान्तर स्थिति बचतमा देखिएको छ।

नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२÷८३ को असोज महिनासम्मको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार चालु खाता रू दुई खर्ब ३७ अर्ब ५९ करोडले बचतमा रहेको छ ।

यस अवधिमा खुद पुँजीगत ट्रान्सफर रू पाँच अर्ब ५५ करोड रहेको छ । त्यस्तै, पछिल्लो तीन महिनामा रू एक अर्ब ७४ करोड प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) भित्रिएको राष्ट्र बैंकले जनाएको छ । असोज मसान्तसम्ममा शोधनान्तर स्थिति रू दुई खर्ब ६४ अर्ब तीन करोडले बचतमा रहेको छ ।

गत असार मसान्तमा रू २६ खर्ब ७७ अर्ब ६८ करोड बराबर रहेको कूल विदेशी विनिमय सञ्चिति पछिल्लो तीन महिनामा ११ दशमलव तीन प्रतिशतले वृद्धि भई असोज मसान्तमा रू २९ खर्ब ७९ अर्ब ८१ करोड पुगेको छ ।

कूल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति गत असार मसान्तमा रू २४ खर्ब १४ अर्ब ६४ करोड रहेकामा गत असोज मसान्तमा १० दशमलव पाँच पाँच प्रतिशतले वृद्धि भई रू २६ खर्ब ६७ अर्ब ७० करोड पुगेको छ ।

त्यस्तै राष्ट्र बैंक बाहेक बैंक तथा वित्तीय संस्थासँग रहेको विदेशी विनिमय सञ्चिति १८ दशमलव सात प्रतिशतले वृद्धि भई रू तीन खर्ब १२ अर्ब १० करोड कायम भएको छ । गत असोज मसान्तको कूल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २४ प्रतिशत रहेको छ ।

चालु आर्थिक वर्षको तेस्रो महिनासम्मको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले १९ दशमलव नौ महिनाको वस्तु आयात र १६ दशमलव चार महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको राष्ट्र बैैंकले जनाएको छ । रासस




भर्खरै