१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar संसदीय समितिको निर्देशनः चाडबाडमा यात्रु आवागमनलाई सहज र सुरक्षित तुल्याउनुस् News Polar प्रतिनिधिसभामा छ विधेयक प्रस्तुत News Polar अम्बर गुरुङ स्मृति सङ्गीत पुरस्कार शम्भुजीतलाई News Polar गोदावरी पर्यटन प्रवर्द्धन महोत्सवबाट सङ्कलित रकम बाढीपीडितलाई दिइने News Polar कपिलवस्तुमा क्षमताभन्दा बढी कैदीबन्दी : व्यवस्थापनमा चुनौती News Polar विशिष्ट व्यक्ति पक्राउ गर्ने क्रम नरोकिए सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड News Polar विमानस्थलबाट सुनसहित एक व्यक्ति पक्राउ News Polar नेपथ्यले गरायो कोरियामा बृहद् नेपाली जमघट News Polar मनाङमा बाढी–पहिरोले ठूलो क्षति, १४ जना सम्पर्कविहीन News Polar नारायणीको बाढीले नवलपुरमा ११ सयभन्दा बढी विस्थापित, तत्काल राहत दिन सांसद खनालको माग News Polar सांसद गिरीको आरोप– सरकार गलत बाटोतर्फ अघि बढिरहेको छ News Polar विद्युत महसुलमा लगाइएको भ्याट फिर्ता लिन महासंघको आग्रह News Polar पूर्वप्रधानन्यायाधीश राणाको पक्राउलाई लिएर संसदमा एमालेको आक्रोशः ‘सरकारले राज्य आतङ्क मच्चायो’ News Polar बागलुङमा पहिरोमा परी १० जनाको मृत्यु, एक बेपत्ता News Polar बिपी राजमार्ग खुलाउने प्रयास जारी News Polar दुलालको प्रश्न– ‘के खाएपछि मध्यरातमा जोश आउँछ र असंवैधानिक काम हुन्छ?’ News Polar एमाले उपनेता अर्यालको मागः ‘विपद्को दीर्घकालीन व्यवस्थापनका लागि राष्ट्रिय गुरुयोजना बनाऊ’ News Polar सरकारको कामकारबाही ‘लुकिछिपी’ शैलीको भयोः सांसद राई News Polar मेलबर्नमा नेवा: गुठीको आयोजनामा इन्द्र जात्रा–येँया पुन्ही सम्पन्न News Polar पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले मागे थप सुरक्षा

प्रदेशमा शान्तिसुरक्षा सुदृढ गर्न सुरक्षा निकायलाई मुख्यमन्त्री यादवको निर्देशन

प्रदेशमा शान्तिसुरक्षा सुदृढ गर्न सुरक्षा निकायलाई मुख्यमन्त्री यादवको निर्देशन
अ अ+ अ-

जनकपुर। मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले हालको बिग्रँदो राजनीति अवस्थामा शान्तिसुरक्षालाई प्रभावकारी बनाउन सुरक्षा निकायलाई निर्देशन दिनुभएको छ ।

आज जनकपुरधाममा भएको प्रदेश सुरक्षा समन्वय समितिको बैठकमा उहाँले राजनीतिको नाममा भइरहेको बदमासी र उग्र कार्यलाई रोक्न गम्भीर हुनुपर्नेमा जोड दिनुभयो ।

बैठकमा प्रदेशमा विभिन्न पक्षबाट भइरहेको आन्दोलन तथा सुरक्षा चुनौतीका विषयमा छलफल भएको मधेस प्रदेशका निमित्त प्रमुख सचिव लालबाबु कवाडीले जानकारी दिनुभयो । उहाँले पछिल्लो समयमा आन्दोलनका क्रममा कर्मचारी तथा प्रहरीमाथि भएको हातपातलगायत विषयमा पनि छलफल भएको बताउनुभयो ।

बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै मुख्यमन्त्री यादवले मधेस प्रदेशको शान्तिसुरक्षाका विविध पक्षमा छलफल भएको र सुरक्षा निकायलाई प्रदेश सरकारबाट पूर्ण सहयोग रहने आश्वस्त पार्दै उच्च मनोबलका साथ काम गर्न निर्देशन दिइएको बताउनुभयो । सुरक्षा अवस्था सुदृढ बनाउन प्रदेश सरकारको प्रमुखको हैसियतले प्रतिबद्ध रहेको बताउँदै उहाँले शान्तिसुरक्षाका लागि आवश्यक गर्ने भौतिक, आर्थिक तथा नैतिक समर्थन रहने विषयमा सुरक्षा प्रमुखहरूलाई आश्वस्त पारिएको बताउनुभयो ।

बैठकमा मधेस प्रदेशका प्रहरी नायब महानिरीक्षक, सशस्त्र प्रहरी नायब महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख, नेपाली सेनाका प्रदेश प्रमुखका साथै धनुषा जिल्लाका प्रमुख जिल्ला अधिकारीलगायत सुरक्षा अधिकारीहरूको सहभागिता रहेको थियो । रासस