२० मंसिर २०८२, शनिबार
,
Latest
दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रदेशका एक हजार गरिब तथा विपन्न परिवारका लागि घर निर्माण गर्नेछौँः मुख्यमन्त्री बानियाँ



फाइल फोटो
अ+ अ-

भक्तपुर। बाग्मती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले बाग्मती प्रदेशभित्रका गरिब परिवारका लागि एक हजार घर निर्माण भइरहेको बताउनुभएको छ ।

आज यहाँ आयोजित कार्यक्रममा उहाँले बाग्मती प्रदेश सरकारले चालु आर्थिक वर्षभित्र प्रदेशभरिका एक हजार गरिब तथा विपन्न नागरिकका लागि घर निर्माण गरी हस्तान्तरण गर्ने योजना अघि बढाएको बताउनुभएको हो ।

मुख्यमन्त्री बानियाँले प्रदेश सरकार गरिबमुखी, गाउँमुखी, सेवामुखी, विकासमुखी, आयमुखी र न्यायमुखी प्रदेश बनाउने लक्ष्यसहित अघि बढिरहेको बताउँदै घर निर्माणका लागि प्रक्रिया अगाडि बढाइएको बताउनुभयो ।

त्यस्ता परिवारलाई घरसँगै आयआर्जनका लागि किस्ताबन्दीमा रु दुई लाखसम्म सहयोग उपलब्ध गराउने पनि बताउनुभयो । मुख्यमन्त्री बानियाँले भन्नुभयो, “गरिब, विपन्न, असहायका लागि प्रदेश सरकारले एक हजार घर निर्माण गरेर हस्तान्तरण गर्नेछ ।

त्यसका लागि प्रक्रिया अगाडि बढाएको छ । ती परिवारलाई गरिखाने व्यवस्थापनका लागि दुई किस्तामा गरी रु दुई लाखसमेत प्रदान गर्ने तयारी छ । त्यो पैसाले बाख्रापालन वा अन्य कुनै व्यवसाय गर्नुपर्नेछ, पहिलो किस्तामा रु एक लाख र व्यवसाय सुरु गरेपछि अर्को किस्ता दिनेछौँ ।”

उहाँले सरकारले गरिब तथा विपन्न बालबालिकालाई निःशुल्क पढाउने व्यवस्थासमेत गर्ने भन्दै  आर्थिक अवस्था कमजोर भएकै कारण पढाइबाट वञ्चित हुन नपर्ने गरी व्यवस्था गर्ने लागिएको जनकारी दिनुभयो ।

मुख्यमन्त्री बानियाँले फागुन २१ मा तोकिएको निर्वाचनमा दल र जनतामा उत्साह जगाउने जिम्मेवारी सङ्घीय सरकारको भएको बताउनुभयो । रासस