२० मंसिर २०८२, शनिबार
,
Latest
दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ
तपाईं के खोज्दै हुनुहुन्छ ?

काँग्रेसको भावी दिशा–निर्देशनका विषयमा प्रदीप गिरी संस्थानले शुरु गर्यो छलफल



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसको आन्तरिक कमजोरी हटाउने र पार्टीको मूल सिद्धान्तलाई जीवन्त बनाउने उद्देश्यले स्व. प्रदीप गिरी संस्थानले ‘आइडिया अफ काँग्रेस’ अन्तरक्रिया कार्यक्रमको शुरुवात गरेको छ ।

शनिवार राजधानीमा ‘आइडिया अफ काँग्रेस’ अन्तरक्रिया कार्यक्रमको शुरुवात गरिएको हो ।  पार्टीको राजनीतिक दिशा, संरचनागत समस्या, निर्णय प्रक्रिया र संगठन सुदृढीकरणका उपायहरूमा केन्द्रित यो छलफलले काँग्रेसलाई नयाँ ऊर्जा दिने अपेक्षा गरिएको छ । कार्यक्रममा बोल्दै युवा नेता सचिन तिमल्सिनाले पार्टीले पाएको २८ लाख मतमध्ये औपचारिक सदस्य मात्र ९ लाख रहेको तथ्यांक उजागर गर्दै बाँकी मतदाताहरू शुभेच्छुक भएको बताउनु भयो । उनीहरूको धारणा सुन्नु आजको मुख्य आवश्यकता भएको उहाँको भनाइ छ । पार्टीभित्रको संरचनागत समस्या, टिकट वितरणको अस्पष्टता र नेतृत्वको एमालेसँग मिलेर सामाजिक सञ्जाल प्रतिवन्धतर्फको प्रश्तावलाई काँग्रेसको आधारभुत सिद्धान्तविपरीत भएको भन्दै आलोचना गर्नुभयो ।

अर्का युवा नेता कञ्चन झाले मुलुकभरबाट एक सय भन्दा बढी युवा डेमोक्रेटहरूको सहभागितामा कार्यक्रम सञ्चालन भएको जानकारी दिनुभयो । डाक्टर, इन्जिनियर, वकिल, सामाजिक अभियन्ता र फिल्मकर्मीहरू जस्ता विभिन्न पेशाका विज्ञहरूले काँग्रेसको मूल विचार, पहिचान र वर्तमान राजनीतिक भुमिकामा खुला बहस गर्नुभएको उहाँको भनाइ छ । यो बहसले पार्टीको पहिचानलाई मजबुत बनाउने झाले बताउनु भयो ।

अन्तरक्रियाबाट प्राप्त विचार, सुझाव र विश्लेषणलाई संस्थानले संकलन गरी विस्तृत प्रतिवेदन तयार पार्ने र नेपाली काँग्रेसको केन्द्रिय नेतृत्वसमक्ष बुझाउने भएको छ । यो प्रतिवेदनले पार्टीको आगामी दिशा–निर्देशन, नीतिगत अवलम्वन र संगठन सुधारमा संस्थागत टेवा पु¥याउने विश्वास लिइएको छ ।