१७ भाद्र २०८३, बुधबार
,
Latest
सुरुङ उद्धार टोलीले लाङ्टाङ र चिलिमेमा काम गरिरहेको छ : परराष्ट्र मन्त्रालय भोटेकोशी बाढीः कुशको शव बनाएर आर्यघाटमा सामूहिक अन्त्येष्टि जलवायू परिवर्तनबाट सिर्जित चुनौती: अन्तर्राष्ट्रिय स्तरमा नेपालले आफ्नो मुद्धा स्थापित गराउनु आवश्यक इजिप्टमा बस दुर्घटना हुँदा २२ जनाको मृत्यु, २८ घाइते ग्लोबल आइएमई बैंकको शेयरधनीलाई १० प्रतिशत लाभांश प्रस्ताव बाढी प्रभावित सबै क्षेत्रमा नेपाल टेलिकमको सेवा पुनःसञ्चालनमा ‘अदालतलाई सूचना प्रविधि र जनमैत्री बनाउँदै लगेका छौँ’ ललितपुरमा ऐतिहासिक नृसिंह जात्रा सम्पन्न तत्कालीन प्रमुख मालपोत अधिकृतसहित पाँच जनाविरुद्ध मुद्दा दायर नेपाल वनस्पति घ्यू तेल उत्पादक सङ्घद्वारा एक करोड एक लाख सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

बिरामीको उपचारका लागि रु १२ लाख सहयोग



अ+ अ-

म्याग्दी। जिल्लाको बेनी नगरपालिका–३ भकिम्लीका एक जना कलेजोसम्बन्धी बिरामीको उपचारका लागि रु १२ लाख सहयोग गरिएको छ ।

‘लिभर क्रोहोसिस’सम्बन्धी समस्याबाट थलिएका ४० वर्षीय मिमबहादुर श्रीसको उपचारका लागि वडा कार्यालयको पहलमा स्वदेश तथा विदेशमा रहेका भकिम्लीवासीले उक्त रकम सहयोग गरेका हुन् ।

गत भदौदेखि सञ्चालन भएको अभियानमार्फत सङ्कलन भएको रु १२ लाख दुई हजार ४१२ आज मिमबहादुरलाई हस्तान्तरण गरिएको बेनी नगरपालिका–३ का अध्यक्ष पदम पुनले जानकारी दिनुभयो ।

विगत १० वर्षदेखि बिरामी परेका मिमबहादुरको परिवारको आर्थिक अवस्था कमजोर भएकाले उपचारमा समस्या भएपछि सहयोग जुटाइएको उहाँले बताउनुभयो । रकम जुटेपछि मिमबहादुरको पोखरामा रहेको मणिपाल शिक्षण अस्पतालमा उपचारको तयारी गरेको उहाँकी बहिनी दिया पुनले बताउनुभयो ।

भकिम्लीका तारामिलन छन्त्याल, शेरबहादुर छन्त्याल, चित्र पुन, रेशम काउचा, रन्जिता पुन घर्ती, मिलन घर्तीलगायतका व्यक्तिहरूले प्रवासमा सहयोग जुटाउन समन्वय गर्नुभएको थियो ।रासस