काठमाडौं । भारतका पूर्व क्रिकेटर तथा चर्चित कमेन्टेटर आकाश चोपडाले नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो सिजनको कमेन्ट्री गर्ने भएका छन् ।
एनपीएलको यस सिजनका लागि आकाश चोपडा कमेन्ट्री टिममा जोडिएको नेपाल क्रिकेट संघ (क्यान)ले जानकारी दिएको छ ।
क्यानका सचिव पारस खड्काले चोपडाको नेपाल आगमनका लागि खुशी व्यक्त गरेका छन् । उनले भनेका छन्, ‘आकाश चोपडालाई नेपालमा स्वागत छ । तपाईंलाई यहाँ देख्न पाउँदा खुसी लागेको छ । हिमालको उत्सवमा हार्दिक स्वागत छ ।’
चोपडालाई विश्व क्रिकेटमा अहिलेका उत्कृष्ट कमेन्टेटरमा मानिन्छ । नेपाली क्रिकेटलाई नजिकबाट नियालिरहेका चोपडाले गत सिजन पनि एनपीएलमा कमेन्ट्री गर्न इच्छा व्यक्त गरेका थिए ।
एनपीएलको दोस्रो संस्करण मंसिर १ गतेदेखि सुरु हुँदै छ ।









