१२ भाद्र २०८३, शुक्रबार
,
Latest
कठिन घडीमा प्रत्येक प्रभावित नागरिकसम्म राज्य पुग्नेछ : प्रधानमन्त्री तनहुँमा आज थप तीन शव फेला, पहिचानको प्रक्रिया अघि बढाइयो रसुवाको भोटेकोशी बाढीपछि दुप्चेश्वर धामको मानवीय साथ, राहत सहयोग गर्ने पहिलो धार्मिक संस्था बन्दै पाँच… भोटेकोशी बाढी प्रभावितका लागि सखुवाप्रसौनीद्वारा पाँच लाख सहयोग चार दिनको जिम्मेवारी, अब जीवनभरको पर्खाइ ओखलढुङ्गामा हर्षोल्लासका साथ ढ्वाङकुम पर्व मनाइयो बाढीपीडितका लागि एडिबीले ५० लाख अमेरिकी डलर अनुदान दिने भोटेकोशी बाढीः पोखरामा तीन शव पहिचान, एउटा आफन्तलाई बुझाइयो उद्योग परिसङ्द्वारा पाँच करोड २९ लाख बाढीपीडितका लागि सहयोग लागुऔषधसहित एक जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

ढल्केवरमा प्रश्तावित ट्रमा सेन्टर योजना अन्यत्र सार्न खोजेको भन्दै सांसद यादवको आपत्ति



????? ???? ????????, ? ???? : ?????????????? ?????? ????? ????? ?????? ????? ???????????? ?????? ??????????? ????? ?????? ???? ???? ? ?????? : ??????? ?????/????
अ+ अ-

काठमाडाैँ । नेपाली काँग्रेसका सांसद चन्द्रमोहन यादवले धनुषाको ढल्केवरमा प्रश्तावित ट्रमा सेन्टर योजना अन्यत्रै सार्न खोजेको भन्दै आपत्ति जनाउनुभएको छ ।

प्रतिनिधि सभाको शुक्रवारको बैठकमा बोल्दै उहाँले स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ढल्केवरमा नभई अन्यत्रै ट्रमा सेन्टर सेन्टर बन्ने बताएको भन्दै आपत्ति जनाउनुभएको हो ।

मन्त्री मेहताले मधेस प्रदेशको लहानमा ट्रमा सेन्टर बन्ने बताएपछि यो विवाद सतहमा आएको हो । सांसद यादवले अन्यत्र ट्रमा सेन्टर बनाउने कुरामा कुनै आपत्ति नभएपनि ढल्केवरमा प्रश्तावित ट्रमा सेन्टर जसरि पनि बन्नुपर्ने आफूहरुको माग रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘अन्यत्र ट्रमा सेन्टर बन्दा हामीलाई कुनै आपत्ति छैन । तर ढल्केवरमा जुन डेडिकेटेड ट्रमा सेन्टर थियो त्यो कहाँ हरायो ? सरकारसँग मेरो प्रश्न छ ।’

धनुषाको हालको मिथिला नगरपालिका–७ मा ऐलानी जग्गालाई आधार मानेर संघिय सरकारले आर्थिक वर्ष २०७८÷७९ को बजेटमा धनुषाको ढल्केवरमा ट्रमा सेन्टर निर्माण गर्ने शिर्षकमा पहिलो पटक रकम विनियोजन गरेको थियो । त्यसयता हरेक वर्ष उक्त शीर्षकमा बजेट विनियोजन हुँदै आएपनि ट्रमा सेन्टर निर्माणको कार्य अघि बढ्न सकेको छैन ।