१२ भाद्र २०८३, शुक्रबार
,
Latest
कठिन घडीमा प्रत्येक प्रभावित नागरिकसम्म राज्य पुग्नेछ : प्रधानमन्त्री तनहुँमा आज थप तीन शव फेला, पहिचानको प्रक्रिया अघि बढाइयो रसुवाको भोटेकोशी बाढीपछि दुप्चेश्वर धामको मानवीय साथ, राहत सहयोग गर्ने पहिलो धार्मिक संस्था बन्दै पाँच… भोटेकोशी बाढी प्रभावितका लागि सखुवाप्रसौनीद्वारा पाँच लाख सहयोग चार दिनको जिम्मेवारी, अब जीवनभरको पर्खाइ ओखलढुङ्गामा हर्षोल्लासका साथ ढ्वाङकुम पर्व मनाइयो बाढीपीडितका लागि एडिबीले ५० लाख अमेरिकी डलर अनुदान दिने भोटेकोशी बाढीः पोखरामा तीन शव पहिचान, एउटा आफन्तलाई बुझाइयो उद्योग परिसङ्द्वारा पाँच करोड २९ लाख बाढीपीडितका लागि सहयोग लागुऔषधसहित एक जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

काँग्रेस बलियो भए मात्र लोकतन्त्र जोगिन्छः महामन्त्री पौडेल



अ+ अ-

काठमाडाैँ । नेपाली काँग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीलाई विधि र प्रक्रियासम्मत ढङ्गले अगाडि बढाउनुपर्ने बताउनुभएको छ । नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको दोस्रो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै महामन्त्री पौडेलले पार्टीभित्र सिर्जना गरिएका अवरोध र अन्योललाई चिर्दै अघि बढ्न कार्यकर्ताहरूलाई आह्वान गर्नुभएको हो ।

महामन्त्री पौडेलले पार्टीमा हुने निर्णयहरू प्रक्रियागत र विधिसम्मत हुनुपर्ने बताउनु भयो । विशेष महाधिवेशनको सन्दर्भमा चर्चा गर्दै उहाँले यसको औचित्य पुष्टि गर्न आफूहरू कानूनी रूपमा समेत तयार रहेको स्पष्ट पार्नुभयो । उहाँले प्रक्रियागत जटिलतामा अल्झिएर कार्यकर्ताहरू निरुत्साहित हुन नहुने र तोकिएकै समयमा महाधिवेशन सम्पन्न गर्नुपर्नेमा जोड दिनुभयो ।

महामन्त्री पौडेलले देशको लोकतन्त्रको रक्षाका निम्ति नेपाली काँग्रेस बलियो हुनु अनिवार्य रहेको उल्लेख गर्नुभयो । पार्टीलाई एकीकृत र सङ्गठित रूपमा अगाडि बढाउन सभापति गगन थापाको नेतृत्वलाई साथ दिँदै सबैले मेहनत गर्नुपर्ने उहाँको भनाइ छ । काँग्रेसलाई राजनीतिक उचाईमा पु¥याउन र उत्साहजनक ढङ्गले सङ्गठन विस्तारमा लाग्न उहाँले सम्पूर्ण नेता तथा कार्यकर्ताहरूलाई आग्रह समेत गर्नुभयो ।