३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

चैत्र महिनामा यी राशिको चम्कनेछ भाग्य ? हेर्नुहोस !

चैत्र महिनामा यी राशिको चम्कनेछ भाग्य ? हेर्नुहोस !
अ+ अ-

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) यो महिनामा सूर्यले तपाईको राशिबाट बाह्रौ स्थानको भ्रमण गर्नाले खर्चको मात्रा बढ्नेछ । बाटो काट्दा वा यात्रा गर्दा सचेत हुनुपर्नेछ । बोलीको विपरीत अर्थ लाग्न सक्छ । महिनाको उत्तरार्धबाट ठुला व्यक्तिले तपाइको मेहनतको प्रसंसा गर्नेछन् । साथी भाईको सहयोग पाईनेछ । रमाईलो यात्रा र भेटघाटले मन प्रसन्न हुनेछ । यो महिनाको लागि शुभ अङ्क ५,९ र शुभ रङ्ग सेतो वा सुन्तलारङ्ग हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि विघ्नहर्ता गणेशजीको पूजा अर्चना गरि गरेको कार्यबाट अधिक लाभ मिल्नेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) यो महिना सकारात्मक महिना रहेको छ । सूर्यले तपाईको राशिबाट एघारौं स्थानको भ्रमण गर्नाले आर्थिक लाभ मिल्नेछ । विद्या, बुद्धि र सन्तान सुख मिल्नेछ । ठुला व्यक्तिले तपाइको मेहनतको प्रसंसा गर्नेछन् । अतिथिको रूपमा सत्कार पाइनेछ । कूटनीतिक र । राजनैतिक कार्यमा सफलता मिल्नेछ । प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागिपनि श्रेष्ठ समय छ । यो महिनाको लागि शुभ अङ्क २,८ र शुभ रङ्ग हरियो वा सेतो हो । कुनै शुभकर्म गर्नु पूर्व वा शिवजीको ध्यान गरी आरम्भ गर्दा अधिक लाभ हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) यो महिनामा विशेषगरी नयाँ कार्यको प्रारम्भ हुनेछ । नयाँ कार्य प्राप्तिका साथै सरुवा र बडुवाको योग छ । राज्यबाट मानसम्मान मिल्नेछ । प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि मधुर मिलनको योग छ । छरछिमेकमा सम्पन्न हुने धार्मिक र सांस्कृतिक गतिविधिमा संलग्न हुनु पर्नेछ । नयाँ वस्त्र, अलंकारको प्राप्ति हुनेछ । घर ,जग्गा खरिद बिक्रिको योग छ । यो महिनाको लागि शुभ अङ्क ५,९ र शुभ रङ्ग हरियो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि सूर्य भगवानको ध्यान गरी कार्य आरम्भ गर्दा अधिक लाभ मिल्नेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) यो महिनामा सूर्यले तपाईको राशिबाट नवौ स्थानको भ्रमण गर्नाले भाग्योदय हुने योग छ । रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । घर परिवार र आफन्तबाट सहयोग मिल्नेछ । प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । २० गतेबाट साझेदारी काममा उल्झन आउनेछ । सामान हराउने वा चोरी हुने सम्भावना छ । यो महिनाको लागि शुभ अङ्क १,४ र शुभ रङ्ग रातो वा केशरी हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि विष्णु भगवानको दर्शनगरी आरम्भ गर्दा अधिक लाभ मिल्नेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) सिंह राशी हुनेहरूकालागि चैत्र महिनामा सूर्यले तपाईको राशिबाट आठौँ स्थानको भ्रमण गर्नेछ । यस समयमा दुखस् कष्ट हुन सक्छ । चोटपटकको भायपनि राहनेछ । १५ गतेबाट लामो यात्रा सुखद् र सफल हुनेछ । प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि पनि श्रेष्ठ समय रहेकोछ । दैनिक कार्यमा प्रगती हुँदै जानेछ । खर्च बढेपनि आम्दानी भन्दा बढी खर्च हुनेछैन । यो महिनाको लागि शुभ अङ्क ३,७ र शुभ रङ्ग हल्का रातो वा गुलाबी हो । कुनै शुभकर्म गर्नु पूर्व मृत्युञ्जय भगवानको ध्यान गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) कन्या राशी हुनेहरूकालागि चैत्र महिनामा विपरीत वर्गबाट विशेष सहयोग मिल्नेछ । वैदेशिक क्षेत्रको लगानी लाभदायक हुनेछ । विपरीत वर्गप्रति आकर्षण बढ्ने र प्रेममा सफलता मिल्नेछ । नयाँ ठाउँमा घुम्ने योजना बन्नेछ । वित्तिय संस्थाबाट सहयोग पाईनेछ । अचल सम्पत्ती हातपर्ने योगछ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ । यो महिनाको लागि शुभ अङ्क २,७ र शुभ रङ्ग रातो वा घुर्मैलो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि विघ्नहर्ता गणेशजीको पूजा अर्चना गरि गरेको कार्यबाट अधिक सफलता मिल्नेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) यो महिनामा विपक्षी वर्गबाट सहयोग मिल्नेछ । शत्रु पक्ष निर्बल हुनेछन् । अनुहारमा कान्ति र मनमा शान्ति छाउला । आफ्नो कार्य सम्पादनमा सहजता मिल्नेछ । बोलीको भरमा कार्य सम्पादन हुनेछ । जोस–जाँगर र हिम्मत बढ्नुका साथै शरीर पनि स्वस्थ रहनेछ । ठीक समयमा सही निर्णय लिन सकिनेछ । नयाँ ठाउँमा घुम्ने योजनापनि बन्नेछ । यो महिनाको लागि शुभ अङ्क ३,६ र शुभ रङ्ग हल्का हरियो वा आकासे नीलो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि दुर्गाजीको ध्यान गरी आरम्भ गर्दा शुभफल प्राप्त हुनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) यो महिना समान्य नै देखिन्छ, मिहीनेत अनुसार प्रतिफल राम्रै पाईनेछ । तर आफ्नो प्राप्तिका लागि संघर्श गर्नु पर्नेछ । नजिकका व्यक्तिबाट कार्यमा बाधा आउला । १३ गतेबाट व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ । पारिवारिक स्नेह बढ्दै जानेछ । आफूले काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ हुनेछ । यो महिनाको लागि शुभ अङ्क ६,८ र शुभ रङ्ग सेतो वा खैरो हो । कुनै शुभकर्म गर्नु अघि हनुमानजीको आरधना गरी यात्रा गर्नाले अधिक सफलता मिल्नेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) यो महिनामा सूर्यले तपाईको राशिबाट चौथो स्थानको भ्रमण गर्नेछ, यस समयमा शरीर भारि र मन अस्थिर रहने संकेत देखिन्छ । खर्चिलो यात्रा रहनेछ । प्रेमीर प्रेमिकाकाबिच खिन्नता बढ्नेछ । महिनाको उत्तरार्धबाट आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ । आफ्नो इच्छानुसार समय बिताउन सकिनेछ । आस मारीसकेको ठाउँबाट धन हात पर्नेछ । यो महिनाको लागि शुभ अङ्क ३,८ र शुभ रङ्ग सेतो वा नीलो हो । कुनै शुभकर्म गर्नु अघि शनिदेवको आरधनार स्मरण गरी यात्रा गर्नाले सफलता मिल्नेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) यो महिनामा धार्मिक यात्रामा रुची बढ्ने र शुभकार्यको चर्चा चल्नेछ । प्रेम सम्बन्धमा मधुरता मिल्नेछ । विपक्षीहरूले रिस गरे पनि बिगार गर्न सक्ने छैनन् । घर परिवार, इष्टमित्र एवं साथीभाइहरूसँग लामो समयपछि भेटघाट हुनेछ । मान–सम्मानसमेत प्राप्त हुनेछ । आफ्नो कामविशेषले यात्रा हुनसक्छ, तर आफूले नजानेको काममा हात नहाल्नु नै राम्रो हुन्छ । यो महिनाको लागि शुभ अङ्क ६,७ र शुभ रङ्ग घ्यूरङ्ग वा रातो हो । शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि बगलामुखीको ध्यान गरी कार्य आरम्भ गर्दा अत्यन्त लाभ हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) फागुन महिना शुभ फलदायी नै रहनेछ । काम बन्नुका साथै नयाँ कार्यको थालनी हुनेछ । आफन्त एवं परिवारजनबाट पनि विशेष लाभ हुनेछ । शुभ कार्यको योग छ । कर्म प्राप्तिको योग देखिन्छ सामाजिक कार्यमा रुचि जाग्नुका साथै यात्राको योग पनि देखिन्छ । व्यापार व्यवसायमा बृद्धि हुनुका साथै शैक्षिक क्षेत्रमा विशेष लाभ हुने देखिन्छ, यो महिनाको लागि शुभ अङ्क ४,७ र शुभ रङ्ग रातो वा निलो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि महालक्ष्मीजीको स्मरणर दर्शनगरी कार्य आरम्भ गर्दा अधिक सफलता प्राप्त हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) चैत्र महिनामा कार्य शिद्धिको योग छ । इच्छाएको काम पूर्ण हुनेछ । परिवारमा सुख सन्तोष छाउला । कसै कसैका लागि संतान प्राप्तिको योग छ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । प्रेम सम्वन्ध कसिलो हुनेछ, तर छोटा पटकको भय रहेको हुनाले वाहन चलाउँदा या बाटो हिड्दा सचेत रहनु पर्छ । अरुको खुसीका लागि किनमेल हुने र खर्च बढ्नेछ । यो महिनाको लागि शुभ अङ्क ५,७ र शुभ रङ्ग सेतो वा नीलो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि महादेवको आरधना गरी कार्य आरम्भ गर्दा अधिक लाभ मिल्नेछ ।