१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar संसदीय समितिको निर्देशनः चाडबाडमा यात्रु आवागमनलाई सहज र सुरक्षित तुल्याउनुस् News Polar प्रतिनिधिसभामा छ विधेयक प्रस्तुत News Polar अम्बर गुरुङ स्मृति सङ्गीत पुरस्कार शम्भुजीतलाई News Polar गोदावरी पर्यटन प्रवर्द्धन महोत्सवबाट सङ्कलित रकम बाढीपीडितलाई दिइने News Polar कपिलवस्तुमा क्षमताभन्दा बढी कैदीबन्दी : व्यवस्थापनमा चुनौती News Polar विशिष्ट व्यक्ति पक्राउ गर्ने क्रम नरोकिए सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड News Polar विमानस्थलबाट सुनसहित एक व्यक्ति पक्राउ News Polar नेपथ्यले गरायो कोरियामा बृहद् नेपाली जमघट News Polar मनाङमा बाढी–पहिरोले ठूलो क्षति, १४ जना सम्पर्कविहीन News Polar नारायणीको बाढीले नवलपुरमा ११ सयभन्दा बढी विस्थापित, तत्काल राहत दिन सांसद खनालको माग News Polar सांसद गिरीको आरोप– सरकार गलत बाटोतर्फ अघि बढिरहेको छ News Polar विद्युत महसुलमा लगाइएको भ्याट फिर्ता लिन महासंघको आग्रह News Polar पूर्वप्रधानन्यायाधीश राणाको पक्राउलाई लिएर संसदमा एमालेको आक्रोशः ‘सरकारले राज्य आतङ्क मच्चायो’ News Polar बागलुङमा पहिरोमा परी १० जनाको मृत्यु, एक बेपत्ता News Polar बिपी राजमार्ग खुलाउने प्रयास जारी News Polar दुलालको प्रश्न– ‘के खाएपछि मध्यरातमा जोश आउँछ र असंवैधानिक काम हुन्छ?’ News Polar एमाले उपनेता अर्यालको मागः ‘विपद्को दीर्घकालीन व्यवस्थापनका लागि राष्ट्रिय गुरुयोजना बनाऊ’ News Polar सरकारको कामकारबाही ‘लुकिछिपी’ शैलीको भयोः सांसद राई News Polar मेलबर्नमा नेवा: गुठीको आयोजनामा इन्द्र जात्रा–येँया पुन्ही सम्पन्न News Polar पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले मागे थप सुरक्षा

‘राजनीतिक दलसँग संवाद गरेर सरकारले चुनावको वातावरण बनाउनुपर्ने’

‘राजनीतिक दलसँग संवाद गरेर सरकारले चुनावको वातावरण बनाउनुपर्ने’
फाइल फोटो
अ अ+ अ-

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले राजनीतिक दलसँग संवाद गरेर सरकारले चुनावको वातावरण बनाउनुपर्ने जोड दिनुभएको छ ।

नेपाल खेलकुद महासङ्घको पाँचौं केन्द्रीय कमिटीको बैठकलाई आज यहाँ सम्बोधन गर्दै उहाँले फागुन २१ गते चुनाव गरेर दललाई सत्ता सुम्पिनुपर्ने बताउनुभयो ।

महासचिव पोखरेलले गत भदौ २३ र २४ गते घटनाको निष्पक्ष छानबिन गर्नुपर्ने बताउनुभएको छ । उहाँले उक्त घटनामा  तोडफोड, लुटपाट र आगजनीमा संलग्नलाई पहिचार गरेर दण्डित गरेर मुलुकलाई फेरि पनि लोकतन्त्र, शान्तिको दिशातिर फर्काउने कामलाई आवश्यक रहेको बताउनुभयो ।

महासचिव पोखरेलले मुलुकमा शान्तिसुरक्षा अमनचयन गर्ने कुरा सरकारले प्राथमिकता राख्नुपर्ने बताउनुभयो । उहाँले लोकप्रिय पार्टीको नेतालाई स्थान हद गरेर चुनाव हुने नभई मुलुकमा सङ्कट निम्तिने खतरा रहेको  बताउनुभयो ।

उहाँले देशको सङ्कट टार्न प्रतिनिधिसभाको पुनःस्थापना गरेर त्यसका माध्यमबाट युवाका मागलाई सम्बोधन गर्न सकिने बताउनुभएको छ । “संविधानलाई सही बाटोमा ल्याएपछि चुनाव ०८४ मा नै पुर्याउनुपर्छ भन्ने छैन । ‘अर्ली इलेक्सन’मा जान सकिन्छ”, उहाँले भन्नुभयो, “यी सबै काम गर्न पहिलो शर्त प्रतिनिधिसभाको पुनःस्थापना हो ।”

महासङ्घका अध्यक्ष परशुराम बस्नेतले जेनजीका माग सही भए पनि तोडफोड र लुटपाटले मुलुकको विकास निर्माणमा पछि धकेलेको दाबी गर्नुभयो । उहाँले राजनीतिक दलहरुले जेनजीका मागलाई सम्बोधन गरेर अगाडि बढ्नुको विकल्प नभएको स्पष्ट पार्नुभयो । रासस