१७ भाद्र २०८३, बुधबार
,
Latest
सुरुङ उद्धार टोलीले लाङ्टाङ र चिलिमेमा काम गरिरहेको छ : परराष्ट्र मन्त्रालय भोटेकोशी बाढीः कुशको शव बनाएर आर्यघाटमा सामूहिक अन्त्येष्टि जलवायू परिवर्तनबाट सिर्जित चुनौती: अन्तर्राष्ट्रिय स्तरमा नेपालले आफ्नो मुद्धा स्थापित गराउनु आवश्यक इजिप्टमा बस दुर्घटना हुँदा २२ जनाको मृत्यु, २८ घाइते ग्लोबल आइएमई बैंकको शेयरधनीलाई १० प्रतिशत लाभांश प्रस्ताव बाढी प्रभावित सबै क्षेत्रमा नेपाल टेलिकमको सेवा पुनःसञ्चालनमा ‘अदालतलाई सूचना प्रविधि र जनमैत्री बनाउँदै लगेका छौँ’ ललितपुरमा ऐतिहासिक नृसिंह जात्रा सम्पन्न तत्कालीन प्रमुख मालपोत अधिकृतसहित पाँच जनाविरुद्ध मुद्दा दायर नेपाल वनस्पति घ्यू तेल उत्पादक सङ्घद्वारा एक करोड एक लाख सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री कप छनोटः गजेन्द्रको शतकमा निङ्गलाशैनी विजयी



अ+ अ-

बैतडी। प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा गजेन्द्र बोहराको शतकीय पारीको मद्दतले निङ्गलाशैनी क्रिकेट क्लब विजयी भएको छ । निङ्गलाशैनीले कैलपाल क्रिकेट क्लबलाई १३४ रनले पराजित गरेको हो ।

जितका लागि पाएको २७९ रनको विजय लक्ष्य पछ्याउने क्रममा कैलपाल २७ दशमलब २ ओभरमा १४४ रनमा समेटियो । उसका लागि प्रदीप चन्दले ४० रन बनाए । बलिङतर्फ निङ्गलाशैनीका लागि कप्तान ऋषिकेश बोहराले ४ र गजेन्द्र बोहराले ३ विकेट लिए ।

यसअघि दशरथचन्द क्रिकेट मैदान, सुन्दरखालीमा टस हारेर पहिला ब्याटिङ गरेको निङ्गलाशैनीले ३९ दशमलब २ ओभरमा सबै विकेट गुमाएर २७८ रन बनायो । उसका लागि गजेन्द्र बोहराले शतकीय पारी खेल्दै १०९ रन बनाए । उनी जारी प्रतियोगितामा शतक हान्ने पहिलो खेलाडी बने ।

बलिङतर्फ कैलपालका प्रदीप चन्दले ५ र कप्तान अमर चन्दले २ विकेट लिए । बैतडी जिल्ला क्रिकेट सङ्घको आयोजनामा कात्तिक २१ गतेदेखि सुरु भएको उक्त प्रतियोगितामा १२ टोली सहभागी छन् । रासस