२२ श्रावण २०८३, शुक्रबार
,
Latest
सम्पत्ति शुद्धीकरण मुद्दामा चक्रे मिलनले पाए सफाइ अजित मिजारका परिवारसँग मन्त्री सिता बादीको भेट, न्यायप्राप्तिका सरोकारबारे छलफल जेन-जी आन्दोलनका शहीदका परिवार र घाइतेसँगको सहमति तत्काल कार्यान्वयन गर्न सांसद खतिवडाको माग खुला सीमा र प्रविधियुक्त सुरक्षा निगरानी नहुँदा पाँच सय बढी रोहिङ्ग्या नेपाल छिरे सामाजिक सञ्जालको दुरुपयोग र वित्तीय अपराध मुख्य चुनौतीः प्रहरी प्रवक्ता नेपाल प्रहरीको आधुनिकीकरण योजनाः साइबर स्क्याम सेन्टर र एकीकृत कमाण्ड सेन्टर स्थापना गरिने राष्ट्रपति पौडेलसंग कांग्रेसका नेताहरुको भेट, के भयो कुरा ? १५ दिनभित्र नागढुंगा–मुग्लिङ क्षेत्रका पोल सार्न संसदीय समितिको निर्देशन प्रधानमन्त्री साहले भेट्नको लागि समय नदिएको भन्दै काँग्रेस सांसदको आपत्ति कृषि उपज जोगाउन ‘वन्यजन्तु हेरालु’लाई व्यवसायिक बनाउन सांसद खड्काको माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले निर्वाचनबाट भाग्दैन तर निर्वाचन हुने विश्वास छैनः अग्नी खरेल



अ+ अ-

काठमाडौँ । एमाले नेता एवं पूर्वकानूनमन्त्री अग्नी खरेलले नेकपा एमाले निर्वाचनबाट नभाग्ने बताउनुभएको छ ।

नेपाल कानून समाजले आयोजना गरेको आगामी प्रतिनिधि सभाको निर्वाचनः चुनौती र अवसर विषयक राजनीतिक दलहरुसंगको अन्तरक्रिया कार्यक्रमा उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले वर्तमान सरकार निर्वाचन गर्नेतिर नलागेको आरोप लगाउनु भयो । निर्वाचनको मुख्य स्टेकहोल्डर रहेका राजनितिक दलका नेताहरुलाई नै नभेट्ने अभिव्यक्ति दिने प्रधानमन्त्रीले निर्वाचन गराउनेमा आफूहरुलाई विश्वास नलागेको उहाँको भनाई छ । उहाँले निर्वाचन गर्ने वातावरण बनाउने सरकारको काम भएको बताउनु भयो । तर सरकारको कामकारबाहीले निर्वाचनको वातावरण बनाउने भन्दा विगार्नेतिर बढी गएको उहाँको भनाई छ ।

उहाँले भन्नुभयो, ‘प्रहरीको मनोबल अगाडी बढेको छैन । म विनम्रतापूर्वक भन्छु, ढंगले आओस् एमाले निर्वाचनबाट भागेर बाहिर जाँदैन । तर निर्वाचन हुँदैछ भन्ने कुराको विश्वास दिलाउने खालको सरकारी ढाँचाकाँचा नै छैन । कामकारबाही नै त्यो खालको भईरहको छैन । अनि कसरी निर्वाचन हुन्छ भनेर विश्वास गर्ने । निर्वाचनमय वातावरण बन्नुपर्छ होला नी त, त्यो वातावरण बनेको छ ? त्यसका निम्ति चाहिने चीजहरु आएर फरर आएर भनेर मात्रै हुन्छ ? त्यो खालको निर्वाचनमय वातावरण बनेको छ कि छैन । या बनाईँदै छ कि छैन । चुनाव गर्नुस् हामी भाग लिन्छौ तर हामीलाई आजसम्म चुनाव हुन्छ भन्ने विश्वास छैन, त्यो विश्वास दिलाउने काम सरकारको हो । दलसंग वार्ता गर्दिन भन्ने प्रधानमन्त्रीले देशमा चुनाव खोजेको भन्ने मलाई लाग्दैन । शिर्ष नेताहरुसंग म बस्दिन, किन बस्दिन ? प्रधानमन्त्री सुशीला कार्कीलाई प्रधानन्याधीश बनाउने त तीनै शिर्ष नेता हुन त ? त्यसबेला प्रधानमन्त्री केपी ओली नै हुनुहुन्थ्यो क्यार ।’

उहाँले राजनितिक दलहरुसमेतको समर्थनमा खिलराज रेग्मी नेतृत्वको सरकार बनेकोले उक्त सरकारले सजिलै निर्वाचन गर्न सफल भएको पनि स्मरण गर्नुभयो ।