२२ श्रावण २०८३, शुक्रबार
,
Latest
सरकारको चौथो त्रैमासिक विवरण सार्वजनिक : चार महिनामा मन्त्रिपरिषद्का ३८४ निर्णय पूर्व एसएसपी दिपक रञ्जित राप्रपाको काठमाण्डौं महानगर अध्यक्षमा निर्वाचित दुबईको चर्चित ब्राण्ड ‘जमजम पफ्र्युम्स’ नेपालमा, ‘जमजम ब्रदर्स’ आइपुगे काठमाडौं जनकपुरधाममा साहु–महाजनको प्रदर्शनः भदौमा सिंहदरबार घेर्ने मानव–वन्यजन्तुबीचको सहअस्तित्व जोगाउन हात्ती ‘सेन्चुरी’ कार्यक्रमः मन्त्री चौधरी सुकुम्बासी तथा अव्यवस्थित बसोवासीलाई जग्गाधनी पुर्जा वितरणको प्रक्रिया तत्काल शुरु गर्न सरकारलाई अध्यक्ष राईको ध्यानाकर्षण खाना पकाउने एलपी ग्यास नियमित माग धान्नसक्ने परिमाणमा आयात तथा वितरण भइरहेको सरकारको दाबी पाँच कुटनैतिक नियोग बन्द गरिँदै स्वास्थ्य मन्त्री मेहता र मेयर महर्जनबीच भेटघाट,स्वास्थ्य क्षेत्रबारे छलफल नेपाल शिक्षक महासंघले भन्यो–अबको आन्दोलन विगत भन्दा सशक्त हुनेछ
तपाईं के खोज्दै हुनुहुन्छ ?

खुला सीमा र प्रविधियुक्त सुरक्षा निगरानी नहुँदा पाँच सय बढी रोहिङ्ग्या नेपाल छिरे



अ+ अ-

काठमाडाैँ । खुला सिमाना र प्रविधियुक्त सुरक्षा निगरानीसम्बन्धी व्यवस्था नहुँदा पाँच सयभन्दा बढी रोहिङ्ग्या शरणार्थी नेपाल प्रवेश गरेको पाइएको छ । विभिन्न समयमा नेपाल–भारत सीमानाका हुँदै ती रोहिङ्ग्या शरणार्थी अवैध रूपमा नेपाल प्रवेश गरेको केन्द्रीय प्रहरी प्रवक्ता अविनारायण काफ्लेले जानकारी दिनुभयो ।

प्रहरीका अनुसार हालसम्म ५२६ जना रोहिङ्ग्या नेपालमा रहेका छन् । जसमा १६२ पुरुष, १४८ महिला र २१६ बालबालिका छन् । उनीहरू काठमाडौँको कपन, लसुनटार र राममन्दिर तथा ललितपुरको सुनाकोठी क्षेत्रमा बसोबास गरिरहेको प्रहरीले जनाएको छ । प्रहरी नायब महानिरीक्षक काफ्लेले सीमा क्षेत्रका प्रहरीलाई यस्ता व्यक्तिको अवैध प्रवेश रोक्न निर्देशन दिइएको बताउनुभयो ।

“खुला सिमाना तथा प्रविधियुक्त सुरक्षा निगरानीको व्यवस्था नहुँदा उस्तै हुलिया भएकाले पहिचानमा समस्या भएको छ”, प्रहरी प्रधान कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो, “विदेशी नागरिक अवैध रूपमा नेपाल प्रवेश रोक्न विशेष निगरानी बढाइएको छ ।” प्राकृतिक विपद्बाट हुनसक्ने क्षति न्यूनीकरणका लागि प्रहरीलाई उच्च सतर्कताको अवस्थामा राखिएको जानकारी दिनुभयो ।

केन्द्र, उपत्यका, प्रदेश, जिल्ला र स्थानीय तहसम्म प्रहरीलाई उपकरणसहित तयारी अवस्थामा राखिएको छ । विपद् पूर्वतयारी र प्रतिकार्यका लागि करिब १० हजार बढी प्रहरीलाई तयारी अवस्थामा राखिएको जानकारी दिनुभयो । “केन्द्रस्तरको विपद् प्रतिकार्य तालिम केन्द्र, प्रदेशस्तरका विपद् व्यवस्थापन गुल्म र इलाका प्रहरीस्तरसम्म ‘स्टाण्डबाइ’ राखेका छौँ”, उहाँले भन्नुभयो । विपद्का कारण प्रभावित हुने सेवा जतिसक्दो चाँडो सञ्चालनमा ल्याउन सरोकारवाला निकायसँग समन्वय गरी काम भइरहेको स्पष्ट पार्नुभयो ।




भर्खरै