६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

प्रधानमन्त्री साहले भेट्नको लागि समय नदिएको भन्दै काँग्रेस सांसदको आपत्ति

प्रधानमन्त्री साहले भेट्नको लागि समय नदिएको भन्दै काँग्रेस सांसदको आपत्ति
अ+ अ-

काठमाडाैँ । नेपाली काँग्रेसका सांसद भरतकुमार स्वाँरले प्रधानमन्त्रीले बालेन्द्र साहले भेट नदिएको भन्दै संसदमा आपत्ति जनाउनुभएको छ । प्रतिनिधि सभाको शुक्रवारको बैठकमा शुन्य समयमा बोल्दै सांसद स्वारले प्रधानमन्त्री साहले चार महिनादेखि भेट्नको लागि समय नदिएको भन्दै आपत्ति जनाउनुभएको हो ।

उहाँले सुदूरपश्चिमका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरुलाई भेट्न बोलाउँदा अन्य दलका सांसदलाई बेवास्ता गरेको आरोप पनि लगाउनु भयो । उहाँले प्रधानमन्त्रीलाई भेट्नको लागि गत चैत २१ गते निवेदन दिएको भएपनि हालसम्म भेट नपाएको गुनासो गर्नुभयो । केही दिन अघि प्रधानमन्त्री शाहले प्रदेशगत रुपमा सांसदहरुेसँग भेट गरेका थिए ।

उहाँले भन्नुभयो,‘अस्ति मात्र हाम्रो सम्माननीय प्रधानमन्त्रीज्यूले सुदूरपश्चिमका रास्वपाका सांसदहरुलाई मात्र भेट्न बोलाउनुभयो । हामी अन्य पार्टीका सांसदहरुलाई बोलाइएन । मैले गएको चैत्र २१ भेट्नको लागि निवेदन दिएको थिए । त्यतिबेला उहाँले सुदूरपश्चिमका सांसदहरुलाई भेट्ने बेलामा म दाङ गएको थिए । अहिले चार महिना भयो उहाँले हामीलाई भेट्ने टाइम दिनुभएको छैन । सम्मननीय सभामुखज्यू यो प्रधानमन्त्रीज्यूको आफ्नोलाई हेर्ने चस्मा एक, अर्कोलाई हेर्ने चस्मा अर्कै हो कि के हो ? यसमा मेरो घोर आपत्ति छ । हामीमाथि भएको पक्षपातपूर्ण व्यवहारको घोर भत्र्सना गर्दछु ।’

सांसद स्वाँरले प्रधानमन्त्रीले सांसदहरुसँग प्रक्षपात व्यवहार गरेको भन्दै त्यसको भत्र्सना समेत गर्नुभयो ।